सोमबार, वैशाख १७ गते २०८१    
images
images

वाणिज्य विभागमा बिचौलियाको काम गरी सेवाग्राहीलाई दु:ख दिएको अभियोगमा तीनजना पक्राउ 

images
images
images
वाणिज्य विभागमा बिचौलियाको काम गरी सेवाग्राहीलाई दु:ख दिएको अभियोगमा तीनजना पक्राउ 
images
images

काठमाडौं- काठमाडौं बबरमहलस्थित वाणिज्य विभागमा आउने सेवाग्राहीलाई काम छिटो छरितो गरीदिन्छु भनि रकम माग गरी दु:ख दिएको भन्दै प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। 

images
images
images

बिचौलियाको काम गरी सर्वसाधारणलाई दु:खहैरानी दिने काममा संलग्न रहेको अभियोगमा उनीहरूलाई बुधबार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ। 

images

पक्राउ पर्नेहरूमा उदयपुर ताप्लिङ गाउँपालिका-५ घर भइ काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-९ बस्ने ५१ वर्षीय क्षेत्र बहादुर खड्का, रामेछाप रामेछाप नगरपालिका-९ घर भइ भक्तपुर सूर्यबिनायक नगरपालिका-२ बस्ने ३४ वर्षीय राज लामा र उदयपुर ताप्लिङ गाउँपालिका-५ घर भइ भक्तपुर मधयपुर ठिमी नगरपालिका-१ बस्ने २९ वर्षीय निरज बुढाथोकी रहेका छन्।

images

विशेष सूचनाको आधारमा प्रहरी वृत्त सिंहदरबारबाट खटिएका प्रहरीले सोधपुछ गर्ने क्रममा उल्टै प्रहरी कर्मचारीसँग विवाद तथा हो-हल्ला गरी अशान्ति सिर्जना गरेपछि उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

images
images

उनीहरूउपर अभद्र व्यवहार गर्न नहुनेसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिइ प्रहरी वृत्त सिंहदरबारबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

 

images

प्रकाशित : बिहीबार , फागुन ४ २०७९०७:०३

प्रतिक्रिया दिनुहोस