आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

कञ्चनजंघा क्षेत्रमा पर्यटन व्यवसाय लयमा फर्कँदै

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन ३ २०७९
images
कञ्चनजंघा क्षेत्रमा पर्यटन व्यवसाय लयमा फर्कँदै

'कोरोनाका कारण लामो समयसम्म यहाँ पर्यटकको आगमन हुनसकेको थिएन। पर्यटन व्यवसायी निराश भएका थिए। पहिल्लो समय पर्यटक आगमनले व्यवसायी उत्साहित भएका छन्'

images
images

फुङ्लिङ- विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा क्षेत्रमा पर्यटन व्यवसाय विस्तारै लयमा फर्कँदै छ। यहाँ चार महिनामा चार सय ३९ बाह्य पर्यटकले भ्रमण गरेका छन् । पर्यटकको आगमन बढ्दै गएको छ।

images
images
images

कोभिड-१९ का कारणले लामो समय सुनसानजस्तै रहेको कञ्चनजंघा हिमशृङ्खला क्षेत्रमा पर्यटकीय चहलपहल बढ्दै गएको छ।

images
images

कञ्चनजंघा संरक्षण तथा व्यवस्थापन परिषद्का कार्यालयका सचिव मनकुमार लिम्बूका अनुसार यहाँ बसोबास गर्ने समुदायको मुख्य आम्दानीको स्रोत पर्यटन हो। पर्यटकको आगमनले पर्यटन तथा होटल व्यवसायी उत्साहित भएका उनी बताउँछन्। पर्यटकलाई लक्षित गरेर कञ्चनजंघा हिमाल जाने पदमार्गमा साना-ठूला लगानीका ५२ होटल सञ्चालनमा छन्।

images
images

फक्ताङलुङ गाउँपालिका-६ ग्याप्लामा सात करोड रुपैयाँभन्दा बढीको लगानीमा बनेको सिङ्गी नामजोङ होटल सञ्चालनमा छ। समुद्र सतहबाट तीन हजार पाँच सय मिटरदेखि चार हजार पाँच सय मिटर उचाइमा एक करोड रुपैयाँभन्दा बढी लगानीमा बनेका चार होटल सञ्चालनमा रहेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को कार्यालयका कार्यक्रम सहायक संयोजक जितेन चेम्जोङले जानकारी दिए।

'कोरोनाका कारण लामो समयसम्म यहाँ पर्यटकको आगमन हुनसकेको थिएन। पर्यटन व्यवसायी निराश भएका थिए। पहिल्लो समय पर्यटक आगमनले व्यवसायी उत्साहित भएका छन्', घुन्साका होटल व्यवसायी पेमा शेर्पाले भने।

आर्थिक वर्ष २०७६/७७ मा तीन सय ८६ पुरुष र एक सय ८६ महिला विदेशी पर्यटक कञ्चनजंघा क्षेत्रमा आएको परिषद्को तथ्याङ्कमा उल्लेख छ। दक्षिण एशियाली मुलुकबाट २५ पुरुष र चार महिला पर्यटक यहाँ आएका थिए। विसं २०५६ मा सात सय ९९ विदेशी पर्यटक घुमघाम गर्न आएको तथ्याङ्क छ। विसं २०५७ मा आठ सय ७३ तथा २०५७ देखि २०७७ सालसम्म ११ हजार एक सय ९७ विदेशी पर्यटकले कञ्चनजंघा हिमालको अवलोकन गरेको परिषद्ले जनाएको छ।

कञ्चनजंघाको आधार शिविर पुग्न दुई पदमार्ग प्रयोग गरिँदै आएको छ। पाँचथरको गणेशचोक हुँदै ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका भएर पर्यटक कञ्चनजंघा हिमालको आधार शिविर पुग्छन्। काठमाडौंबाट हवाईमार्ग भएर ताप्लेजुङको सुकेटर विमानस्थलसम्म हुँदै फक्ताङलुङ गाउँपालिकाको बाटो प्रयोग गरी कञ्चनजंघाको आधार शिविर पुगिन्छ। यहाँ आउजाउ गर्ने पर्यटकको विवरण परिषद्ले राख्ने गरेको छ। रासस


प्रकाशित : बुधबार, फागुन ३ २०७९०३:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend