आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

पर्यटकीय गन्तव्य बन्दै ‘ब्रम्हायणी उद्यान’

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन ८ २०७९
images
पर्यटकीय गन्तव्य बन्दै ‘ब्रम्हायणी उद्यान’

भुइँचालो डाँडा नामले चिनिने सो ठाउँमा उद्यान बनेपछि नयाँ गन्तव्य थपिएको हो।

images
images

बनेपा- ललितपुरका शान्ति खड्की नालामा रहेको ब्रम्हायणी उद्यान घुम्न पाउँदा दङ्ग देखिन्छन्। उनी सामाजिक सञ्जाल टिकटकमा ब्रम्हाको पूर्णकदको मूर्तिसहितको उद्यान बनेको थाहा पाएपछि घुम्न आएका हुन्। 

images
images
images

‘अग्लो ठाउँमा उज्यालो देखिने ब्रम्हाको मूर्तिसहितको पार्क निकै रमाइलो र मनमोहक देखिन्छ। यहाँको सुन्दरतालाई जोगाएर राख्न सके थप आकर्षणको केन्द्र बन्नेछ’, उनले भने, ‘घुम्न गएको ठाउँमध्ये नालाको ब्रम्हायणी उद्यान निकै आकर्षक देखिन्छ।’ 

images
images

टिकटकमा यहाँको दृश्यसहितको सन्देश हेरेर आन्तरिक पर्यटक घुम्न आउने गरेको स्थानीयवासीले बताए। अहिले ब्रम्हायणी उद्यान घुम्न र दर्शनका लागि आन्तरिक पर्यटकको संख्या वृद्धि हुँदै गएको छ । 

images
images

नाला बजार निवासी  श्याममाया देउला पनि आमालाई लिएर ब्रम्हायणी उद्यान घुम्न आए। उनले घर नजिकै धार्मिक पर्यटकीय केन्द्र बनेको र टाढा टाढाबाट मानिस घुम्न आएको देखेर आफू पनि आएको बताए। शनिबारका दिन यहाँ आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ।

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-४ मन्दिरै मन्दिरले घेरिएकाले यहाँ धार्मिक पर्यटक बढ्ने गरेकामका ब्रम्हा उद्यानले नाला क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याएको छ। 

भुइँचालो डाँडा नामले चिनिने सो ठाउँमा उद्यान बनेपछि नयाँ गन्तव्य थपिएको हो। नाला क्षेत्रमा ऐतिहासिक तथा धार्मिक करुणामाई, उग्रचण्डी र नाला भगवतीलगायत मन्दिर छन्।

महादेव खोला ब्रम्हायाणी उत्तरगया विकास समाजले नाला धार्मिक पर्यटनको अर्को गन्तव्य बनाउने उद्देश्यले ब्रम्हाको पूर्णकदसहितको मूर्ति बनाएको जनाएको छ। यहाँ ब्रम्हासहित दश अवतार मत्स्य, कुर्म, बराह, नृसिंह, परशुराम, बामन, राम, कृष्ण, बुद्ध, कल्किको मूर्ति निर्माण गरिएको छ।

चर्तुरायण ब्रम्हायणीको मूर्ति राखेर दश अवतारका देवता भएको उद्यान निर्माण गरेपछि स्थानीयवासीले व्यवसाय गरेर आम्दानी गर्न थालेका छन्। करिब एक महिना अगाडिदेखि उद्यान छेउमा चटपटे, पानीपुरी र अन्य तयारी सामान बिक्री गरी व्यवसाय सञ्चालन गर्दै आएका नाला-४ का मञ्जु खत्रीले दैनिक एक हजार आम्दानी गर्दै आएको बताए। 

अरु बेला मानिसको आवागमन सामान्य रहेपछि बिदाको दिन र शनिबार घुम्न आउनेको घुइँचो लाग्ने गरेको उनले उल्लेख गरे। पछिल्लो समयमा सो ठाउँमा घुम्न जानेको सङ्ख्या उल्लेख्य वृद्धि भएपछि उद्यान आसपासमा आधा दर्जन साना व्यसवसायीले व्यवसाय सुरु गरेर आम्दानी लिन थालेका छन्। 

करिब ९० रोपनी क्षेत्रफलमा फैलिएमध्येको खाली क्षेत्रमा पार्कसहितको बगैँचा निर्माण गर्न लागिरहेको समितिका अध्यक्ष पुरुषोत्तम सापकोटाले बताए। स्थानीयस्तरबाट नै चन्दा संकलन गरी निर्माण गरिएको उद्यान र ब्रम्हमूर्तिको राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ३० गते उद्घाटन गरेका थिए। रासस


प्रकाशित : सोमबार, फागुन ८ २०७९०८:२१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend