शुक्रबार, वैशाख १४ गते २०८१    
images
images

बाढी पीडितका लागि विश्व खाद्य कार्यक्रमको २ करोड २५ लाख

images
बिजनेस न्युज
images
images
बाढी पीडितका लागि विश्व खाद्य कार्यक्रमको २ करोड २५ लाख

विगत वर्षमा कनकाइ नदीको तटीय क्षेत्रमा बसोबास गर्ने विपद्को उच्च जोखिममा रहेका परिवारको ‘सर्भे’ गरी तथ्याङ्क सङ्कलन गरिएको आधारमा हाल प्रति परिवार १३ हजार ५ सय रुपैयाँका दरले रकम वितरण भइरहेको छ।

images
images

झापा- जिल्लाका चार पालिकाका १ हजार ६ सय ६५ परिवारलाई विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) मार्फत २ करोड २५ लाख रुपैयाँ सहयोग आएको छ। रकम नेपाल रेडक्रस सोसाइटी झापा शाखाले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई वितरण गर्न सुरु गरेको छ।

images
images
images

डब्लुएफपीमार्फत आएको रकम गौरीगञ्ज गाउँपालिका- १, २ का ३६८ , झापाको वडा नं १, २, ३, ६ का ६७२ , कनकाई नगरपालिका-४ का १८६ र शिवसताक्षी नगरपालिकाको २,४,५, ६,८,९ र १० का ४३९ परिवारलाई नगद सहायता रकम वितरण गरिरहेको नेरेसो जिल्लाका सभापति लोकराज ढकालले जानकारी दिए।

images

उनका अनुसार विगत वर्षमा कनकाइ नदीको तटीय क्षेत्रमा बसोबास गर्ने विपद्को उच्च जोखिममा रहेका परिवारको ‘सर्भे’ गरी तथ्याङ्क सङ्कलन गरिएको आधारमा हाल प्रति परिवार १३ हजार ५ सय रुपैयाँका दरले रकम वितरण भइरहेको छ।

images

सर्भेमा सम्भाव्य विपद्को उच्च जोखिममा रहेको परिवार वा विपद् सङ्कटबाट प्रभावित भई दैनिक जीविकोपार्जनमा कठिनाइ भएको, सरकारी वा सार्वजनिक संस्थाबाट तलब पेन्सन नलिएका, असहाय तथा आफ्नो हेरचाह आफैं गर्न नसक्ने अवस्थाका व्यक्ति वा परिवारको विवरण सङ्कलन गरिएको थियो। 

images
images

सोही आधारमा डब्लुएफपीले पठाइदिएको रकम विरणमा सहजीकरण मात्र नेरेसोले गरेको सभापति ढकालको भनाइ छ। सो रकम तत्काल आएको बाढीले क्षति पुर्‍याएका बासिन्दा वा धानखेतीको क्षतिपूर्ति भने नभएको उनले प्रस्ट पारेका छन्। 

रेडक्रसले बमौसमी वर्षाका कारण हाल डुबानमा परेका र विस्थापित भएका परिवारलाई राहतस्वरुप भाँडाकुडा, त्रिपाल, कम्बल, लत्ताकपडासमेत वितरण गरिरहेको उनले बताए। रासस

images

प्रकाशित : बिहीबार , कात्तिक ४ २०७८०१:३२
प्रतिक्रिया दिनुहोस