मंगलबार, वैशाख ३० गते २०८२    
मंगलबार, वैशाख ३० २०८२
images
images

अधिकांश कम्पनीले बोनस सेयर घटाएर नगदमा केन्द्रित हुँदा कुन कम्पनीकाे लाभांश कति?

images
मंगलबार, फागुन २ २०७९
images
अधिकांश कम्पनीले बोनस सेयर घटाएर नगदमा केन्द्रित हुँदा कुन कम्पनीकाे लाभांश कति?
images
images

काठमाडौं- गत आर्थिक वर्षको नाफाबाट अधिकांश कम्पनीले लाभांश घोषणा गरिसकेका छन्। यो वर्ष केही लघुवित्त कम्पनीबाहेक अन्य सबै सूचीकृत कम्पनीहरूले बोनस सेयरलाई भन्दा नगद लाभांशमा केन्द्रित भएका छन्। विगतमा चुक्ता पुँजीको दबाब तथा राष्ट्र बैंकले नगद लाभांशमा गरेको कडाइका कारण अधिकांशले बोनस सेयर नै लाभांश बापत दिने गरेका थिए। तर यो वर्ष भने सबैजसो कम्पनीले नगद लाभांश बढी दिएका छन्। 

images
images
images

वाणिज्य बैंक समूहमा सूचीकृत १९ बैंकमध्ये १६ वटाले लाभांश प्रस्ताव गरेका छन्, जसमा चारवटा बैंकको त नगद लाभांश मात्र छ। अघिल्लो वर्षको नाफाबाट सबैभन्दा बढी नबिल बैंकले १८ दशमलव ५ प्रतिशत बोनस सेयर र ११ दशमलव ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। कम लाभांश प्रस्ताव गर्नेमा सेन्चुरी कमर्सियल बैंक छ। प्रभु बैंकसँग मर्ज भएको सेन्चुरीले अघिल्लो आवको नाफाबाट आफ्ना सेयरधनीलाई चार दशमलव ७५ प्रतिशत बोनस र शून्य दशमलव २५ प्रतिशत नगद गरी ५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरिसकेको छ। 

images
images

विकास बैंक समूहमा सूचीकृत १६ कम्पनीमध्ये आठ बैंकले लाभांश प्रस्ताव गरेका छन्। जसमा नगद र बोनस दुवै प्रस्ताव गरेका छन्। सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकले २० प्रतिशत बोनस र १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। कम लाभांश प्रस्ताव गर्ने ज्योति विकास बैंकले ३ प्रतिशत बोनस र ३ दशमलव ८ प्रतिशत नगद गरी ६ दशमलव ८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।

images
images

फाइनान्स समूहअन्तर्गत सूचीकृत १६ मध्ये पाँचवटा कम्पनीले लाभांश प्रस्ताव गरेका छन्। जसमा सेन्टरल फाइनान्सले बोनस सेयर नभई नगद लाभांश मात्र प्रस्ताव गरेको छ। यसपटक सबैभन्दा बढी लाभांश प्रस्ताव गर्नेमा गुहेश्वरी फाइनान्सले ६ दशमलव ५ प्रतिशत बोनस र शून्य दशमलव ३४ प्रतिशत नगद गरी ६ दशमलव ८४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। सबैभन्दा कम लाभांश प्रस्ताव गर्ने कम्पनीमा पोखरा फाइनान्स रहेको छ। कम्पनीले ४ प्रतिशत बोनस र शून्य दशमलव २१ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। 

होटेल तथा पर्यटन समूहअन्तर्गत नेप्सेमा सूचीकृत चार कम्पनीमध्ये दुईवटा तारागाउँ रिजेन्सी होटेल र सोल्टी होटेलले लाभांश प्रस्ताव गरेका छन्। तारागाउँ रिजेन्सीले ८ दशमलव ४२ प्रतिशत नगद लाभांश मात्र प्रस्ताव गरेको छ। जसमा सोल्टी होटेलले ५ प्रतिशत बोनस र २१ दशमलव ३१ प्रतिशत नगद गरी २६ दशमलव ३१ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। यसअघिको वर्षमा यस समूहले लाभांश प्रस्ताव गर्न सकेको थिएन।

जलविद्युत् समूहअन्तर्गत ६३ कम्पनीमध्ये अघिल्लो वर्षको नाफाबाट १७ वटाले लाभांश प्रस्ताव गरेका छन्। जलविद्युत् समूहमा अघिल्लो आर्थिक वर्षको मुनाफाबाट पाँचवटा कम्पनीले नगद लाभांश प्रस्ताव गरेका छन्। यसअघिको वर्षमा प्रस्ताव गरेका १२ वटै कम्पनीले नगद र बोनस दुवै दिएका थिए। रिडी हाइड्रोपावरले सबैभन्दा धेरै ४० प्रतिशत बोनस र २ दशमलव १ प्रतिशत नगद गरी ४२ दशमलव १ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। कम लाभांश प्रस्ताव गर्ने कम्पनीमा राधी विद्युत् कम्पनी र मन्दाकिनी हाइड्रोपावरको पाँच-पाँच प्रतिशत लाभांश प्रस्ताव गरिएको छ।  

उत्पादनमूलक समूहअन्तर्गत अघिल्लो वर्षको नाफाबाट ६ वटा कम्पनीले लाभांश प्रस्ताव गरेका छन्। हिमालयन डिस्टिलरीले ६० प्रतिशत बोनस र १० प्रतिशत नगद गरी ७० प्रतिशत लाभांश प्रस्ताव गरेको छ। कम लाभांश दिनेमा शिवम् सिमेन्टले १० दशमलव ५३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।

लगानीगत समूहअन्तर्गत नेप्सेमा ६ कम्पनी सूचीकृत भए पनि तीन कम्पनीले मात्र लाभांश प्रस्ताव गरेका छन्। जसमा दुईवटा कम्पनीले बोनस नभई नगद मात्र लाभांश प्रस्ताव गरेका छन्। यसअघिको वर्षमा चार कम्पनीले नगद र बोनस दुवै दिएका थिए। हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीले सबैभन्दा धेरै ५ प्रतिशत बोनस र ०.२६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो। त्यसैगरी, कम लाभांश प्रस्ताव गर्नेमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ४ दशमलव २१ प्रतिशत नगद लाभांश रहेको छ। 

नेप्सेमा सूचीकृत ५८ माइक्रो फाइनान्स कम्पनीमध्ये ३७ संस्थाले लाभांश प्रस्ताव गरेका छन्। माइक्रो फाइनान्स समूहको प्रस्ताव गरेका ३७ संस्थामध्ये सबै संस्थाले नगदसहित बोनस सेयर प्रस्ताव गरेका छन्। यसअघिका आर्थिक वर्षमा पनि नगद र बोनस सेयर दुवै दिएका थिए। 

सबैभन्दा धेरै जाल्पा सामुदायिक लघुवित्त वित्तीयले ७३ प्रतिशत बोनस सेयर र तीन दशमलव ८४ प्रतिशत नगद सेयर गरी ७६ दशमलव ८४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। कम लाभांश प्रस्ताव गर्नेमा गुराँस लघुवित्त वित्तीय संस्थाले ४ प्रतिशत बोनस र शून्य दशमलव २१ नगद गरी ४ दशमलव २१ प्रतिशत लाभांश प्रस्ताव गरिएको छ। 

नेप्सेमा सूचीकृत निर्जीवन समूहअन्तर्गत १६ कम्पनीमध्ये १३ कम्पनीले मात्र लाभांश प्रस्ताव गरेका छन्। त्यस्तै, निर्जीवन समूहका १३ कम्पनीले प्रस्ताव गरेकोमध्ये सबैले नगद र लाभांश दुवै प्रस्ताव गरेका छन्।

जसमा सबैभन्दा बढी शिखर इन्स्योरेन्स कम्पनीले १६ प्रतिशत बोनस र शून्य दशमलव ८४ प्रतिशत नगद गरी १६ दशमलव शून्य ८४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। कम लाभांश प्रस्ताव गर्नेमा हिमालयन एभरेस्ट इन्स्योरेन्स कम्पनीले २ दशमलव ७५ प्रतिशत बोनस र शून्य दशमलव १४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। ट्रेडिङ समूहअन्तर्गत नेप्सेमा दुईवटा कम्पनी सूचीकृत भएका छन्।


प्रकाशित : मंगलबार, फागुन २ २०७९०४:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend