बिहीबार , चैत १४ गते २०८१    
बिहीबार , चैत १४ २०८१
images
images

स्थानीय निकायले ध्यान नदिँदा सिन्धुलीमा जडीबुटी मासिँदै

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन ४ २०७९
images
images
स्थानीय निकायले ध्यान नदिँदा सिन्धुलीमा जडीबुटी मासिँदै

साल, खयर, बर्रो, जामुन, कर्मा, चाप, तेजपातजस्ता महत्वपूर्ण रुख प्रजाति र चिराइतो, जिवन्ती, पाखनवेद, अमला, हर्रो, टिमुर, सिकाकाइ, कुरिलो, लोक्ता तीतेपातीजस्ता जडीबुटी महाभारत शृङ्खलाका २५ बढी ठाउँमा पाइन्छन्।

images
images

कमलामाई (सिन्धुली)- स्थानीयस्तरमा भएका बहुमूल्य जडीबुटी मासिँदै गएका छन्। संरक्षण र प्रवर्द्धनमा स्थानीय तह तथा सरोकारवाला निकायले ध्यान नदिँदा जडीबुटी मासिँदै गएका हुन्। 

images
images

वनजङ्गल तथा गाउँघरमा उपलब्ध जडीबुटी सही ढङ्गले संकलन र प्रशोधनको अभावमा उपयोगविहीन बनेका छन्। जडीबुटी संकलन र प्रशोधनका लागि सीप तथा प्रविधिको अभावका साथै स्थानीयमा ज्ञान र चेतनाको पनि कमी भएको कमलामाई नगरपालिका-५ सिलामेकी भीमकुमारी थापामगर बताउँछिन्। सिन्धुलीमाडीमा ३० वर्षदेखि जडीबुटी बेच्दै आएकी उनी भन्छिन्, ‘बहुमूल्य जडीबुटी गाई, भैँसीलाई घाँस र स्याउलाको रुपमा प्रयोग भइरहेका छन्। महाभारत क्षेत्रमा सिस्नो, चिराइतो, पाखनभवेद, भुर्केस, हर्रो, बर्रोलगायत जडीबुटी त्यसै खेर गइरहेका छन्।’ 

images
images

जिल्लामा भएका जडीबुटी संकलन र प्रशोधन नहुँदा महँगो मूल्यमा बाहिरीबाट किनेर बिक्री गर्नुपरेको थापामगर बताउँछिन्। स्थानीय जडीबुटीको महत्व बुझाउन नसक्दा र यससम्बन्धी स्थानीयमा ज्ञानको अभाव हुँदा जडीबुटी संरक्षणविहीन अवस्थामा छन्। 

images
images

महाभारत तथा चुरे क्षेत्रमा प्रशस्त मात्रामा पाइने जडीबुटी जथाभावी संकलन गर्दा बीउ नै मासिँदै गएको छ। जथाभावी जडीबुटी संकलन गरी सदरमुकाम सिन्धुलीमाढीसम्म ल्याई दुई/चार सय आम्दानी लिए पनि व्यवस्थितरुपमा संकलन भने हुन सकेको छैन। ‘स्थानीय तह र सम्बन्धित निकायले जडीबुटी संकलन, प्रशोधन र संरक्षणमा ध्यान दिनसके आयस्तर बढाउन टेवा पुग्ने थियो’, उनले भनिन्। 

सिन्धुली प्राकृतिक जडीबुटी र वनस्पतिले धनी छ। उत्तरी महाभारत शृङ्खला, चुरे, भित्री मधेस तथा बेँसी र खोच क्षेत्रमा  भौगोलिक तथा वातावरणअनुसार फरक-फरक प्रजातिका जडीबुटी पाइन्छन्। यसको अव्यवस्थित संकलन र चोरी तस्करी हुने गरेको छ।
 
डिभिजन वन कार्यालयका अनुसार जिल्लामा एक सय तीसभन्दा बढी प्रजातिका बहुमल्य जडीबुटी पाइन्छन्। साल, खयर, बर्रो, जामुन, कर्मा, चाप, तेजपातजस्ता महत्वपूर्ण रुख प्रजाति र चिराइतो, जिवन्ती, पाखनवेद, अमला, हर्रो, टिमुर, सिकाकाइ, कुरिलो, लोक्ता तीतेपातीजस्ता जडीबुटी महाभारत शृङ्खलाका २५ बढी ठाउँमा पाइन्छन्। यसको निकासी तथा प्रशोधनमा राज्य र निजी क्षेत्रले चासो नदिँदा बर्सेनि मूल्यवान् जडीबुटी खेर जाने गरेको छ। 

स्थानीय तहसँग जडीबुटी संरक्षण र व्यवस्थापनसम्बन्धी कुनै योजना तथा कार्यक्रम छैन। औषधिजन्य चिराइतो, सिनकौली, लोठसल्लाजस्ता विभिन्न प्रजातिका जडीबुटी तथा वनस्पति गोलञ्जोरमा प्रशस्त मात्रामा पाइने भए पनि यसको उचित संकलन र व्यवस्थापन अझैसम्म हुन नसकेको गाउँपालिका अध्यक्ष शंकरराज बराल स्वीकार्छन्। जिल्ला समन्वय समिति, सिन्धुलीकी उपप्रमुख शान्ता कार्कीले जडीबुटीसम्बन्धी चेतना स्थानीयवासीसम्म पुर्‍याउन नसकिएको बताए। ज्ञानको अभावमा आफ्नो घर, आँगनमा भएका औषधिजन्य जडीबुटी खेर जाने गरेको उनको भनाइ छ। रासस


प्रकाशित : बिहीबार , फागुन ४ २०७९०५:५४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend