शनिबार, वैशाख ८ गते २०८१    
images
images

१० वर्षमा चितवनमा थपिए ३९ हजार घरपरिवार 

images
बिजनेस न्युज
images
१० वर्षमा चितवनमा थपिए ३९ हजार घरपरिवार 

२०६८ को जनगणनालाई आधार मान्दा जिल्लामा हाल ३९ हजार २३८ परिवार थप भएका हुन्। जिल्ला जनगणना कार्यालयका अनुसार सात पालिकामा सुपरीवेक्षकले गरेको स्थलगत अध्ययनका आधारमा परिवार संख्यामा वृद्धि भएको हो। 

images
images

चितवन- चितवनमा वर्षेनी बसाइँसराइ गरी आउने क्रम बढ्दै गएको छ। आन्तरिकरूपमा हुने वृद्धि र बाहिरबाट आउनेसमेत गरी १० वर्षका अवधिमा चितवनमा ३९ हजारभन्दा बढी घरधुरी थपिएका छन्। 

images
images
images

२०६८ को जनगणनालाई आधार मान्दा जिल्लामा हाल ३९ हजार २३८ परिवार थप भएका हुन्। जिल्ला जनगणना कार्यालयका अनुसार सात पालिकामा सुपरीवेक्षकले गरेको स्थलगत अध्ययनका आधारमा परिवार संख्यामा वृद्धि भएको हो। 

images

कार्यालय प्रमुख यज्ञमूर्ति भण्डारीका अनुसार जनगणनामा एक लाख ७१ हजार ७०० परिवारको गणना हुँदैछ। पछिल्लो जनगणनामा एक लाख ३२ हजार ४६२ परिवारको गणना भएको थियो। यहाँका पालिकामा समेत परिवार संख्यामा वृद्धि भएको पाइएको हो।

images

उनका अनुसार भरतपुर महानगरपालिकामा ८७ हजार ४४२ परिवारको गणना हुँदैछ। यो अघिल्लो गणनाको भन्दा १८ हजार ४०७ परिवारले वृद्धि भएको छ। यस्तै रत्ननगर नगरपालिकामा २३ हजार १५३ परिवारको गणना हुँदैछ। यस पालिकामा सात हजार ८३ परिवार संख्या वृद्धि भएको छ। 

images
images

कालिका नगरपालिकामा १२ हजार ३३७ परिवारको गणना हुने कार्यालयले जनाएको छ। यस पालिकामा तीन हजार २२१ परिवार थपिएका छन् । खैरहनी नगरपालिकामा चार हजार ९३७ परिवार थप भएका छन्। यस पालिकामा १७ हजार २६८ परिवार रहेका छन्। राप्ती नगरपालिकामा १५ हजार ११९ परिवारको गणना हुँदैछ। यस पालिकामा अघिल्लो गणनाभन्दा तीन हजार ६४ परिवार थप भएका हुन्।

माडी नगरपालिकामा १० हजार १७८ परिवारको गणना हुने भण्डारीले जानकारी दिए। यस पालिकामा एक हजार २१८ परिवार वृद्धि भएको छ। जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकामा ६ हजार २०३ परिवारको गणना हुने उनले जानकारी दिए।

उनका अनुसार गाउँपालिकामा एक हजार ४२५ परिवार थपिएका छन्। भूकम्पपछि पहाडी क्षेत्रबाट धेरै बसाइँसराइ गरी यहाँ आएकै कारण परिवार संख्या थप भएको अनुमान छ। रासस

images

प्रकाशित : बिहीबार , कात्तिक ४ २०७८१०:२४
प्रतिक्रिया दिनुहोस