काठमाडौं- वैदेशिक रोजगार विभागले दुबई र कतारमा बाइक राइडर र ट्याक्सी ड्राइभरमा जान रोक लगाएको छ।
बाइक राइडर र ट्याक्सी ड्राइभरमा जाँदा श्रमिकहरू धेरै ठगिएको उजुरी आएको भन्दै तत्कालका लागि रोक लगाउने निर्णय भएको विभागले जनाएको छ।
पछिल्लो समय पैसा धेरै कमाउने लोभमा बाइक राइडर र ट्याक्सी ड्राइभरमा श्रमिक जाने गरेको तर धेरै ठगिएको उजुरी परेको भन्दै तत्कालका लागि रोक लगाएको विभागले जनाएको छ।
