सोमबार, वैशाख २४ गते २०८१    
images
images

विद्युतीय कारको ब्याट्री नेपालमै मर्मत र फेर्न सिप्रदी सक्षम, अध्ययनका लागि विद्युतीय सवारी तालिम केन्द्र 

images
images
images
विद्युतीय कारको ब्याट्री नेपालमै मर्मत र फेर्न सिप्रदी सक्षम, अध्ययनका लागि विद्युतीय सवारी तालिम केन्द्र 

सबै कुरालाई ध्यानमा राखेर सिप्रदीले नैकापमा ईभीको लागि छुटै ईभी प्लाटफर्म र अन्य प्रविधिको बारेमा ट्रेडिङ दिन ‘ईभी लर्निङ सेन्टर’ स्थापना गरिसकेको छ। 

images
images

काठमाडौं- नेपाली बजारमा पछिल्लो समय विद्युतीय सवारी ल्याउनेको प्रतिस्पर्धा नै चलेको छ। सवारी आयातसँगै त्यसका लागि चाहिने पार्टपूर्जा र सर्भिस महत्वपूर्ण पक्षका रुपमा रहेको छ। बिक्रीसँगै बिक्री पछिको सेवा र पार्टसको उपलब्धताले उपभोक्तामा ब्रान्ड प्रतिको विश्वास थप बढाउँछ। 

images
images
images

विशेषगरि कार बजार पेट्रोलियम इन्जिनबाट ब्याट्रीमा आधारित विद्युतीय कारतर्फ लम्किरहेको छ। पेट्रोलियम कारको पार्टस तथा सेवा लगभग सबै ठाउँमा सहजै पाइन्छ भन्दा फरक नपर्ला। तर नयाँ प्रविधि, नयाँ साधान र भरखरै प्रयोगमा वृद्धि हुँदै गरेको विद्युतीय कारको सर्भिस भने सहजै पाउन केही कठीन छ। 

images

विद्युतीय कार आयातकर्ता कम्पनीहरुले आफ्नो उत्पादनलाई प्रबद्र्धनसँगै सर्भिसमा पनि जोड दिन थालेका छन्। नेपालमा उपलब्ध धेरै विद्युतीय सवारी आयातकर्ता कम्पनीहरुले चार्जिङ नेटवर्क विस्तारदेखि सर्भिसमा ध्यान केन्द्रित गरेका छन्। त्यसमा सबैभन्दा सक्षम टाटा मोटर्सको नेपाका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ देखिएको छ। सिप्रदीले देशभर फास्ट चार्जिङ पूर्वाधार बनाउने, विद्युृतीय सवारी सम्बन्धि जानकारी लिन तालिम केन्द्र बनाउनेदेखि ब्याट्री डायग्नोस्टिक सेन्टरसम्म बनाइसकेको छ। योसँगै सिप्रदी विद्युतीय सवारीको रिपेयर तथा यसको सर्भिस लेभल बनाउन सक्षम भएको छ। 

images

सिप्रदीले हालसम्म नेपाली बजारमा टाटा मोटर्सका २ हजार २ सयभन्दा बढी विद्युतीय कार बिक्री गरिसकेको छ। यसले पनि सिप्रदीलाई बिक्री भएका विद्युतीय कारलाई गुणस्तरीय सर्भिस नेपालमै दिन प्रेरित गरेको छ। यी सबै कुरालाई ध्यानमा राखेर सिप्रदीले नैकापमा ईभीको लागि छुटै ईभी प्लाटफर्म र अन्य प्रविधिको बारेमा ट्रेडिङ दिन ‘ईभी लर्निङ सेन्टर’ स्थापना गरिसकेको छ। 

images
images

ईभी लर्निङ सेन्टरबाट धेरै इन्जिनियर तथा सेवाग्रहीले विद्युतीय सवारीको प्रविधि बारेमा प्रशिक्षण लिइसकेका छन्। उक्त सेन्टरमा दुई वटा डिपार्टमेन्ट मेकानिकल सेन्टर र लर्निङ सेन्टर छन्। यसमा ईभीका लागि आवश्यक सम्पूर्ण प्रविधिको बारेमा सिकाइने र त्यसपछि रिपेयर गर्नको लागि मेकानिकल ट्रेनिङ प्रदान दिइन्छ जसमा सफ्टवयरको पनि ट्रेनिङ हुने सिप्रदीको ईभी डिपार्टमेन्टका प्रोडक्ट म्यानेजर निर्मल खत्रीले जानकारी दिए। 

सिप्रदीले नैकाममा खोलेको ईभी लर्निङ सेन्टर दक्षिण एसियामै पहिलो भएको उनको भनाइ छ। यसले विद्युतीय गाडीमा भएका सबै नयाँ प्रविधिको बारेमा सिकाउनेदेखि विद्युतीय कार रिपेयर गर्न सक्ने खालको दक्ष-जनशक्ति उत्पादन गर्ने काम गरिहरेको खत्रीले बताए।

टाटाका नेक्सन ईभी र टियोर ईभी बिक्री गर्दै आएका सिप्रदीले उपत्यकामा विद्युतीय ट्याक्सी ‘एक्सप्रेस टी’ बिक्री गर्ने अन्तिम तयारीमा रहेको छ। विद्युतीय सवारीको बढ्दो प्रयोगसँगै सिप्रदीले चार्जिङ पूर्वाधार निर्माणमा विशेष जोड दिएको छ। कम्पनीले हालसम्म देशभर १९ वटा फाष्ट चार्जर र डेढ सयभन्दा धेरै एसी चार्जिङ पोर्टहरु स्थापना गरेर सञ्चालनमा ल्याइसकेको र थप फास्ट चार्जरहरु बनाउने क्रममा रहेको जनाएको छ। 

tata battery 1.jpg

सिंगो ब्याट्री नभइ मोडुलअनुसार नेपालमै मर्मत र फेरिने 

सिप्रदीले विद्युतीय कारको ब्याट्री मर्मतका लागि ललितपुरको बागडोलमा छुटै ब्याट्री डाइग्नोस्टिक सेन्टर निर्माण गरेको छ। यो सेन्टर टाटाको ईभीमा प्रयोग भएका ब्याट्रीहरुको सबैखाले मर्मतको काम गर्न सक्षम रहेको छ। ईभीमा ब्याट्रीको प्रयोग र प्रविधि मुख्य चासोको विषय बनेको छ। यसको वारेन्टीपछि वा बिग्रेमा मर्मत कहाँ गर्ने र सिंगै ब्याट्री फेर्नुपर्छ भन्ने बुझाई आम उपभोक्तामा रहेको छ। 

तर सिप्रदीले विद्युतीय कारको सिंगै ब्याट्री नभइ त्यसमा रहेको विभिन्न मोडुलहरु फेर्न सकिने व्यवस्था गरेको छ। एउटा विद्युतीय कारमा भएको ब्याट्रीमा करिब ७ सय वटा सेलहरु हुने र ती सेलहरु ७ देखि ९ वटा मोडुल राखिएका हुन्छन्। यसलाई टाटाको एडभान्स जिपट्रोन प्रविधिले नियन्त्रण गरेको हुन्छ। जिपट्रोन प्रविधि भनेको ब्याट्री म्यानेजमेन्ट सफ्टवयर तथा सिस्टम हो।  

अहिले सिप्रदीले सञ्चालनमा ल्याएको ब्याट्री डायग्नोस्टिक सेन्टरमा मोडुल फेर्न तथा मर्मत गर्न सकिन्छ भने भविष्यमा सेल नै मर्मत तथा फेर्न सकिने प्रविधि आएमा त्यो पनि नेपाल ल्याउने योजना कम्पनीको छ। विद्युतीय कारको सिंगो ब्याट्री नै फेर्दा कार खरिद गर्दाको मूल्यको आधाभन्दा बढी लाग्ने अवस्था थियो। तर अब मोडुल फेर्दा त्यसको पाँचभागको एक भाग वा त्यस्तै हाराहारी मूल्य लाग्ने छ। यसले विद्युतीय सवारी प्रयोगकर्तामा रहेको ब्याट्री फेर्दा धेरै खर्च लाग्ने हाउगुजी हटाएको तालिम केन्द्रका प्रशिक्षकहरुको भनाइ छ। 

नेपालमा नै ईभीको ब्याट्री र अन्य मर्मत गर्ने सिप्रदी पहिलो कम्पनी भएको सिप्रदीका सिनियर म्यानेजर (ट्रेनिङ) दिपेश पौडेलले बताए। ‘हामीले यसरी ब्याट्रीको मोडुल तथा सेल परिवर्तन गर्न सक्ने क्षमताको विकास गर्दा ग्राहकहरुले कम खर्चमा ब्याट्रीको रिपेयर गर्न सक्छन्,’ पौडेलले भने, ‘यसरी मर्मत गर्दा ग्राहकहरुले ब्याट्री नयाँ फेर्नु पर्दैन। समस्या आएको मोडुल मात्र परिवर्तन गरे पुग्छ। सजले उपभोक्तालाई विद्युतीय कार प्रतिको कन्फिडेन्स बढाउँछ।’ 

सिप्रदीले सुरक्षित तवरबाट काम गर्न सक्ने गरि सर्भिस सेन्टरहरुको विकास गरेको छ। हाइ भोल्टमा काम गर्नुपर्ने भएकाले सर्भिस सेन्टरका मेकानिक्सहरुको सुरक्षामा समेत विशेष ध्यान दिइएको कम्पनीले जनाएको छ। 

टाटाका नेक्सन ईभी, टिगोर ईभी नेपाली बजारमा बिक्री भइरहेको छ। त्यस्तै एक्सप्रेस टी विद्युतीय ट्याक्सी हस्तारन्तरण गर्ने तयारी भइरहेको छ भने सस्तो मूल्यको ह्याचब्याक कार टियागो ईभी मार्चसम्ममा नेपाली बजारमा आउनेछ। 

images

प्रकाशित : बुधबार, फागुन १० २०७९०४:५९

प्रतिक्रिया दिनुहोस