बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

पर्यटनमन्त्री किराती भन्छन् – पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि कुटनीतिक पहल भइरहेको छ

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन ४ २०७९
पर्यटनमन्त्री किराती भन्छन् – पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि कुटनीतिक पहल भइरहेको छ

पोखरासँग भगिनी सम्बन्ध कायम भएका चीनका विभिन्न सहरसहित भारतका अन्य सहरमा सिधा उडानका लागि छलफल भइरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले बताएका छन्।

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थबाट अन्तर्राष्ट्रिय उडान छिट्टै सुरु गरिने बताएका छन्। 

पोखरा विमानस्थलमा आज प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिले आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री किरातीले पोखरादेखि सिधै अन्तर्राष्ट्रिय हवाई सम्पर्कका लागि चौतर्फी पहल भइरहेको जानकारी दिए। 

उनका अनुसार छिमेकी देशमा उडान गर्न कूटनीतिक तवरबाट पहल भइरहेको छ। पोखरासँग भगिनी सम्बन्ध कायम भएका चीनका विभिन्न सहरसहित भारतका अन्य सहरमा सिधा उडानका लागि मन्त्रालयले छलफल गरिरहेको उनले बताए। 

‘पोखरादेखि सिधै अन्तर्राष्ट्रिय हवाई सम्पर्कका लागि चौतर्फी पहल गरेका छौँ,’ मन्त्री किरातीले भने,‘यही मितिदेखि भनेर भन्न नसके पनि अत्यधिक कोसिस मन्त्रालयले गरिरहेको छ, हाम्रोतर्फबाट यथाशक्य चाँडो गर्नुपर्दछ भन्ने धारणा छ।’

उनले नागरिक उड्डयन प्राधिकरणलाई पोखरा विमानस्थल कसरी चलाउन सकिन्छ भनेर कार्ययोजना ल्याउन आफूले निर्देशन दिएको बताए। उनले भने, ‘यति राम्रो विमानस्थललाई सम्पूर्णरुपले सदुपयोग गर्न चाँडै सफल हुने विश्वास छ।’ 

गत पुस १७ गते भव्य उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हाल आन्तरिक उडान मात्र भइरहेका छन्। यहाँका पर्यटन व्यवसायीको छिटो अन्तर्राष्ट्रिय उडान सुरु गर्न माग छ। 


प्रकाशित : बिहीबार , फागुन ४ २०७९०९:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend