मंगलबार, वैशाख २५ गते २०८१    
images
images

स्मार्टफोनको आयात निरन्तर ओरालो 

images
images
images
स्मार्टफोनको आयात निरन्तर ओरालो 

यस बाहेक बजारमा माग पनि धेरै नभएको व्यवसायीहरूले बताएका छन्। नेपाली बजारमा भन्सार तिरेरभन्दा व्यक्तिग रुपमा आउने मोबाइलको संख्या धेरै हुने विभिन्न सरकारी अध्ययनले देखाएका छन्। 

images
images

काठमाडौं- चालु आर्थिक वर्षको पहिलो सात महिनामा मोबाइल, ल्यापटप, स्मार्टवाच तथा ट्याबलेटको आयात घटेको छ। गत वर्षको तुलनामा आयात आधाभन्दा बढीले घटेको छ। 

images
images
images

यो वर्षको साउनदेखि माघमसान्तसम्म नेपालमा १४ अर्ब ७६ करोड रूपैयाँ को स्मार्टफोन आयात भएको छ। त्यस्तै अन्य फोन १ अर्ब ४९ करोड रूपैयाँ को आयात भएको छ। यस हिसाबले कुल मोबाइल फोनको आयात यो वर्षको छ महिनामा १६ अर्ब २५ करोड रूपैयाँ को भएको छ। 

images

गत वर्षको यही अवधिको तुलनामा मोबाइल फोनको आयात ४५ प्रतिशतले घटेको छ। गत वर्षको यही अवधिमा २८ अर्ब ३८ करोड रूपैयाँ को फोन आयात भएको थियो। 

images

यो वर्षको सात महिनामा १० लाख ५ हजार १३५ वटा स्मार्टफोन भित्रिएका छन्। त्यस्तै अन्य मोबाइलफोन भने १६ लाख ४७ हजार ९९५ वटा भित्रिएका छन्। विश्वव्यापीरुपमै मोबाइल फोनको व्यापारमा गिरावट आएको छ। सन् २०२२ मा संसारभर १६ प्रतिशतले मोबाइल फोनको व्यापार घटेको छ। 

images
images

विश्व बजारमा देखिएको मोबाइल व्यापारको मन्दीभन्दा पनि नेपाल सरकारले गत वर्षको चैतदेखि लगाएको आयातमा प्रतिबन्ध मुख्य कारण देखिएको छ। सरकारले ३ सय अमेरिकी डलरभन्दा महंगा मोबाइलको आयातमा रोक लगाएको थियो। जुन रोक यही मंसिर मसान्तसम्म थियो। यही कारणले मोबाइलको आयातमा प्रभाव परेको छ। 

पुसदेखि मोबाइलको आयात खुलेपनि स्वदेसी बजारमै माग घटेका कारणले गर्दा आयात बढ्ने सम्भावना तत्काल नरहेको व्यवसायीहरूले बताएका छन्। 

यस बाहेक बजारमा माग पनि धेरै नभएको व्यवसायीहरूले बताएका छन्। नेपाली बजारमा भन्सार तिरेरभन्दा व्यक्तिग रुपमा आउने मोबाइलको संख्या धेरै हुने विभिन्न सरकारी अध्ययनले देखाएका छन्। 

मोबाइलमात्र होइन यो वर्ष अन्य डिभाइसको आयातमा पनि गिरावट देखिएको छ। विश्वव्यापी रुपमै अधिकांश डिजिटल उपकरणको व्यापारमा मन्दी देखिएको छ। उत्पादनमा अवरोध, मागमा संकुचनका कारणले गर्दा यस्ता उपकरणको व्यापार प्रभावित भइरहेको छ। सन् २०२२ मा ल्यापटप तथा नोटवुकको व्यापार २० प्रतिशतले घटेको थियो। 

विश्वव्यापी मन्दीको असर नेपाली बजारमा पनि देखिएको छ। यो वर्षको सात महिनामा ल्यापटप तथा नोटवुकको आयात आधाले घटेको छ। यो वर्ष नेपालमा ३ अर्ब ६० करोड रूपैयाँ बराबरको ल्यापटप आयात भएको छ। भन्सार विभागका अनुसार यो वर्ष ५४ हजार २०३ वटा ल्यापटप भित्रिएका छन्। यो गत वर्षको तुलनामा आधाभन्दा न्यून हो। गत वर्षको यही अवधिमा ७ अर्ब  ८० करोड रूपैयाँ का ल्यापटप आयात भएको थियो। 

पछिल्लो समय डिजिटल उपकरणको मूल्य अन्तर्राष्ट्रिय बजारमै आकाशिएको छ। गत वर्षको तुलनामा मोबाइल, ल्यापटक तथा ट्याबलेटको लागत बढेको छ। गत वर्षको तुलनामा ल्यापटपको प्रतियुनिट मूल्य १० हजार रुपैले वृद्धि भएको छ। गत वर्ष नेपालमा औसतमा प्रति युनिट ल्यापटको आयात मूल्य ५७ हजार रूपैयाँ थियो भने यो वर्ष बढेर ६७ हजार रूपैयाँ पुगेको छ। अमेरिकी डलरको भाउमा भएको वृद्धि तथा अन्य व्यापार लागतले आयात लागत बढेको हो। 

मोबाइल, ल्यापटपसँगै टेलिभिजन, राउटर तथा अन्य नेटवर्किङका डिभाइसको आयातमा पनि गिरावट देखिएको छ। आन्तरिक बजारमा न्यून माग हुँदा आयात पनि घटेको छ। आयातमा रोक नलागेका डिभाइसको आयातमा पनि तीव्र गिरावट देखिएको छ।

चालु वर्षको सात महिनामा २८ करोड ९९ लाख ७७ हजार रूपैयाँ बराबरका स्मार्टवाच आयात भएको छ। गत वर्षको यही अवधिमा ४३ करोड १० लाख रूपैयाँ का ३ लाख ८ हजार ७४१ वटा स्मार्टवाच भित्रिएका थिए। 

images

प्रकाशित : शुक्रबार, फागुन १२ २०७९०६:४४

प्रतिक्रिया दिनुहोस