बिहीबार , वैशाख १३ गते २०८१    
images
images

५० करोड लगानीमा एसटीसी ग्रुपले नेपालमै थाल्यो ब्याट्री उत्पादन, ईभीका लागि लिथियम आयन ब्याट्री बनाउने योजना

दुईपांग्रेको ब्याट्री उत्पादन थालेको र तीन महिनाभित्र सबै ब्याट्री बन्ने

images
images
images
५० करोड लगानीमा एसटीसी ग्रुपले नेपालमै थाल्यो ब्याट्री उत्पादन, ईभीका लागि लिथियम आयन ब्याट्री बनाउने योजना

आन्तरिक परीक्षण सफल भएपछि एसटीसीले पहिलो चरणको उत्पादन बजारमा पठाएको कम्पनीले जनाएको छ। 

images
images

काठमाडौं- नेपालमा पहिलोपटक सवारीसाधनमा प्रयोग हुने ब्याट्री उत्पादन सुरु भएको छ। आयातमै निर्भर रहेको ब्याट्री अब स्वदेशमै उत्पादन हुन थालेको हो। ब्याट्री उत्पादनका लागि एसटीसी ग्रुपले हेटौँडा औद्योगिक क्षेत्रमा उद्योग स्थापना गरेको छ। 

images
images
images

विभिन्न ब्रान्डका सवारीजन्य पार्टपूर्जाको व्यवसाय गर्दै आएको 'श्री एसटीसी समूह'ले पहिलोपटक नेपालमै उद्योग स्थापना गरेर ब्याट्री उत्पादन थालेको हो। समूहले हेटौँडा औद्योगिक क्षेत्रमा उद्योग स्थापना गरेर सुरुवाती चरणमा मोटरसाइकल तथा स्कुटरमा प्रयोग हुने ब्याट्रीको परीक्षण उत्पादन सफल भएपछि बजारमा पठाउन थालेको छ। 

images

एसटीसी ग्रुपअन्तर्गतको एसटीसी इनर्जी इन्डस्ट्रिज प्रालि कबिर एक वर्षअघि देखि ब्याट्री उत्पादन गरेर परीक्षण गर्दै आएको थियो। आन्तरिक परीक्षण सफल भएपछि एसटीसीले पहिलो चरणको उत्पादन बजारमा पठाएको कम्पनीले जनाएको छ। 

images

यसअघि नेपाली बजारमा सुकामका ब्याट्री सामान्य रुपमा एसेम्बल हुँदै आएको थियो। तर एसटीसी इनर्जीले भने कच्चा पदार्थ आयात गरेर सबैजसो आवश्यक वस्तु नेपालमै उत्पादन गरिरहेको छ।

images
images

सवारीसाधन उत्पादन हुन नसकेको नेपालमा टायरपछि ब्याट्री उत्पादन हुनुले नयाँ आयाम थपेको छ। हालसम्म नेपालमा मोटरसाइकल एसेम्बल गर्दा भारतबाट तयारी पार्टस् आयात गरेर जोडजाड गरेर बिक्री गर्ने काम भइरहेको छ। मोटरसाइकल एसेम्बल गर्दा नेपालमै बनेका कुनै पनि कम्पोनेन्ट प्रयोग हुन सकेको छैन। 

नेपाली बजारमा ब्याट्रीको माग बढ्दै गएको र त्यसमा स्वदेशी उत्पादन किन गर्न सकिँदैन भनेर एसटीसी समूहले लामो अध्ययन गरेर ब्याट्री उत्पादन उद्योग खोल्ने निष्कर्षमा पुगेको एसटीसी आवद्ध एक व्यवसायीले बताए।

‘ब्याट्रीको माग बढ्दै गएको र त्यसमा स्वदेशी उद्योगको योगदान किन हुन सक्दैन भनेर हामीले धेरै छलफल, अध्ययन र परीक्षणपछि उद्योग स्थापना गर्ने निर्णय गरेर लगानी गरेका हौँ,’ ती उद्योगीले भने, ‘प्रारम्भिक चरणमा हामीले ब्याट्री उद्योगमा ५० करोड रुपैयाँ लगानी गरेका छौँ।’ सुरुवाती चरणमा दुईपांग्रे सवारीका लागि चाहिने ब्याट्री उत्पादन गरेर बजारमा पठाएको र आगामी तीन महिनाभित्र कार, जिप तथा भ्यान र अन्य सवारीका लागि चाहिने ब्याट्री बजारमा आउने कम्पनीले जनाएको छ। 

हाल उत्पादन भएका ब्याट्री प्राविधिक रुपमा सक्षम देखिएको र बजारमा ट्रायल भइरहेको छ। बजारले सम्पूर्ण रुपमा स्वीकार गरेकाले अबको केही समयभित्र मास उत्पादन गरिने कम्पनीले जनाएको छ। मास उत्पादनमा गएपछि क्षेत्रगत रुपमा बजार विस्तारलाई तीब्रता दिइने छ।  

एसटीसी इनर्जी इन्डस्ट्रिजले उत्पादन गरेको ब्याट्रीको ब्रान्ड ‘राइड’ रहेको छ। कम्पनीले हाल विभिन्न ९ प्रकारको क्षमता भएका ब्याट्री बजारमा पठाएको छ। राइड ब्याट्री १२ भोल्ट-२.५ एएचदेखि १२ भोल्ट-१४ एएचसम्म क्षमतामा उत्पादन भइरहेको छ। यी ब्याट्रीको सुरुवाती होलसेल मूल्य ११ सय ५७ रुपैयाँदेखि ५ हजार ४ सय ५१ रुपैयाँसम्म तोकिएको छ। सबै ब्याट्रीमा कम्पनीले ३ वर्षको वारेन्टी उपलब्ध गराएको छ। 

लिथियम आयन ब्याट्री उत्पादन गर्ने योजना

दुईपांग्रे सवारीका लागि आवश्यक पर्ने ब्याट्रीबाट उत्पादन सुरु गरेको एसटीसी इनर्जी इन्डस्ट्रिजले ठूला सवारीका ब्याट्री हुँदै इनभर्टरसहित विद्युतीय सवारीका लागि चाहिने लिथियम आयन ब्याट्रीसम्म उत्पादन गर्ने लक्ष्य लिएको छ। ठूला सवारी र इनभर्टरका लागि आवश्यक पर्ने ब्याट्री उत्पादन गरेर बजारमा पठाइसकेपछि कम्पनीले लिथियम आयन ब्याट्री उत्पादनको तयारी सुरु गर्ने योजना रहेको कम्पनीले जनाएको छ। 

विद्युतीय सवारीको आयात बढ्दो क्रममा रहेको र नेपालमै पनि लिथियम आयन ब्याट्रीको माग बढ्दै जाने भएकाले त्यसको उत्पादन उपयुक्त हुने देखिएको छ। विद्युतीय सवारीको ब्याट्री निश्चित समयपछि धेरथोर फेर्नुपर्ने हुन्छ। त्यस्ता ब्याट्री विदेशबाटै आयात गर्नुपर्ने हुन्छ। तर कच्च पदार्थ आयात गरेर नेपालमै उत्पादन गर्दा उपभोक्तालाई पनि फाइदा हुने र सहज रुपमा उपलब्ध हुने विश्वास कम्पनीको छ। 

लिथियम आयात ब्याट्री उत्पादन प्रक्रिया केही जटिल भएपनि एसटीसी ग्रुपले त्यसबारे अध्ययन सुरु गरिसकेको छ। कच्चा पदार्थको उपलब्धता, लिथियम आयन ब्याट्रीका उत्पादन प्रक्रिया, त्यसको गुणस्तरलगायतको विषय उच्च प्राथमिकतामा रहेको कम्पनीको भनाइ छ।

एसटीसी ग्रुपले हाले सीईएट ब्रान्डका टायर, एएसके ब्रान्ड, भ्यारोकलगायत विभिन्न ब्रान्डका पार्टसको आधिकारिक बिक्रेताको रुपमा बिक्री गर्दै आएको छ। एसटीसी ग्रुपअन्तर्गत एसटीसी बिजनेस लिंक, श्री कलस अटो प्रालि, श्री एसटीसी प्रालि र एसटीसी अटो प्रालि कम्पनी रहेको छन्। 

images

प्रकाशित : बिहीबार , फागुन ४ २०७९०१:४७

प्रतिक्रिया दिनुहोस