बुधबार, चैत २० गते २०८१    
बुधबार, चैत २० २०८१
images
images

माघमा ६४ हजार २ सय ८४ जनाले लिए श्रम स्वीकृति, सबैभन्दा धेरै मलेसियाका लागि

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, फागुन ९ २०७९
images
images
माघमा ६४ हजार २ सय ८४ जनाले लिए श्रम स्वीकृति, सबैभन्दा धेरै मलेसियाका लागि
images
images

काठमाडौं- गत माघमा ६४ हजार २ सय ८४ जना नेपालीले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन्। वैदेशिक रोजगार विभागका अनुसार, माघमा ५८ हजार ४ सय ४७ पुरुष र ५ हजार ८ सय ३७ जना महिलाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका हुन्।

images
images

यो सङ्ख्या पहिलोपटक वैदेशिक रोजगारीमा जान व्यक्तिगत श्रम स्वीकृति लिने, संस्थागत नयाँ श्रम स्वीकृति लिने र पुनः श्रम स्वीकृति लिनेको हो।

images
images

यसैगरी नयाँ श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ३९ हजार १ सय २४ जना रहेको छ। जसमा ४ हजार २ सय ६६ जना महिला र ३४ हजार ८ सय ५८ जना पुरुष रहेको विभागले जनाएको छ। जसमा सबैभन्दा धेरै मलेसिया जानका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या १९ हजार ७ सय ८३ जना रहेको छ। 

images
images

कतार जानका लागि १२ हजार सात सय चार जना, साउदीका लागि १० हजार पाँच सय ७६ जना, युएईका लागि नौ हजार सात सय ७० जना र कुवेतका लागि दुई हजार नौ सय ९२ जनाले श्रम स्वीकृति लिएका छन्।

साइप्रसका लागि चार सय १७ जनाले, क्रोएसियाका लागि चार सय ७१ जनाले, जापानका लागि आठ सय ८२ जनाले, माल्टाका लागि दुई सय ७० जनाले, पोल्याण्डका लागि सात सय २० जनाले, पोर्चुगलका लागि ४५ जनाले र रोमानियाका लागि आठ सय चार जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ। रासस


प्रकाशित : मंगलबार, फागुन ९ २०७९१२:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend