काठमाडौं- सेयरधनीलाई २५ प्रतिशत लाभांस दिने घोषणा गरेको स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले कात्ति २७ गतेका लागि साधारणसभा बोलाएको छ।
साधारणसभाको मुख्य एजेन्डा घोषणा गरिएको २५ प्रतिशत लभांस पारित गर्ने हुने छ।
चुक्ता पुँजीको २५ प्रतिशत बोनस सेयर दिने कम्पनीले भदौमै निर्णय गरेको थियो।
यसको बुक क्लोजरको मिति कात्तिक १२ गतेलाई तोकिएको छ। कात्तिक १२ देखि साधारणसभाको मितिसम्म यसको सेयर कारोबार हुने छैन।