बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

फागुन २५ देखि बुद्ध एयरले काठमाडौं, भद्रपुर, भैरहवा र नेपालगञ्जबाट पोखरामा रात्रिकालीन उडान गर्ने

शुक्रबार, फागुन १२ २०७९
फागुन २५ देखि बुद्ध एयरले काठमाडौं, भद्रपुर, भैरहवा र नेपालगञ्जबाट पोखरामा रात्रिकालीन उडान गर्ने

काठमाडौंबाट राति ७ बजे र साढे ८ बजे पोखराका लागि उडान हुने एयरका प्रवक्ता दिपेन्द्र कर्णले जानकारी दिए। 

काठमाडौं- बुद्ध एयरले फागुन २५ गतेदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट रात्रिकालीन उडान गर्ने भएको छ।

काठमाडौंबाट राति ७ बजे र साढे ८ बजे पोखराका लागि उडान हुने एयरका प्रवक्ता दिपेन्द्र कर्णले जानकारी दिए। 

उनका अनुसार भद्रपुरबाट पनि बेलुका पोखरा उडान हुने भएको छ। साथै नेपालगञ्ज र भैरहवाबाट पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान हुने कर्णले बताए।

नेपालगञ्जबाट बेलुका पोखरा आएको जहाज अर्को दिन बिहान नेपालगञ्ज र भैरहवाबाट राति उडान गरेर पोखरा आएको जहाज पनि बिहान भैरहवा फर्कने छ। पोखराबाट भने राति एउटा जहाज काठमाडौं फर्कने छ।

आन्तरिक उडानमा सबैभन्दा धेरै बजार हिस्सा ओगटेको बुद्ध एयरले पोखरालाई हव बनाएर आन्तरिक उडान गर्ने योजनाअनुसार पहिलो चरणमा फागुन २५ गतेबाट रात्रिकालीन उडान गर्न लागेको हो। बुद्ध एयरको सबै उडान एटीआर जहाजबाट हुनेछ। बुद्धले अहिले काठमाडौंबाट भद्रपुर, विराटनगर, राजविराज, जनकपुर, तुम्लिङटार, जनकपुर, सिमरा, भरतपुर, भैरहवा, पोखरा, नेपालगञ्ज, सुर्खेत, धनगढी र माउन्टेन उडान गरिरहेको छ।


प्रकाशित : शुक्रबार, फागुन १२ २०७९०४:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend