सोमबार, मंसिर १० गते २०८१    
images
images

राष्ट्र बैंककै नियतिमा बीमा प्राधिकरण : हकप्रदमार्फत चुक्ता पुँजी बढाउने कसरतमा बीमा कम्पनी

मारमा पर्न सक्छन् दोस्रो बजारका लगानीकर्ता

images
बुधबार, फागुन १० २०७९
images
images
राष्ट्र बैंककै नियतिमा बीमा प्राधिकरण : हकप्रदमार्फत चुक्ता पुँजी बढाउने कसरतमा बीमा कम्पनी
images
images

काठमाडौं- बीमा प्राधिकरणले पनि चुक्ता पुँजी वृद्धिका लागि हकप्रद जारी गर्न दिनेगरी लचिलो नीति लिने देखिएको छ। यो नीति लिएमा विगतमा वाणिज्य बैंकहरूकै नियति भोग्ने प्रष्ट देखिएको छ। विगतमा नेपाल राष्ट्र बैंकले पनि दुई अर्ब चुक्ता पुँजीलाई वृद्धि गरेर ८ अर्ब पुर्‍याएको थियो। 

images
images
images

राष्ट्र बैंकले मर्जरका लागि चुक्ता पुँजी वृद्धिको नीति लिएता पनि बैंकहरूले हकप्रदबाटै चुक्ता पुँजी पुर्‍याएका थिए। जसमा संस्थापक सेयर सदस्यहरूले भार थपेका थिएनन्। अहिले बीमा प्राधिकरणले सोही बाटो अपनाएर पुनः जनताबाटै पैसा उठाउने नीति लिन खोजेको छ। जसको असर दोस्रो बजारमा लगानी गर्ने लगानीकर्तामा पर्ने निश्चित छ।

images

प्राधिकरणले हकप्रद जारी गर्न दिएमा अधिकांश बीमा कम्पनीहरूले मर्जरको सट्टा पुनः हकप्रदमार्फत चुक्ता पुँजी वृद्धि गर्ने छन्। जसमा संख्या नघट्ने निश्चित हुनेछ। 

images

बीमा प्राधिकरणले हकप्रदमा लचिलो बन्ने संकेत गरेसँगै कतिपय बीमा कम्पनीहरूले मर्जरको सहमति नगरी बीमा प्राधिकरण समक्ष हकप्रद सेयर निष्काशनको लबिङ थालेका छन्। ‘अहिले नै हकप्रदको विषयमा प्राधिकरण लचिलो बन्दैन,’ बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले भने। मर्जरमा जाँदा र पुँजी थप्दासमेत चुक्ता पुँजी नपुगेका कम्पनीहरूको हकमा केही लचिलो नीति लिने भन्ने छलफलमात्रै भएको अध्यक्ष सिलवाल बताउँछन्। ‘सबै प्रक्रिया पूरा गरेकाहरूलाई २५ प्रतिशतसम्मको हकप्रदमा अनुमति दिन सकिनेगरी कुराकानी भएको छ,’ अध्यक्ष सिलवालले भने। 

चुक्ता पुँजी वृद्धिको दबाबले जीवन बीमातर्फ ९ वटा कम्पनी र निर्जीवनतर्फ १२ वटा कम्पनी मर्जर प्रकृयामा गएका थिए। निर्जीवनतर्फ २ वटा र जीवनतर्फ एउटा मर्जर सफल भइसकेको छ। प्रक्रियामा रहेका कम्पनीहरूको मर्जर सफल भएमा जीवनतर्फ ५ वटा र निर्जीवनतर्फ ६ वटा कम्पनी मात्रै घट्नेछन्। यससँगै जीवन र निर्जीवन दुवैतर्फ १४/१४ वटा कम्पनी हुनेछन्। तर हकप्रदको सहारा पाएमा पुनः मर्जरमा गएका कम्पनीको प्रक्रिया पनि रोकिने देखिन्छ।

बीमा प्राधिकरणले चुक्ता पुँजी वृद्धिका लागि चैत मसान्तको समयसीमा तोकेर मर्जरमा जानेहरूलाई विभिन्न सुविधा समेत दिएको थियो।  बीमा समितिको संचालक समितिको चैत १० गते बसेको बैठकले हाल २ अर्ब रुपैयाँ चुक्ता पुँजी भएका जीवन बीमा कम्पनीको न्यूनतम चुक्ता पुँजी ५ अर्ब रुपैयाँ र १ अर्ब रुपैयाँ चुक्ता पुँजी भएका निर्जीवन बीमा कम्पनीको साढे २ अर्ब रुपैयाँ पुर्‍याउनुपर्ने निर्णय गरेको थियो। नेपालमा अहिले १९ वटा जीवन बीमा कम्पनी, २० वटा निर्जीवन बीमा कम्पनी र २ वटा पुनर्बीमा कम्पनी संचालनमा रहेका छन्।

मर्जरमा जाने कम्पनीहरूलाई सेयरधनीहरूले दुई वर्षभित्रमा सेयर बिक्री गर्दा लाग्ने आयकर छुट पाउनेछन्। बीमक कम्पनीले गाभिएको दुई वर्षभित्रमा लाभांश वितरण गर्दा त्यस्तो लाभांशमा कर नलाग्ने व्यवस्थासमेत रहेको छ।

त्यस्तै, गाभिनेक्रममा कर्मचारीहरू अवकासमा जान चाहेमा एकमुष्ठ भुक्तानी गर्दा अवकास रकममा कर कट्टी गर्दा ५० प्रतिशत कर छुट दिने व्यवस्थासमेत रहेको निर्देशनमा उल्लेख गरिएको छ। निर्देशनमा २०८० असारमसान्त भित्र मर्जर सम्झौता सम्पन्न हुनेमात्रै सुविधा पाउनेसमेत उल्लेख गरिएको छ।

हकप्रदमार्फत चुक्ता पुँजी बढाउने कसरत

एनएलजी इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब ३२ करोड रुपैयाँ मात्रै छ। कम्पनीलाई अझै एक अर्ब १८ करोड रुपैयाँ पुँजी आवश्यक पर्नेछ। सोही रकम हकप्रदमार्फत लिनका लागि प्राधिकरणमा लबिङ गरेको छ। नेपाल इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर निष्काशन गरेर पुँजी जुटाउने योजना बनाएको छ। नेपाल इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी एक अर्ब ४८ करोड रुपैयाँ छ। कम्पनीलाई कम्तिमा पनि एक अर्ब २ करोड आवश्यक पर्नेछ। 

प्रभु इन्स्योरेन्सले पनि हकप्रद सेयर निष्काशनको लबिङ गरिरहेको छ। हाल प्रभुको चुक्ता पुँजी एक अर्ब २८ करोड रुपैयाँ छ। साढे दुई अर्ब पुर्‍याउन कम्पनीलाई एक अर्ब २२ करोड रुपैयाँ आवश्यक पर्नेछ।

निर्जीवनतर्फ नेको इन्स्योरेन्स कम्पनीले पनि हकप्रद सेयर निष्काशन नगरी पुँजी पुर्‍याउन सक्ने देखिँदैन। हाल कम्पनीको २ अर्ब एक करोड चुक्तापुँजी रहेको छ। कम्पनीलाई ४९ करोड रुपैयाँ पुँजी आवश्यक पर्नेछ। एलआइसी नेपालले पनि चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँको ८८.४५ प्रतिशत अर्थात २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँको हकप्रद सेयर निष्काशनको प्रस्ताव पारित गरिसकेको छ।

एशियन लाइफ इन्स्योरेन्स कम्पनीले पनि हकप्रदबाटै पुँजी जुटाउने दाउ खोजिरहेको छ। कम्पनीले प्राधिकरणसमक्ष ४० देखि ४५ प्रतिशतको हाराहारीमा हकप्रद सेयर निष्काशनको प्रस्ताव गरेको छ। मर्जर सम्पन्न गरिसकेको सूर्यज्योति लाइफले पनि ५ अर्ब पुर्‍याउन हकप्रद सेयर निष्काशन गर्नु पर्ने बाध्यता छ। 


प्रकाशित : बुधबार, फागुन १० २०७९०४:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend