बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

०.८ प्रतिशतमा सीमित भयो पहिलो त्रैमासको आर्थिक वृद्धिदर

खानिज र निर्माण क्षेत्र ऋणात्मक  

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, फागुन १४ २०७९
images
images
०.८ प्रतिशतमा सीमित भयो पहिलो त्रैमासको आर्थिक वृद्धिदर

कृषि क्षेत्रको वृद्धिदर १.६ प्रतिशत कायम भएको छ भने अन्य सेवा क्षेत्रको उत्पादन सकारात्मक छ।

images
images

काठमाडौं- चालु आर्थिक वर्षको पहिलो तीन महिनामा अर्थतन्त्र निकै सुस्त रहेको देखिएको छ। केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको त्रैमासिक कुल गार्हस्थ उत्पादन वृद्धिदरको प्रक्षेपणअनुसार १ प्रतिशतभन्दा न्यून वृद्धिदर मापन गरिएको छ। 

images
images
images

चालु वर्षको पहिलो त्रैमासमा नेपालको अर्थतन्त्र गत वर्षको पहिलो त्रैमासको तुलनामा ०.८ प्रतिशतले वृद्धि भएको छ। गत वर्षको पहिलो त्रैमासमा ३ प्रतिशतको वृद्धिदर रहेको थियो। 

गत वर्षदेखि नै अर्थतन्त्रमा दबाब देखिएको थियो। त्यसको असर यो वर्षमा समेत रहेको छ। कर्जा विस्तार अवरुद्ध भइरहेको छ भने माग घट्दा व्यापारमा समेत समस्या देखिएको छ। यद्यपि यसका बाबजुद अर्थतन्त्र ऋणात्मक नहुनु नै ठूलो कुरा भएको विभागका अधिकारीहरू बताउँछन्।

images

यो वर्षको तीन महिनामा खानी क्षेत्र सबैभन्दा धेरै प्रभावित भएको छ। गत वर्षको तुलनामा यो वर्ष खनिज क्षेत्रको उत्पादन २९ प्रतिशतले घटेको छ। त्यस्तै निर्माण क्षेत्र २४ प्रतिशतले ऋणात्मक भएको छ। 

images

कृषि क्षेत्रको वृद्धिदर १.६ प्रतिशत कायम भएको छ भने अन्य सेवा क्षेत्रको उत्पादन पनि ऋणात्मक भएको छैन। 

गत आर्थिक वर्षका चारवटै त्रैमासमा कुल गार्हस्थ उत्पादन सकारात्मक रहेको थियो। पहिलो त्रैमासमा ३ प्रतिशतले बढेको अर्थतन्त्र अन्तिम त्रैमासमा ९ प्रतिशतको वृद्धि देखिएको थियो। तर यो वर्षको सुरुमै ०.८ प्रतिशतको वृद्धिदर देखिएको छ। 

२०७७/७८ को पहिलो त्रैमासमा ०.९ प्रतिशतले ऋणात्मक भएको थियो। 

गएको आर्थिक वर्षको अन्तिम त्रैमासको तुलनामा यो वर्षको पहिलो त्रैमासमा भने अर्थतन्त्र ऋणात्मक भएको छ। २०७८/७९ को अन्तिम त्रैमासको तुलनामा यो वर्षको पहिलो त्रैमासमा अर्थतन्त्र १.२१ प्रतिशतले ऋणात्मक भएको हो। 

चालु वर्षको सुरूदेखि नै बजारमा प्राय सबै क्षेत्र प्रभावित भएका छन्। बैंक तथा वित्तीय संस्थाको सेवा बाहेक अन्य सबै क्षेत्रमा मन्दीको संकेत देखिएको थियो। यसको प्रभाव सरकारी राजस्व संकलनमा देखिएको छ। 

यो वर्ष राजस्व नै ऋणात्मक भएपछि सरकारले साढे २ खर्बले बजेट अनुमान संशोधन गरिसकेको छ। वर्षको अन्तिमसम्म राजस्वलाई ऋणात्मक हुनबाट जोगिन अर्थ प्रशासनलाई कठिन देखिएको छ।


प्रकाशित : आइतबार, फागुन १४ २०७९०८:५७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend