बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

फागुन लागेसँगै पुनः तरलता संकट, अन्तरबैंक ब्याजदरमा दोबर वृद्धि

बिहीबार , फागुन ४ २०७९
फागुन लागेसँगै पुनः तरलता संकट, अन्तरबैंक ब्याजदरमा दोबर वृद्धि

काठमाडौं- फागुन लागेसँगै बैंकिङ प्रणालीको तरलता अभाव देखिएको छ। जसका कारण अन्तरबैंक ब्याजदर चार प्रतिशतबाट सतप्रतिशत वृद्धि हुँदै आठ प्रतिशत पुगेको छ।

राष्ट्र बैंकका अनुसार अल्पकालीन ब्याजदरमा आएको वृद्धिले वित्तीय प्रणालीमा तरलता अभावको समस्या गहिरिँदै गएको देखिएको छ। वित्तीय प्रणालीमा ५३ खर्ब ८० अर्ब निक्षेप पुगेको छ। अहिले निक्षेप घट्दो ट्रेण्डमा रहेको छ। 

गत पुस र माघमा अल्पकालीन ब्याजदर घटेको थियो भने बैंकहरूले पनि निक्षेपको ब्याजदर घटाएका थिए। फागुन महिना लागेपछि मात्रै अन्तरबैंक दर ४ प्रतिशतबाट बढेर ८.५ प्रतिशत पुगेको छ। 

फागुन महिना लागेसँगै अन्तर बैंक कारोबारदर करिब दोबरले बढेको छ भने रिपोको ब्याजदर समेत करिब १ प्रतिशतको बिन्दुले बढेको छ। 

बैंकिङ प्रणालीमा निक्षेप पनि विस्तारै बढ्दै गएको र केन्द्रीय बैंकले पनि तरलता व्यवस्थापनका लागि दीर्घकालीन र अल्पकालीन उपकरणहरूको प्रयोग बढाएसँगै तरलताको अवस्था सहज देखिएको थियो। बुधबार मात्रै बैंकहरूले राष्ट्र बैंकबाट स्थायी तलता सुविधा (एसएलएफ) वापत एक अर्ब ५० करोड रुपैयाँ लिएका छन्। 

मंगलबार बैंकिङ प्रणालमिा रिपो मार्फत १४ दिनका लागि ३० अर्ब रुपैयाँ पठाएको छ। उक्त रिपोका लागि बैंकहरूले ५० अर्ब १५ करोड रुपैयाँ बराबरको माग गर्दै आवेदन दिएका थिए। त्यसका लागि २२ संस्थाले ९१ वटा आवेदन गरेको केन्द्रीय बैंकले जनाएको छ। उक्त रिपोका लागि बैंकहरूले अधिकतम ८.६५ र न्यूनतम ७.८० प्रतिशतसम्मको ब्याजदर अफर गरेका छन्। यसको औसत ब्याजदर ८.३७४५ प्रतिशत कायम भएको राष्ट्र बैंकले जनाएको छ।

diposit.JPG

पुसमा बढेको निक्षेप माघमा घट्यो

नेपाल बैंकर्स संघका अनुसार पुस महिनामा बैंक तथा वित्तीय संस्थामा १ खर्ब रुपैयाँभन्दा धेरै निक्षेप थपिएको थियो। तर बैंक तथा वित्तीय संस्थामा आउने निक्षेप माघ महिनामा घट्यो।

चालु आर्थिक वर्षको पुस महिनामा वाणिज्य बैंकहरूको निक्षेप संकलन ९४ अर्ब रुपैयाँले बढेको थियो। आर्थिक वर्षको सुरुवातदेखि नै खासै धेरै निक्षेप बढ्न नसकेको भए पनि पुसमा ह्वातै बढ्यो। मंसिर मसान्तसम्ममा ४६ खर्ब २३ अर्ब रुपैयाँ रहेको बैंकहरूको निक्षेप संकलन पुस अन्तिमसम्ममा ४७ खर्ब १७ अर्ब रुपैयाँ पुगेको थियो।

माघ लागेपछि भने बैंकहरूको निक्षेपमा ठुलो वृद्धि देखिँदैन। सामान्य रुपमा निक्षेप आइरहेको भएपनि पुसको तुलनामा निक्षेपका वृद्धिदर खुम्चिएको छ। माघ २९ गतेको तथ्याङ्क अनुसार माघमा २५ अर्ब रुपैयाँले मात्रै निक्षेप थपिएको छ। २९ गतेसम्ममा वाणिज्य बैंकहरूको कुल निक्षेप ४७ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको छ।


प्रकाशित : बिहीबार , फागुन ४ २०७९०५:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend