बिहीबार , चैत १४ गते २०८१    
बिहीबार , चैत १४ २०८१
images
images

इलामको रोङ गाउँपालिकाले थाल्यो गुन्द्रुक ‘ब्रान्डिङ’

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन ४ २०७९
images
images
इलामको रोङ गाउँपालिकाले थाल्यो गुन्द्रुक ‘ब्रान्डिङ’

अहिलेसम्म ब्रान्डको नाम तय नभए पनि गुन्द्रुक-सिन्कीको प्याकेट डिजाइन र ब्रान्ड नाम आदरणीय गुन्द्रुक र आदरणीय सिन्की राखेर सम्मानसहित बजारमा ल्याइने भएको छ।

images
images

मंगलबारे- इलामको रोङ गाउँपालिकाले गुन्द्रुक ‘ब्रान्डिङ’ सुरु गरेको छ। किसानले उत्पादन गरेर खेरगइरहेको सागबाट गुन्द्रुक बनाइन्छ। सोही गुन्द्रुकलाई गाउँपालिकाले ब्रान्डिङ गर्न सुरु गरेको हो। उत्पादन र बजारीकरण सरकारले चासो नदिँदा किसानले उत्पादन गरेको कृषि उपज खेर गइरहेको छ। तर अब गुन्द्रुकले भाउ पाउने धेरै किसानको अपेक्षा रहेको छ। 

images
images

इलामको रोङ गाउँपालिकाले किसानको जीवनस्तर उकास्ने गरिको काम अगाडि बढाएको छ। स्थानीय उत्पादनलाई बढवा दिइने र उत्पादित वस्तु बजारसम्म पुर्‍याउनका लागि काम थालिएको गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बोले बताए। 

images
images

गाउँपालिकाले गुन्द्रुक-सिन्कीको प्रवर्द्धन सुरु गरेको छ। पालिकाका अगुवा किसानलाई प्रदेश, पालिका र स्थानीय सहकारीको साझेदारीमा कार्यक्रम सञ्चालन गरेको हो। बजारमा खपत हुने तरकारी यहीँ बिक्री हुन्छ। खपत नभएको साग र मूलालाई व्यवस्थापन गर्दै गुन्द्रुक–सिन्की निर्माण गरिने गाउँपालिकाको लक्ष्य रहेको छ।

images
images

उत्पादित सिन्की–गुन्द्रुकलाई प्रवर्द्धन गर्ने कार्यक्रम अगाडि बढाइएको जनाइएको छ। प्रत्येक किसानले उत्पादन गरेको गुन्द्रुक र सिन्कीलाई आवश्यक लेबलिङ गर्ने गरी कार्यक्रम सुरु गरिएको गाउँपालिकाका अध्यक्ष स्याङ्बोको भनाइ छ। 

उत्पादित साग बजारमा बिक्री हुने र बाँकी रहेको पालिकाले किसानलाई प्रतिकेजी ८० रुपैयाँ अनुदान सहयोग गर्ने गाउँपालिकाको योजना रहेको छ। गाउँपालिकाले सुरुआती तीन महिना गुन्द्रुक-सिन्की लेबलिङका लागि फुड टेक्निसियनसमेत नियुक्त गरी हाल ब्रान्डिङको प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ। देवान छाप साना किसान कृषि सहकारीले कार्यक्रम सञ्चालन गर्ने बताएको छ। यसका लागि गाउँपालिकाले दातृ संस्थाको साथ पाएको छ। 

६७ लाख ८५ हजार रुपैयाँको कार्यक्रमका लागि स्वीस सरकारले ३४ लाख ४५ हजार रुपैयाँ उपलब्ध गराउने छ। पालिकाले १७ लाख ६० हजार रुपैयाँ र सहकारीले १५ लाख ८० हजार रुपैयाँ लगानी गर्ने बताइको छ। देवान छाप साना किसान कृषि सहकारीको साना किसान कृषि प्रशोधन उद्योगमार्फत उत्पादन, ब्रान्डिङ, प्याकेजिङ एवं मार्केटिङको सबै कार्य गर्ने गाउँपालिका अध्यक्ष स्याङ्बोले बताए। 

उनका अनुसार यसवर्ष कम्तीमा तीन सयदेखि एक हजार किलो उत्पादनका लागि किसानलाई प्रोत्साहन गरिनेछ। पहिलो चरणमा ६० जना किसानलाई सहभागी गराइएको छ भने आगामी वर्ष अझ यसलाई बढाएर कार्यक्रम सञ्चालन गरिनेछ। प्रदेश नं १ को कृषि मन्त्रालय, गाउँपालिका र स्थानीय सहकारीको आर्थिक सहयोग र स्वीस सरकारको प्राविधिक सहयोगमा कार्यक्रम सञ्चालन गरिएको हो। 

पहिला चरणको उत्पादनको ड्रायरका लागि स्थानीय व्यवसायी कुमार अर्यालको उद्योगलाई प्रयोग गरिने भएको छ। चालु आर्थिक वर्षमा सहकारीको जग्गामा उद्योग स्थापना गर्ने तयारी अघि बढेको अध्यक्ष स्याङ्बोको भनाइ छ ।

अहिलेसम्म ब्रान्डको नाम तय नभए पनि गुन्द्रुक सिन्कीको प्याकेट डिजाइन र ब्रान्ड नाम आदरणीय गुन्द्रुक र आदरणीय सिन्की राखेर सम्मानसहित बजारमा ल्याइने भएको छ। राष्ट्रिय सम्मान बोकेको वस्तुलाई प्रवर्द्धनका लागि अगाडि आदरणीय थप्ने भन्दै नेपालमा अहिलेसम्म राष्ट्रिय तरकारीको रिसर्च नहुनु दुःखद् रहेको किसानको समेत भनाइ रहेको छ। यसको रिसर्च रोङ गाउँपालिकाबाटै सुरु हुने अध्यक्ष स्याङ्बोको भनाइ छ। पालिकाले हरेक वर्ष एक/दुईवटा उत्पादनलाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको बताउँदै आयात प्रतिस्थापन गर्दै स्वदेशी उत्पादनलाई बढवा दिइने बताइएको छ। तरकारीमा आत्मनिर्भर बनाएर निर्यात गर्ने योजनाका साथ काम बढाइएको बताइएको छ। 

चालु वर्षको नीति कार्यक्रममा गाउँपालिकाले गुन्द्रुक प्रवर्द्धनका लागि ब्रान्डिङ र प्याकेजिङ गर्न तीन लाख, बीउका लागि दुई लाख, प्रतिकिलो अनुदानका लागि तीन लाख रुपैयाँ र गुन्द्रुक उत्पादनमा प्रतिस्पर्धा गरी उत्कृष्ट सहकारीलाई पुरस्कृत गर्न दुई लाख विनियोजन गरेको छ। उत्पादनपश्चात सहकारीमार्फत सहज सञ्चालन गराउन एउटा कार्यविधि तयार हुँदै गरेको छ। विश्लेषणसहित गुन्द्रुकको ‘रणनीतिक व्यापार कार्य योजना’ तयार हुँदै गरेको बताइएको छ। 
 
उत्पादन अगाडिको अनुदानलाई निरुत्साहित गर्दै जनता र स्थानीय सरकारबीच साझेदारीपछि कृषि तथा पशुपालन कार्यक्रम सञ्चालन गरिनेछ। किसानको उत्पादन सहकारीले खरिद गर्ने वातावरणको विकास गर्नुका साथै अनिवार्य कृषि, पशु बीमा लागू गर्ने अध्यक्ष स्याङ्बोको भनाइ छ।


प्रकाशित : बिहीबार , फागुन ४ २०७९१२:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend