मंगलबार, वैशाख २५ गते २०८१    
images
images

टिकटकमाथि कडाइ गर्दै पश्चिमा मुलुक 

images
images
images
टिकटकमाथि कडाइ गर्दै पश्चिमा मुलुक 

यसअघि अमेरिकी सरकारले पनि सरकारी डिभाइसबाट टिकटक चलाउन रोक लगाएको थियो। सयुक्त अधिराज्य तथा अन्य पश्चिमा राष्ट्रहरूले टिकटकको प्रयोगलाई डेटा सुरक्षाको चुनौतिसँग जोडेर हेरिरहेका छन्। 

images
images

काठमाडौं- पश्चिमा देशहरूले टिकटकमाथि कडाइ गरिरहेका छन्। डेटा सुरक्षाको कारण देखाउँदै पछिल्लो समय पश्चिमा शक्ति राष्ट्रहरूले कडाइ सुरु गरेका छन्। 

images
images
images

डेटा दुरुपयोग हुनसक्ने भन्दै टिकटकको प्रयोगमाथि अंकुश लगाउने खालका नीति तथा निर्णय पछिल्लो समय अमेरिकादेखि युरोपियन कमिसनसम्मले गरेका छन्। टिकटकको निर्माता कम्पनी बाइडेन्सको मुख्यालय चीनमा भएकाले डेटा दुरुपयोग हुनसक्ने उनीहरूको चासो छ। 

images

पछिल्लो समय युरोपियन कमिसनले आफ्ना कर्मचारीलाई टिकटक प्रयोग गर्नबाट रोक लगाएको छ। आफ्ना कर्मचारीहरूलाई कर्पोरेट डिभाइसबाट टिकटक डिलिट गर्न निर्देशन दिइएको छ। व्यक्तिगत डिभाइसमा पनि टिकटिक प्रयोग नगर्न युनियनले निर्देशन दिएको छ। कमिसनले मार्च १५ भित्र टिकटक डिलिट गरिसक्न निर्देशन दिएको छ। 

images

यसअघि अमेरिकी सरकारले पनि सरकारी डिभाइसबाट टिकटक चलाउन रोक लगाएको थियो। सयुक्त अधिराज्य तथा अन्य पश्चिमा राष्ट्रहरूले टिकटकको प्रयोगलाई डेटा सुरक्षाको चुनौतिसँग जोडेर हेरिरहेका छन्। 

images
images

चिनियाँ कम्पनीकै भएपनि टिकटक नै चीनमा चल्दैन। चीनमा टिकटक जस्तै डुइयान भन्ने एप चल्छ। यो एप चीन बाहिर भने चलाउन मिल्दैन।

टिकटकमाथि भारतले यसअघि नै पूर्त प्रतिबन्ध लगाइसकेको छ। संसारका कयौं देशले यसमाथि प्रतिबन्ध लगाएका छन्। भारत, पाकिस्तान, अफगानिस्तान लगायतका देशले प्रतिबन्ध लगाएका छन्। 

अरु देश र पश्चिमा राष्ट्रहरूको कारण भने फरक रहेको छ। पश्चिमा राष्ट्रहरूले डेटा सुरक्षाको कारण देखाएर अंकुस लगाउन खोजिरहेका छन्। छोटो भिडीइव प्ल्याटफर्मका रुपमा टिकटक लोकप्रिय भइरहेको छ। अन्य स्थापित सामाजिक सञ्जालको तुलनामा निकै लोकप्रिय बनेपछि टिकटक पश्चिमा टेक जायन्टका लागि पनि टाउको दु:खाइ बनिरहेको छ। 

टिकटक लोकप्रिय बनेपछि अधिकांस प्ल्याटफर्मले टिकटककै शैली अपनाएका छन्। हालसालै फेसबुकले रिल फिचर्स ल्याएको छ। इन्स्टाग्रामले यसअघि नै रिल ल्याएको थियो। युट्युबले शर्टफर्म भिडियो हाल्नमिल्ने सुविधा ल्याइसकेको छ। यतिसम्म कि  छोटो र सीमित शब्दमात्र लेख्नमिल्ने ट्विटरलेसमेत टिकटक शैलीकै भिडियो टाइमलाइन ल्याइसकेको छ। 

एकातिर चिनियाँ कम्पनी भएका कारणले डेटामाथि चिनियाँ सरकारको पहुँच पुग्ने र दुरुपयोग हुसक्ने भन्दै पश्चिमा राष्ट्रले टिकटकलाई अंकुस लगाइरहेका छन् भने अर्कोतिर पश्चिमा मुलुकका टेक जायन्टहरू टिकटकको लोकप्रियतासँग तर्सिएका छन्। 

images

प्रकाशित : शुक्रबार, फागुन १२ २०७९०३:५६

प्रतिक्रिया दिनुहोस