काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा एमसीसी पारित हुने बताएका छन्।
धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै देउवाले ठूलो अमेरिकी सहायता भएको र नेपालकै हितमा उपयोग हुने भएकाले संसदबाट पारित भएर लागू हुने प्रष्ट पारे।
'एमसीसी ऋण होइन। अनुदान हो। यसको उपयोग नेपालकै हितमा हुने हो। पारित भएर लागू हुन्छ' उनले भने।
एमसीसीका बारेमा नेपालमा सत्य भन्दा भ्रमहरू धेरै भएको र भ्रमको खेती गर्नेहरूको पछि नलाग्न उनले आग्रह गरेका छन्।
'अमेरिका आफैले यसका बारेमा धेरै कुरा प्रष्ट पारिसकेको छ। यहाँ भए नभएका कुरा गरेर जनता भड्काउने काम भइरहेको छ' उनले भने।