शनिबार, वैशाख २९ गते २०८१    
images
images
नेपाल-भारत ऊर्जा सचिवस्तरीय बैठक

भारतले बिजुली निर्यातको कोटा नथपे बर्सातमा ५ सय मेगावाट बिजुली खेर जाने

images
images
images
भारतले बिजुली निर्यातको कोटा नथपे बर्सातमा ५ सय मेगावाट बिजुली खेर जाने
images
images

काठमाडौं- भारतले बिजुली खरिदको कोटा वृद्धि नगरे आगामी बर्सातमा दैनिक झन्डै पाँचसय मेगावाट बिजुली खेर जाने भएको छ। हाल भारतले केही आयोजनाबाट ४ सय ५२ मेगावाट बिजुली मात्रै नेपालबाट निर्यातको अनुमति दिएको छ। सोही अनुमतिअनुसार नेपाल विद्युत प्राधिकरणले गएको जेठदेखि पुससम्म बिजुली निर्यात गरेको थियो। 

images
images
images

जसबाट प्राधिकरणले ११ अर्ब रुपैयाँ आम्दानी गरेको थियो। चालु आर्थिक वर्षमा थप ८ सय मेगावाट बिजुली जोडिने अनुमान गरिएको छ। नेपालमा जाडो यामको पिक आवरमा १६ सय मेगावाट बिजुलीसम्म खपत भएको छ। गर्मी समयमा आन्तरिक खपत कम हुने भएकोले पनि प्राधिकरणले भारततर्फ एक हजार मेगावाट बिजुली निर्यातको विकल्प छैन।

images

चालु आर्थिक वर्ष सुरु भएयता अहिलेसम्म निजी लगानीका १६ आयोजना पूरा भइ केन्द्रीय प्रसारण प्रणालीमा ३ सय १६ मेगावाट बिजुली थपिएको छ। सरकारले चालु आर्थिक वर्षभित्र ८ सय मेगावाट बिजुली थप गरी जडित क्षमता ३ हजार मेगावाट पुर्‍याउने लक्ष्य लिएको छ।

images

हालसम्म जडित क्षमता बढेर २ हजार ४ सय मेगावाट पुगेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। हालसम्म तीन सोलार आयोजना पूरा भइ १० मेगावाट ऊर्जा उत्पादन भएको छ। बाँकी १४ आयोजनाबाट ३ सय ६ मेगावाट बिजुली थप भएको प्राधिकरणले जनाएको छ।

images
images

अहिले भएको ४ सय ५२ मेगावाटमा थप ५ सय मेगावाट निर्यात नभएमा बिजुली खेर जाने निश्चित छ। ३ हजार मेगावाटमा कम्तीमा १ हजार मेगावाट बिक्री गर्नुपर्ने भएकोले सरकारले पनि अहिले थप ५ सय मेगावाटका लागि प्रस्ताव गरिरहेको छ। ‘बिजुली नेपालमा खपत बढाउने र बाँकी निर्यात गर्ने मुख्य ध्यान हो, भारतसँग विभिन्न आयोजनाका बिजुली खरिदका लागि प्रस्ताव गरेका छौँ,’ विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने। अहिले पनि विभिन्न चरणमा कुराकानी भइरहेकोले थप ५ सय मेगावाट बिजुली निर्यातका लागि छलफल भइरहेको घिसिङले जानकारी दिए। 

नेपालको राष्ट्रिय प्रसारण लाइनमा कुल जडित क्षमता करिब २४ सय ३० मेगावाट रहेको रहेको छ। जसमा निजी क्षेत्रको योगदान १७ सय मेगावाट रहेको छ।

निजी क्षेत्रका उत्पादकहरूले गत वर्ष पनि दुई अर्ब रुपैयाँको बिजुली खेर गएको र आगामी वर्ष पनि निर्यात नबढाएमा अर्बौं रुपैयाँको बिजुली खेर जाने स्वतन्त्र ऊर्जा उत्पादक संघ (इपान) का अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए। ‘निर्यात बढाउनुको विकल्प छैन, सबै पक्ष यसमा गम्भीर हुन आवश्यक छ,’ आचार्यले भने। हाल निजी क्षेत्रको मात्रै १२ खर्ब लगानी भइसकेकोसमेत अध्यक्ष आचार्यले बताए। 

नेपाल र भारत वार्ताले ढोका खोल्ने आशा

नेपाल र भारतको ऊर्जासचिवस्तरीय संयुक्त निर्देशक समिति (जोइन्ट स्टेयरिङ कमिटी) को बैठक फेब्रुअरी १७ र १८ (आज ५ र भोलि ६ गते) बस्दैछ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवालका अनुसार जोइन्ट स्टेयरिङ कमिटीको दशौँं बैठक भारतमा बस्ने तय भएको हो।  

दुई देशका सहसचिवस्तरीय संयुक्त कार्यदल (जोइन्ट वर्किङ ग्रुपमा) र फेब्रुअरी १८ मा जोइन्ट स्टेयरिङ कमिटीको बैठक बस्ने भेटुवालले जानकारी दिए। बैठकमा मुख्यगरी दुई देशको ऊर्जा सहकार्य, अन्तरदेशीय विद्युत् व्यापार, अन्तरदेशीय प्रसारणलाइन पूर्वाधार निर्माणलगायतका विषयमा छलफल हुनेछ। त्यस्तै दुई देशबीच दीर्घकालीन विद्युत् व्यापार सम्झौता (लङ टर्म पावर पर्चेज एग्रिमेन्ट) को विषय पनि यो बैठकको प्राथमिकतामा छ’, प्रवक्ता भेटुवालले भने।

हाल ६ सय मेगावाटसम्म बिजुली निर्यात गर्ने अनुमति पाएको ढल्केबर-मुजफ्फरपुर चार सय केभी अन्तरदेशीय प्रसारणलाइनबाट थप विद्युत् पठाउने विषय पनि यो बैठकमा नेपालले राख्नेछ। त्यस्तै, चार सय केभी नयाँ बुटवल-गोरखपुर, दुहबी-पूर्णिया र लम्की-बरेली अन्तरदेशीय प्रसारणलाइनका बारे पनि छलफल हुनेछ।

भारतमा विद्युत् निर्यात गर्न नेपाल विद्युत् प्राधिकरणले पेस गरेका आयोजनालाई स्वीकृति दिने विषयलाई नेपालले भारतसँग आग्रह गर्नेछ। दोस्रो अन्तरदेशीय नयाँ बुटवल-गोरखपुर चार सय केभी प्रसारणलाइन निर्माणको प्रगति र भारतीय कम्पनी सतलज जलविद्युत् निगमले नेपालमा बनाइरहेको विद्यु्त् आयोजनाको प्रगतीबारे पनि छलफल हुने उनको भनाइ छ।

नयाँ बुटवल-गोरखपुर अन्तरदेशीय प्रसारण निर्माणको काम नेपाल विद्युत् प्राधिकरण र भारतीय कम्पनी पावर ग्रीड कर्पोरेसन अफ इण्डिया लिमिटेडको संयुक्त उपक्रममा बनेको कम्पनीबाट अघि बढाउने गरी दुई देशबीच सहमति भइसकेको उनको भनाइ छ। 

images

प्रकाशित : शुक्रबार, फागुन ५ २०७९०४:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend