बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

साढे २ अर्बको लागतमा विराटनगरमा सुविधासम्पन्न टर्मिनल भवन बन्ने

पर्यटनमन्त्री किरातीले गरे शिलान्यास

सोमबार, फागुन १ २०७९
साढे २ अर्बको लागतमा विराटनगरमा सुविधासम्पन्न टर्मिनल भवन बन्ने

काठमाडौं- साढे २ अर्ब रुपैयाँको लागतमा निर्माण हुन लागेको विराटनगर विमानस्थलको सुविधा सम्पन्न टर्मिनल भवनको शिलान्यास भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले टर्मिलन भवनको शिलान्यास गरेका हुन्।

Fo1OEVYaQAAKExW.jpg

योसँगै विराटनगर विमानस्थलको स्तरोन्नतिको काम सुरु भएको छ। विमानस्थलमा टर्मिनल भवन निर्माणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण विराटनगर विमानस्थल उड्डयन कार्यालयले कम्पनीसमेत छनोट गरिसकेको छ।

टर्मिनल भवनको लागत करबाहेक २ अर्ब ४२ करोड ८ लाख ५६ हजार रुपैयाँ रहेको छ। निर्माणको जिम्मा केसी/डाँफे जेभीले पाएको छ। टर्मिलन भवन १८ सय यात्रु क्षमताको हुनेछ। १६ हजार २ सय ७७ वर्गमिटरमा टर्मिनल भवन बन्ने छ।

Fo1OAITacAIVRFT.jpg

टर्मिनल भवनमा १७ वटा टिकट काउन्टर, २४ वटा पसल, ४ वटा रेष्टुरेन्ट, पत्रकार सम्मेलन कक्ष, ३ वटा भीआईपी कक्ष, बालबालिका खेल्ने, प्राथना कक्ष, स्तनपान कक्ष, ४ वटा प्राइभेट कक्ष, हल लगायतको सुविधा सम्पन्न संरचना बन्ने छ।


प्रकाशित : सोमबार, फागुन १ २०७९०९:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend