शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

लमजुङबाट ३ सय ८० मेट्रिक टन अलैँची बिक्री हुँदा २० करोड आम्दानी

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, फागुन १४ २०७९
images
लमजुङबाट ३ सय ८० मेट्रिक टन अलैँची बिक्री हुँदा २० करोड आम्दानी

विसं २०४१ देखि अलैँची खेती विस्तार भएपछि यसवर्ष हालसम्मकै बढी अलैँची बिक्रीबाट २० करोड रूपैयाँ आम्दानी भएको हो। यसवर्ष किसानले प्रतिकिलो अलैँची कम्तीमा पाँचसय ५० देखि सात सय रूपैयाँसम्म र गत वर्ष नौ सय ५० देखि एक हजार पाँचसय बढी मूल्यमा बिक्री गरेका थिए।

images
images

लमजुङ- अलैँची दाना बिक्रीबाट यहाँका किसानले २० करोड रूपैयाँ आम्दानी गरेका छन्।

images
images
images

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई लमजुङका अनुसार यसवर्ष जिल्लामा तीन सय ८० मेट्रिक टन अलैँची बिक्री भएको थियो। विसं २०४१ देखि अलैँची खेती विस्तार भएपछि यसवर्ष हालसम्मकै बढी अलैँची बिक्रीबाट सो रकम आम्दानी भएको हो।

images
images

यस वर्ष किसानले प्रतिकिलो अलैँची कम्तीमा पाँचसय ५० देखि सात सय रूपैयाँसम्म र गत वर्ष नौ सय ५० देखि एक हजार पाँचसय बढी मूल्यमा बिक्री गरेका थिए। यसअघि उनीहरुले सबैभन्दा बढी विसं २०७७ मा तीन हजार पाँच सय क्विन्टल अलैँची दाना बिक्रीबाट १८ करोड २० लाख रूपैयाँ आम्दानी गरेका थिए। 

images
images

कार्यालयका कृषि अधिकृत हरिबहादुर मिजारका अनुसार गत वर्ष किसानले तीन सय ३५ मेट्रिक टन अलैँची बिक्रीबाट १५ करोड रूपैयाँ आम्दानी गरेका थिए। विसं २०७६ मा जिल्लामा दुई हजार क्विन्टल अलैँची बिक्री गरेर कृषकले १२ करोड र विसं २०७५ मा सात सय ५० क्विन्टल बिक्रीबाट कृषकले पाँच करोड २५ लाख रूपैयाँ आम्दानी गरेका थिए।

गत वर्षको तुलनामा यस वर्ष जिल्लाका अधिकांश किसानको अलैँची उत्पादनमा वृद्धि भएको बताइएको छ। मर्स्याङदी गाउँपालिका-५ सन्जापुका आशबहादुर गुरुङले पनि गत वर्षभन्दा यस वर्ष दोब्बर अलैँची उत्पादन गर्दै बिक्री भएको बताए। दश रोपनी क्षेत्रफलमा लगाएको अलैँची खेतीबाट यस वर्ष सात क्विन्टल ९४ किलो उत्पादन भएको उनको भनाइ छ। उनले यसपटक करिब ५ लाख ५५ हजार रूपैयाँ आम्दानी गरेको जानकारी दिए।

गत वर्ष जम्मा तीन क्विन्टल ८० किलो बिक्रीबाट झण्डै चार लाख प्राप्त भएको उनको भनाइ छ। उनले भने, ‘विसं २०७३ मा सबैभन्दा बढी प्रतिकिलो दुई हजार रूपैयाँसम्म समेत बिक्री गरेको थिएँ।’

सो गाउँका ९५ घरधुरीमध्ये ८५ घरधुरीले धेरै-थोरै अलैँची खेती गरेका छन् भने गत वर्ष चार/पाँच किलो उत्पादन गर्ने किसानले यस वर्ष १५-२० भन्दा बढी उत्पादन गरेर बिक्री गरेका छन्।

सन्जापुका किसानले गाउँमा गत वर्ष ६० क्विन्टल बिक्री गरेकामा यस वर्ष एक सय १३ क्विन्टल बिक्री गरेका छन्। अलैँची किसान गुरुङले भने, ‘बर्सेनि मूल्य घटबढ त भइहाल्छ तर यसरी मूल्य घट्दा नराम्रो लाग्छ। तलबाटै साहुहरूले मूल्य दिन सक्दैनौँ भन्छन्। बाध्यता छ, यहाँ राखेर मात्र काम छैन, पैसा चाहिन्छ। राखेर पनि पछि उनीहरुलाई नै बिक्री गर्नुपर्छ, बजार व्यवस्थापन पनि भएन।’
 
मूल्य घटे पनि नोक्सान भने नभएको र यसरी उत्पादन बढ्दा धेरै अलैँची खेती गरौँजस्तो लागेको उनले सुनाए। किसानका अनुसार अलैँचीका मूल्यमा समस्या छ, तर बिक्रीमा समस्या छैन। जिल्लाका किसानले कुनै बेला प्रतिकिलो रु दुई हजार दुई सयसम्म अलैँची दाना बिक्रीबाट लिने गरेका थिए। तर त्यसयता सो रकमको तुलनामा धेरै न्यून मूल्यमा बिक्री गर्दै आएका छन्। जिल्लामा उत्पादित अलैँची को माग उच्च रहँदै आएको छ। भारतको एकाधिकारका कारण कृषकको मागअनुसार अलैँची दानाको मूल्य नपाएको कृषक बताउँछन्।

जिल्लामा एक हजार हेक्टर क्षेत्रफल जमिनभन्दा बढी क्षेत्रफलमा अलैँची खेती हुँदै आए पनि पाँच सय हेक्टर क्षेत्रफलबाट मात्र उत्पादन हुँदै आएको बताइएको छ । उक्त परियोजनाले अलैँची जोन पकेट क्षेत्रका रूपमा मर्स्याङदी गाउँपालिका, बेँसीसहर नगरपालिका, क्व्होलासोथर, दोर्दी र दूधपोखरी गाउँपालिकालाई घोषणा गरिसकेको छ। सो क्षेत्रमा सबैभन्दा बढी अलैँची उत्पादन हुने गरेको छ।

जिल्लामा सात सय मिटरदेखि एक हजार दुई सय मिटर उचाइमा साउन्ने, जिर्मले र डम्बरशाही र एक हजार दुई सयदेखि एक हजार छसय मिटर उचाइमा गोलशाही र त्यसदेखि दुई हजार दुई सय मिटर उचाइमा रामशाही र भलाङे जातका अलैँची बिरुवा लगाउँदै आएका छन्। रासस 


प्रकाशित : आइतबार, फागुन १४ २०७९०५:५१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend