शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

आयात अनियन्त्रित भएपछि चाँदीको भन्सार बढ्यो

images
बिहीबार , कात्तिक ४ २०७८
images
आयात अनियन्त्रित भएपछि चाँदीको भन्सार बढ्यो

प्रति १० ग्राम चाँदीमा लाग्दै आएको भन्सारमा २२ रूपैयाँले बढाइएको छ। यसअघि प्रति १० ग्राम चाँदीमा ८५ रूपैयाँ भन्सार रहेकोमा अब त्यसलाई बढाएर १०७ रूपैयाँ पुर्‍याइएको छ। 

images
images

काठमाडौं- चाँदी आयात अनियन्त्रित भएपछि सरकारले भन्सार बढाएको छ। अर्थ मन्त्रालय स्रोतका अनुसार असोज १९ गतेबाट लागू हुने गरी चाँदीको भन्सार दरमा परिवर्तन गरिएको हो। 

images
images
images

बिजनेस न्यूजलाई प्राप्त जानकारी अनुसार प्रति १० ग्राम चाँदीमा लाग्दै आएको भन्सारमा २२ रूपैयाँले बढाइएको छ। यसअघि प्रति १० ग्राम चाँदीमा ८५ रूपैयाँ भन्सार रहेकोमा अब त्यसलाई बढाएर १०७ रूपैयाँ पुर्‍याइएको छ। 

images
images

'चाँदीको आयात अनियन्त्रित हुने अवस्था आयो, कोटा नतोकिएका कारण उच्च आयात भएपछि भन्सार परिवर्तन गरिएको हो,' अर्थ मन्त्रालय स्रोतले भन्यो, 'अब भारत बराबर भन्सार दर तोकिएको छ।' 

images
images

चालु आर्थिक वर्षको पहिलो २ महिनामा ६९ हजार १ सय ५२ किलो चाँदी आयात भएको छ। नेपालमा मात्रै यतिको परिमाणमा चाँदी खपत नहुने भन्दै अर्थ मन्त्रालयले गलत बाटोबाट निकासी भएको अनुमानका आधारमा भन्सार बढाएको हो।


प्रकाशित : बिहीबार , कात्तिक ४ २०७८०८:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend