शुक्रबार, वैशाख ५ गते २०८२    
शुक्रबार, वैशाख ५ २०८२
images
images

विश्व बजारमा कोइला अभावको नेपालमा असर, सिमेन्टको मूल्य बढ्ने 

images
शुक्रबार, कात्तिक ५ २०७८
images
विश्व बजारमा कोइला अभावको नेपालमा असर, सिमेन्टको मूल्य बढ्ने 

गएको पाँच महिनामा नेपाल आउने कोइलाको मूल्य दोब्बर भन्दा बढीले बढेको व्यवसायीहरूले बताएका छन्। कोइलाको मूल्य बढ्नेक्रम अझै रोकिएको छैन। 

images
images

काठमाडौं- विश्व बजारमा कोइलाको चरम अभावको प्रभाव नेपाली बजारमा पनि परेको छ। कोइलाको अभावका कारणले गर्दा चीन र भारतमै उर्जा संकट आइरहेको बेला नेपाली बजार पनि त्यसबाट प्रभावित भएको छ। 

images
images
images

नेपालमा कोइलाको प्रभाव उर्जाको रुपमा नभइ निर्माण सामग्रीको उत्पादनमा परेको छ। विशेषगरी सिमेन्ट उत्पादनमा उपयोग हुने कोइलाको अभाव र त्यसकै कारण बढेको मूल्यले नेपाली उपभोक्ता पनि मारमा पर्ने भएका छन्। 

images
images

गएको पाँच महिनामा नेपाल आउने कोइलाको मूल्य दोब्बर भन्दा बढीले बढेको व्यवसायीहरूले बताएका छन्। कोइलाको मूल्य बढ्नेक्रम अझै रोकिएको छैन। 

images
images

कोइलाको मूल्य जसरी बढिरहेको छ त्यसको प्रभाव सिमेन्टको उपभोक्ता मूल्यमा पनि देखिने अर्घाखाँची सिमेन्टका सञ्चालक पशुपति मुरारका बताउँछन्। 

सिमेन्ट उत्पादकहरूले सिमेन्टमा प्रति बोरा १ सय रुपैयाँसम्म मूल्य बढ्नसक्ने बताएका छन्। दसैँअघि नै निर्माण लागत बढेपनि योबीचमा उत्पादन र उपभोगमा चाप नदेखिएकाले मूल्य अहिलेसम्म खासै बढेको छैन। यद्यपि कुनै सिमेन्टको मूल्य भने बढ्न थालिसकेको छ। 

भारत आफै कोइला अभावका कारण उर्जा संकट झेलिरहेको छ। सोही कारणले भारतले कोइला निर्यातमा बन्देज लगाएको छ। तुलनात्मक रुपमा सस्तो मानिने भारतको कोइला बन्द भएपछि व्यवसायीले तेस्रो मुलकबाट कोइला ल्याउनुपर्छ। यसो हुँदा ट्रान्सपोर्ट लागत पनि बढ्ने छ। यी सबै कारणले कोइलाको मूल्य बढ्ने व्यवसायीहरूले बताएका छन्। 

भारत बाहेक नेपाली उद्योगीले अष्ट्रेलिया  र अफ्रिकाबाट कोइला ल्याउँदै आएका थिए। 

अहिलेसम्म सिमेन्ट उत्पादकहरूले कोइलाको अभाव भने भोगेका छैनन्। पहिले नै आयात भएको कोइलाले उत्पादन गरिरहेका भएपनि आगामी दिनमा अभाव हुनसक्ने देखिन्छ। नेपालमा कोइलाको स्टक राख्ने गरेका छैनन्। 


प्रकाशित : शुक्रबार, कात्तिक ५ २०७८०५:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend