शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

किसानको पीडा : के खाएर बाँच्ने?

images
बिहीबार , कात्तिक ४ २०७८
images
किसानको पीडा : के खाएर बाँच्ने?

'वर्षभरि खाने धान पूरै बगाएर लगिसक्यो अब हामीले के खाने? किनेर खानसक्ने क्षमता छैन। हामी दिनभरि मजदूरी गरेर खाने मान्छे त्यसमाथिको अहिलेको महङ्गाइमा, खेत रोप्दा लागेको ऋण पनि तिर्न सकेको छैन। कसरी ऋण तिर्ने कसरी परिवार पाल्ने?

images
images

भजनी- जानकी गाउँपालिका-८ का लालवीरे कामीले दसैँको पछिल्लो दिन आठ कामदार लगाएर दुई बिघामा लगाएको धान कटाए। प्रतिव्यक्ति ५ सय रुपैयाँका दरले उनले ज्याला व्यापत चार हजार रुपैयाँ तिर्नुपर्‍यो। तर कटाएको धान भित्र्याउन भने पाएनन्।

images
images
images

'गत वर्षको भन्दा धान राम्रो थियो। यस वर्ष उत्पादन राम्रो हुन्छ भन्ने अपेक्षा थियो', उनले भने, 'खेतमा लगाएको एक दाना धान पनि भित्र्याउन पाइएन। सबै बाढीले बगायो। अब के खुवाएर परिवार पाल्ने? आफूले के खाने?'

images
images

टीकापुर नगरपालिका-३ शङ्करपुरका लक्ष्मण बस्यालले आकाशको पानी पर्दा थोरै भए पनि आशा जीवित रहेको जनाउँदै जमरा कुलोको बाढी खेतमा पसेपछि धानको एक मुठ्ठा पनि खेतमा नबचेको बताएका छन्। उनले जमरा कुलोमा लगाइएको बाँधका कारण पनि शङ्करपुर क्षेत्र बढी डुबानमा परेको जनाउँदै सम्झँदा आँखा रसाउने गरेको गुनासो गरे।

images
images

'वर्षभरि खाने धान पूरै बगाएर लगिसक्यो अब हामीले के खाने? किनेर खानसक्ने क्षमता छैन। हामी दिनभरि मजदूरी गरेर खाने मान्छे त्यसमाथिको अहिलेको महङ्गाइमा', उनले भने, 'खेत रोप्दा लागेको ऋण पनि तिर्न सकेको छैन। कसरी ऋण तिर्ने कसरी परिवार पाल्ने? अहिलेको समयले निकै चुनौती दिएर गएको छ।'

टीकापुरकै आशिष जनालाले पनि दसैँको पछिल्लो दिन तीन बिघा क्षेत्रफलको धान कामदार लगाएरै काटे। परिवारसँग दसैँको बेला रमाइलो गरेको उनका लागि अर्को दिनसम्म टिकेन। कोरोनाका कारण भारतमा मजदुरी गरेर परिवार पाल्ने उहाँ आफ्नै गाउँमा केही गर्नुपर्छ भनेर गाउँ फर्किएको बताउँछन्।

उनले आफ्नो र आफ्ना अन्य परिवारको सबै जग्गामा खेती सुरु गरेको पहिलो वर्षमै समयले निकै ठूलो चुनौती दिएर गएको छ। 'कोरोनाले परदेशबाट लखेट्यो। स्वदेशमा बदलिँदो मौसमले लखेट्दै छ', उनले भने, 'अब कता जाने? कतै ठाउँ नै छैन। लागेको ऋण र परिवारलाई कसरी पाल्ने? निकै अप्ठ्यारो मोडमा पुगिएको छ।'

कर्णाली नदीले कटान गरेर बाढी गाउँमा पस्दा नगरपालिकाको सूर्यपुर, वसन्ता, बटनपुर, फाँटा, सत्ती, कर्मीडाँडा, सिमरेनी, अरुणाफाँटालगायतका गाउँमा बढी असर पारेको छ। सो क्षेत्रमा बढी मात्रामा खेती हुने गर्छ। केही वर्ष पहिले बाढीले निकै प्रभावित हुने सो क्षेत्रमा सात वर्षयता बाढी देख्नुपरेको थिएन। आकाशको पानी पर्दासम्म पराल नभए पनि धान बचाउन सकिन्छ कि भन्ने आशा किसानमा थियो । तर त्यो आशा पूर्णरूपमा निराशामा परिणत भयो। कर्णालीको उर्लँदो भेल खेतमा पसेपछि आफूहरु मुकदर्शक बन्नुबाहेक केही नभएको किसान सीताराम चौधरी बताउँछन्।

'हामीले चाहेर रोक्न पनि नसकिने। पानीमा तैरिरहेको धानलाई सङ्कलन गर्न पनि नसकिने', उनले भने, 'एकाएक बाढी खेतमा पसेपछि पानीमा तैरेको धान कर्णालीमै मिसियो। अब चिन्ता बढ्न थालेको छ, के खाने? परिवारलाई के खुवाउने र पशु चौपायालाई के खुवाएर पाल्ने?'

जग्गा भाडामा लिएर कुखुरा फार्म सञ्चालन गर्दै आएका लक्ष्मीप्रसाद अधिकारीको फार्ममा रहेका करिब पाँच सय कुखुरा बाढीले बगायो। आफ्नै देशमा केही गर्नुपर्छ भनेर लाग्नुभएका उनको सपना बाढीले पूरा हुन दिएन। 'सँगैका साथीहरु विदेश जानुपर्छ भनेर सधैँ कर गर्थे। मैले आफ्नै देशमा केही गर्नुपर्छ भनेर सम्झाए पनि सबै साथीहरु विदेशमा राम्रो कमाउँदैछन्। आफूले ऋण जोहो गरेर जग्गा भाडामा लिएर फार्म सञ्चालन गरेँ त्यो पनि बाढीले बगायो', उनले भने, 'अब आफ्नो लगानी त टाढाको कुरा भयो जग्गा भाडा पनि कताबाट तिर्ने भन्ने चिन्ता छ।'

टीकापुर र जानकी मात्रै हजारौँ बिघा क्षेत्रफलमा लगाइएको धानबाली पूर्णरूपमा नष्ट भएको छ। बाढी कटानले हुलाकी राजमार्गअन्तर्गत सत्ती नजिक झण्डै दुई सय मिटर बढी हुलाकी सडक कटान गरेको छ भने मोहना नदीमा निर्माण गरिएको तटबन्धसमेत भत्काएको छ। कर्णालीले पनि ठाउँठाउँमा तटबन्ध भत्काएर बाढी बस्तीमा पसेको हो।


प्रकाशित : बिहीबार , कात्तिक ४ २०७८०७:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend