आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

चालक दलका सदस्यका लागि चार देशमा पाँचतारे होटलको रुम खोज्दै वायुसेवा निगम

images
बिहीबार , फागुन ११ २०७९
images
चालक दलका सदस्यका लागि चार देशमा पाँचतारे होटलको रुम खोज्दै वायुसेवा निगम
images
images

काठमाडौं- नेपाल वायु सेवा निगमले चार देशको उडानमा जाने चालक दलका सदस्यहरुले आराम गर्ने होटल रुममा सम्झौताका लागि एकै पटकमा टेन्डर गरेको छ।

images
images
images

निगमले जहाज उडान गरेर जाने पाइलट/कोपाइलट तथा एयरहोस्टेसका लागि भन्दै रुम लिन लागेको हो। निगमले कतारको दोहा, यूएईको दुबई, मलेसियाको क्वालालम्पुर र जापानको नारितामा पाँच तारे होटलका लागि टेन्डर गरेको हो।

images
images

एक वर्षका लागि पाँच तारे होटलको रुम लिन लागेको हो। जसमा दोहामा ४ वटा सिंगल र ३ वटा डबल बेडको रुमका लागि टेन्डर गरेको हो।

images
images

यसैगरी दुबईमा पनि ४ वटा सिंगल र ३ वटा डबल बेडको रुम, मलेसियामा  ४ वटा सिंगल र एक वटा डबल बेडको रुम र जापानको लागि  ४ वटा सिंगल र ३ वटा डबल बेडको रुम लिने गरी निगमले टेन्डर गरेको हो। 


प्रकाशित : बिहीबार , फागुन ११ २०७९०४:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend