शुक्रबार, वैशाख ५ गते २०८२    
शुक्रबार, वैशाख ५ २०८२
images
images

स्रोत नखुलेको ८० लाखसहित एक जना पक्राउ

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , कात्तिक ४ २०७८
images
स्रोत नखुलेको ८० लाखसहित एक जना पक्राउ

प्रहरी प्रधान कार्यालयका अनुसार गए राति मध्यपुर थिमी नगरपालिका-१ लोकन्थलीबाट स्रोत नखुलेको ८० लाख रुपैयाँसहित काठमाडौँ कोटेश्वर बस्ने बागलुङ गल्कोट नगरपालिका-१० का ३६ वर्षीय चित्रबहादुर पुन मगरलाई गएराति पक्राउ गरेको छ।

images
images

काठमाडौं- प्रहरीले स्रोत नखुलेको ८० लाख रुपैयाँसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार गए राति मध्यपुर थिमी नगरपालिका-१ लोकन्थलीबाट स्रोत नखुलेको ८० लाख रुपैयाँसहित काठमाडौँ कोटेश्वर बस्ने बागलुङ गल्कोट नगरपालिका-१० का ३६ वर्षीय चित्रबहादुर पुन मगरलाई गएराति पक्राउ गरेको छ।

images
images
images

लोकन्थली मनहरा आँखा अस्पताल नजिक हुण्डीको कारोबार भइरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त थिमीबाट खटिएको प्रहरीले मगरलाई नियन्त्राण्मा लिएको हो। उनको साथबाट बा ४९ प ८५६५ नंको स्कुटर र नगद ३० लाख रुपैयाँसहित बरामद गरिएको र अनुसन्धानको क्रममा उनको कोठा तलासी गर्दा थप ५० लाख रुपैयाँ बरामद गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। उनलाई आवश्यक कारबाहीका लागि सम्पत्ति शुद्धिकरण विभाग ललितपुर पठाइएको प्रहरीले जनाएको छ। 

images
images


प्रकाशित : बिहीबार , कात्तिक ४ २०७८१०:१८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend