बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

सिभिल बैंक गाभेर बन्यो ३४ अर्ब चुक्ता पुँजीको हिमालयन बैंक, आजबाट एकीकृत कारोबार सुरु

शुक्रबार, फागुन १२ २०७९
सिभिल बैंक गाभेर बन्यो ३४ अर्ब चुक्ता पुँजीको हिमालयन बैंक, आजबाट एकीकृत कारोबार सुरु

मर्जरपछि बैंकको कुल पुँजी ३४ अर्ब रुपैयाँ पुगेको छ। कुल निक्षेप २ खर्ब ७४ अर्ब रुपैयाँ र कुल कर्जा २ खर्ब ५० अर्ब रुपैयाँ पुगेको हो। मर्जरका कारण अब हिमालयन बैंकको शाखा सञ्जाल १८९ पुगेको छ। 

काठमाडौं- हिमालयन बैंकले सिभिल बैंकलाई गाभेर शुक्रबारदेखि एकीकृत कारोबार सुरु गरेको छ।

हिमालयनको १०० कित्ता बराबर सिभिल बैंकको ८०.२८ कित्ता हुने गरी दुई बैंकबीच सम्झौता भएको थियो। सम्झौतामाबमोजिम एकीकृत बैंकको नाम ‘हिमालयन बैंक’ नै छ। हिमालयनका तर्फबाट अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ र सिभिल बैंकका अध्यक्ष प्रतापजंग पाण्डेले सहमतिपत्रमा हस्ताक्षर गरेका थिए।

सिभिल पूर्णरुपमा विलय भएको हो। सोपछिको सञ्चालक समितिमा सदस्यहरु सबै हाल हिमालयनका नै हुने पनि सहमति भएको हो। प्रमुख कार्यकारी अधिकृतमा हिमालयन बैंकका अशोक राणाले नै निरन्तरता पाउँदै छन्।

दुई वर्षअगाडि हिमालयनले सिभिललाई पठाएको अपमानजनक मर्जर प्रस्तावदेखि सम्मानजनक मर्जर सम्झौतासम्म दुई वर्षअगाडि हिमालयनले सिभिललाई पठाएको अपमानजनक मर्जर प्रस्तावदेखि सम्मानजनक मर्जर सम्झौतासम्म

मर्जरपछि बैंकको कुल पुँजी ३४ अर्ब रुपैयाँ पुगेको छ। कुल निक्षेप २ खर्ब ७४ अर्ब रुपैयाँ र कुल कर्जा २ खर्ब ५० अर्ब रुपैयाँ पुगेको हो। मर्जरका कारण अब हिमालयन बैंकको शाखा सञ्जाल १८९ पुगेको छ। 

नेपाल राष्ट्र बैंकले दुवै बैंकलाई गत माघ १७ गते मर्जरका लागि अन्तिम स्वीकृति दिएको थियो। केन्द्रीय बैंकले अन्तिम स्वीकृत दिँदै फागुन १६ गतेसम्म एकीकृत कारोबारको समय तोकेको थियो। राष्ट्र बैंकले तोकेको समयभन्दा अगाडि नै बैंकले एकीकृत कारोबार सुरु गरेका हुन्। 

सन् १९९३ मा स्थापना भएको हिमालयन बैंक नेपाली व्यवसायीहरु प्रवर्द्धक भएर खुलेको पहिलो निजी क्षेत्रका बैंक हो। यस बैंकमा पाकिस्तानको हविव बैंक, कर्मचारी संचय कोष संस्थागत र ठूला लगानीकर्ता हुन्।

 

 


प्रकाशित : शुक्रबार, फागुन १२ २०७९०६:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend