काठमाडौं- साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य स्थिर हुँदा चाँदीको भने घटेको छ। शुक्रबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ७ सय रुपैयाँ तोकिएको छ। बिहीबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।
चाँदीको मूल्य भने बिहीबारको तुलनामा प्रतितोला १० रुपैयाँले घटेको छ। बिहीबार प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबारका लागि १२ सय ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।