बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

समस्या देखिएपछि पार्किङ-वेमै फर्कियो विराटनगर उड्न लागेको सौर्यको जहाज

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, फागुन ९ २०७९
समस्या देखिएपछि पार्किङ-वेमै फर्कियो विराटनगर उड्न लागेको सौर्यको जहाज

जहाजमा के समस्या देखिएको हो भन्ने खुलेको छैन। जहाज अहिले पार्किङ-वेमै छ। 

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विराटनगरका लागि आज उड्न लागेको सौर्य एयरलाइन्सको जहाजमा समस्या देखिएपछि पार्किङ–वेमै फिर्ता भएको छ। विराटनगर उड्न धावनमार्ग नजिकै पुगेको उक्त जहाजको इन्डिकेटरले समस्या देखाएपछि फिर्ता भएको बताइएको छ।

यात्रु बोर्डिङ पूरा गरी धावनमार्ग नजिकै पुगेको एसएयू ७२१ उडान नम्बरको जहाजमा इन्डिकेटरले समस्या रहेको देखाएपछि उडान नगरी फिर्ता भएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए। उनका अनुसार जहाजमा के समस्या देखिएको हो भन्ने खुलेको छैन। जहाज अहिले पार्किङ-वेमै छ। 

जहाज कम्पनीका इञ्जिनीयरले उक्त जहाजमा भएको समस्याका विषयमा छानबीन गरी उडानका लागि योग्य भन्ने जानकारी गराएपछि मात्रै उडान अनुमति पाउने विमानस्थलले जनाएको छ। रासस 


प्रकाशित : मंगलबार, फागुन ९ २०७९०९:२९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend