बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

तारा एयर दुर्घटनाको प्रतिवेदन तयार; औँल्याइयो पाइलटको असावधानी, जोखिमबारे चेतावनी दिने सिस्टम नै अफ

बुधबार, फागुन १० २०७९
तारा एयर दुर्घटनाको प्रतिवेदन तयार; औँल्याइयो पाइलटको असावधानी, जोखिमबारे चेतावनी दिने सिस्टम नै अफ

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको आयोगले आफ्नो अन्तिम प्रतिवेदन तयार पारी मन्त्रीलाई बुझाएको छ। आयोगले पाइलटको कमजोरीका कारणले दुर्घटना भएको निष्कर्ष निकालेको छ। 

काठमाडौं- गएको जेठ १५ मा तारा एयरको जहाज दुर्घटनाका बारेमा छानबीन गर्न बनेको आयोगले अन्तिम प्रतिवेदन तयार पारेको छ। 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको आयोगले आफ्नो अन्तिम प्रतिवेदन तयार पारी मन्त्रीलाई बुझाएको छ। आयोगले पाइलटको कमजोरीका कारणले दुर्घटना भएको निष्कर्ष निकालेको छ। 

पाइलटको असावधानीका कारणले दुर्घटना भएको सम्भावित कारकका रुपमा समितिले ठहर गरेको छ। उपलब्ध स्रोतको न्यून उपयोग गरेको तथा न्यूनअनुभवी कोपाइलट हुँदा दुर्घटना भएको समितिको निष्कर्ष निकालेको छ।

प्रतिवेदनअनुसार जहाजमा अगाडिको पहाड र त्यसको जोखिमबारे जानकारी दिने 'एयरक्राफ्ट अभोइडेन्स एण्ड वार्निङ सिस्टम' अफ गरिएको थियो।

जाँचबुझ आयोगमा वरिष्ठ एरोनेटिकल इन्जिनियर रतिश चन्द्रलाल सुमन, क्याप्टेन दीपुराज ज्वार्चन, बरिष्ठ मेन्टेनेन्स इन्जिनियर उपेन्द्रलाल श्रेष्ठ, बरिष्ठ मौसमविद् मणिरत्न शाक्य र सदस्यसचिव प्राविधिक बुद्धिसागर लामिछाने रहेका छन्।

तारा एयरको जहाज जेठ १५ गते बिहान १० बजेतिर पोखराबाट जोमसोमका लागि उडान भर्ने क्रममा मुस्ताङको सानुशरेमा दुर्घटना भएको थियो। जहाज दुर्घटनामा दुई जना जर्मन नागरिक, चारजना भारतीय, १३ जना नेपाली यात्रुसहित चालक दलका ३ सदस्य सबैको निधन भएको थियो। 

प्रकाशित : बुधबार, फागुन १० २०७९१३:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend