बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

२५ वर्ष उडेको बुद्ध एयरका बिचक्राफ्ट जहाज नेपाली आकाशबाट विदा भए

सोमबार, फागुन १ २०७९
२५ वर्ष उडेको बुद्ध एयरका बिचक्राफ्ट जहाज नेपाली आकाशबाट विदा भए

जहाजको व्यावसायिक उडानमा लागत बढ्दै गएकाले यसलाई बिक्री गर्ने निष्कर्षमा एयरलाइन्स पुगेको थियो।

काठमाडौं- आन्तरिक उडानको सबैभन्दा ठूलो एयरलाइन्स बुद्ध एयरले पहिलो उडान गरेको २ वटै बिचक्राफ्ट जहाजले नेपाली आकाशलाई विदाई गरेको छन्। अब नेपाली आकाशमा बुद्ध एयरको बिचक्राफ्ट जहाज यात्रु बोक्ने छैनन्।

कम्पनीका अनुसार एक साता अगाडि एउटा र सोमबार विहान  बुद्धको बिचक्राफ्ट जहाजले नेपाली आकाशलाई विदा गर्दै क्यानडा उडेका हुन्। बुद्ध एयरले आफ्नो पहिलो व्यावसायिक उडान गरेको बिचक्राफ्ट जहाज बिक्री गरेसँगै अब बद्धसँग एटीआर जहाज मात्रै भएको छ। २५ वर्ष अगाडि बुद्धले बिचक्राफ्ट  'बी १९०० डी' जहाजबाट उडान सुरु गरेको थियो।

जहाजको व्यावसायिक उडानमा लागत बढ्दै गएकाले यसलाई बिक्री गर्ने निष्कर्षमा एयरलाइन्स पुगेको थियो।

'जहाज पुरानो हुँदैन भने प्रमाण यही हो', कम्पनीले उल्लेख गरेको छ, 'हामीले २५ वर्ष उडान गरेको जहाज क्यानेडिएन कम्पनीले पुनस् व्यवसायी उडान गर्ने गरी खरिद गरेको छ।'

कम्पनीका अनुसार जहाज कहिले पनि पुरानो हुँदैन तर जहाजलाई उडान योग्ग बनाउन भने समय तालिका अनुसानर मर्मत गरिरहनु पर्ने हुन्छ। 

बुद्धले पहिलो जहाज सन् १९९७ सेप्टेम्बर ३० मा ल्याएको थियो।  २५ वर्षमा यी जहाजबाट ७५ हजार अवतरण गरिएको थियो। यसबाट लाखौ यात्रुले सेवा लिएका थिए। नियमित र आवश्यक मर्मतले गर्दा यी जहाजले अहिलेसम्म सेवा दिइरहेको र उडान योग्य रहेको बुद्धले जानकारी दिएको छ।  


प्रकाशित : सोमबार, फागुन १ २०७९०७:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend