सोमबार, वैशाख २४ गते २०८१    
images
images

नाडाको ४६औँ वार्षिक साधारण सभा सम्पन्न

images
images
images
नाडाको ४६औँ वार्षिक साधारण सभा सम्पन्न

स्तरीय प्रदर्शनीस्थल नभएको भन्ने थापाको प्रश्नको जवाफ दिँदै उनले एउटा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनीस्थल निर्माण सम्पन्न हुने अन्तिम चरणमा रहेको समेत स्मरण गराउदै काठमाडौंमा पनि त्यस्तो प्रदर्शनीस्थल निमार्णका लागि प्रयाश गरिने बताए। 

images
images

काठमाडौं- नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपालको ४६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। गएको शुक्रबार उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा सो साधारण सभा काठमाडौंमा सम्पन्न भएको हो। 

images
images
images

सो साधारण सभाका मन्त्री पौडेलले अटोमोबाइल सबैको लागि आवश्यक बन्दै गएको बताएका थिए। उक्त साधारण सभामा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल नेपाल उद्योग परिसंघका कार्यवाहक अध्यक्ष राजेशकुमार अग्रवाल, र नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा बस्तुगत परिषदका सभापति अञ्जन श्रेष्ठ लगायतले आ आफना धारणा राखेका थिए। 

images

आर्थिक समृद्धिको लागि अटोमोबाइल क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण हुने र यस क्षेत्रमा व्यवसायीहरुबाट हुँदै आएको प्रयाश ठूलो उपलब्धिमूलक भएको भन्दै मन्त्री पौडेलले व्यवसायीहरुको प्रशंसासमेत गरे। उनले विद्युतीय सवारीको उपभोग बढाउनुपर्ने र यसका लागि धेरै ठाउँमा चार्जिङ स्टेसन सञ्चालनमा ल्याइने बताए। 

images

स्तरीय प्रदर्शनीस्थल नभएको भन्ने थापाको प्रश्नको जवाफ दिँदै उनले एउटा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनीस्थल निर्माण सम्पन्न हुने अन्तिम चरणमा रहेको समेत स्मरण गराउदै काठमाडौंमा पनि त्यस्तो प्रदर्शनीस्थल निमार्णका लागि प्रयाश गरिने बताए। 

images
images

सभामा बोल्दै उपप्रधान मन्त्री पौडेलले अहिले सवारी साधनहरु विलासिताका वस्तु नभइ आवश्यकताको बस्तु भएको स्पष्ट रुपमा औंल्याउदै कुनै समय मोबाइल फोनलाई पनि विलासिताको वस्तु मानिएको उदाहरण दिँदै अहिले मोबाइल सबैको अनिवार्य बने जसरी समयक्रम अनुसार एक पटकको विलासी वस्तु सधैंको विलासी नहुने धारणा व्यक्त गरे।

यसैक्रममा उनले सवारी साधनलाई विलासी भनिने गरेकोमा आफूहरुको गम्भीर ध्यानाकर्षण भएको समेत बताएका छन्। उनले दु्रत गतिमा विद्युतिय सवारीको उपयोग बढ्नुपर्ने आवश्यकता औंल्याउँदै यसो हुन सकेको खण्डमा इन्धनको लागि विदेशिने ठूलो परिमाणको विदेशी मुद्रा नेपालमा नै रोक्न सकिने समेत बताए। आफूहरु व्यवसायीका सुझाव सम्बोधन गर्न प्रयासरत रहने समेत पौडेले बताएका हुन्।

सो साधारण सभामा नाडाका अध्यक्ष ध्रुव थापाले अटोमोबाइल व्यवसाय अहिले इतिहासकै कमजोर अवस्थामा रहेको र स्थिति अझै सुधार हुन नसकेको बताएका छन्। यस्तो स्थिति सृजना हुनुमा विभिन्न कारणहरु जिम्मेवार रहेको उनको धारणा छ। थापाले सरकारको बुझाईमा अझै पनि अटोमोबाइल क्षेत्र विलासिताको क्षेत्र हुने गरेकोे भए पनि पछिल्ला बर्षहरुमा नेपालमा नै सवारी साधनहरुको एसेम्बलिङ उद्योग खोल्ने कार्यको समेत सुरुवात भइसकेको, ब्याट्री र टायरत्यूव लगायतका सामानहरु नेपाल मै उत्पादन भइरहेको बताउदै अटोमोवाइल स्पेयर पार्टस र एसेसरिजहरु उत्पादनको राम्रो सम्भावना रहेको स्मरण गराए। 

राज्यले दीर्घकालीन नीति ल्याउन सकेको खण्डमा छिमेकी ठूला मुलुकहरु भारत र चीनमा हाम्रो लागि उत्पादित सामान वजारीकरणको लागि नयाँ बजार बन्न सक्ने उल्लेख गर्दै यस क्षेत्रबाट ठूलो मात्रामा राजस्व र रोजगारी पनि सिर्जना गर्न सकिने बताएका थिए। । 

अटोमोबाइल क्षेत्रमा करिब १ खर्ब बढी लगानी भइसकेको छ भने पारदर्शी रुपमा कर तिर्ने व्यवसाय पनि अटोमोवाइल नै रहेको अध्यक्ष थापाले बताए। नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं वस्तुगत परिसदका सभापति अन्जन श्रेष्ठले नेपालको अर्थतन्त्र एवं अटोमोबाइल क्षेत्रको भूमिकालाई बुझेर पनि समाधानको प्रयाश गर्न सरकार तयार नहुने स्थितिप्रति गुनासो गरेका थिए। 

सो साधारण सभाको अवसरमा नाडाले राजधानीको ट्राफिक व्यवस्थापनमा उत्कृष्ट योगदान दिने ४ जना ट्राफिक प्रहरीहरुलाई कदरपत्रबाट सम्मानित गरेको थियो। नाडाका केन्द्रीय कार्य समिति सदस्य अनुप बरालले सञ्चालन गरेको उक्त साधारण सभामा ३४औं अंकको नाडा अटोमोवाइल ट्रेड डाइरेक्टरी २०२३ समेत सार्वजनिक गरिएको थियो। 

images

प्रकाशित : सोमबार, फागुन १ २०७९०८:५३

प्रतिक्रिया दिनुहोस