आइतबार, वैशाख १६ गते २०८१    
images
images
images
images

जंगल सफारीलगायतका विषयमा निकुञ्जको नीतिमा एकरुपता हुनुपर्छ, क्षेत्रगत रुपमा फरक गर्न पाइँदैन : बसन्त मिश्र

images
images
images
जंगल सफारीलगायतका विषयमा निकुञ्जको नीतिमा एकरुपता हुनुपर्छ, क्षेत्रगत रुपमा फरक गर्न पाइँदैन : बसन्त मिश्र
images
images

नवलपुर- पर्यटन व्यवसायी तथा टेम्पल टाइगर ग्रुप अफ कम्पनीका कार्यकारी अध्यक्ष बसन्त मिश्रले चितवन राष्ट्रिय निकुञ्जको नीतिमा एकरुपता हुनुपर्ने बताएका छन्।

images
images
images

उनले उही विषयमा कुनै क्षेत्रमा एकथरी र अर्को क्षेत्रमा अर्को नीति हुन नहुने माग गरेका छन्। 'पर्यटकका लागि राष्ट्रिय निकुञ्ज खुला गर्ने बेलामा सबैतिर एकैचोटी खुला गर्नु पर्दछ। अहिले असमानता गरिएको छ। चितवनको पूर्वदेखि पश्चिमसम्म निकुञ्जमा एउटै नीति हुनुपर्छ। कर्मचारीको लहडका भरमा नीति र विभिन्न किसिमको नियम निर्धारण गरिनु प्रत्युत्पादक हुन्छ र हुनेछ', मिश्रले भने।

images

साना होटेललाई घरवास समितिमार्फत सवारी साधन राख्न दिनुपर्ने उनले जनाएका छन्। साथै मिश्रले निकुञ्जमा कुन मितिदेखि जंगल सफारी गराउन पाउने र बन्द हुने भन्ने विषयमा एकरुपता हुनुपर्ने बताएका छन्।

images

बन्द गर्ने समय निश्चित भएपनि खुल्ने समयमा एकरुपता नभएको उनको भनाइ छ। 'भदौमा दिएको निवेदन माघमा आएर स्वीकृत गर्ने र त्यसमा पनि सबैलाई एकै नभइ फरक फरक गर्ने सरकारी नीतिले जंगल पर्यटनमा नकारात्मक सन्देश जान्छ', उनले भने, 'गाडी नराखी पर्यटकलाई जंगल घुमाउन सकिँदैन। असमान व्यवहारले लगानीकर्तालाई उत्साहित बनाउँदैन। पर्यावरण र पर्यटन उद्योग पनि बच्नुपर्छ। अहिले चितवन निकुञ्ज क्षेत्रमा नियम कानून भनेको मौखिक आदेशको आधारमा छ। कसैसँग चित्त बुझेन भने निकुञ्जको बाटो नै बन्द गरिदिने, महिनौँसम्म खुला नगरिदिने, कसैसँग चित्त बुझेमा चाँडै खुला गरिदिने र अन्य थप सुविधा पनि प्रदान गर्ने परिपाटी हटाउनु पर्दछ।'

images
images

भदौमा दर्ता गरेको गाडी माघमा आएर अनुमति दिइएकोले धेरै स्तरीय पर्यटकहरू दुःखमनाउ गर्दै फर्किएका अनुभव आफूहरूले भोग्न परेको उनको भनाइ छ। 'दीर्घकालीन नीतिको अभाव र संकीर्ण सोचले न त राष्ट्रिय निकुञ्जको, न त निजी क्षेत्र वा राष्ट्रको छवि नै राम्रो पार्दछ, न त पर्यटक उद्योगलाई फस्टाउन मद्धत गर्नेछ' उनको भनाइ छ।

वन्यजन्तु पर्यटन निकै प्रतिस्पर्धा र चुनौतीपूर्ण व्यवसाय भएकोले समस्या समाधानप्रति जिम्मेवार र सम्बद्ध निकाय जागरुक हुनैपर्ने उनको भनाइ छ।

'निकुञ्जमा सबैतिर एकैपटक खुल्नुपर्छ। कसरामा पुल हुँदा चाँडै खुल्छ, सौराहामा राप्ती सानो खोला हुँदा चाँडै सुक्छ। वारपार गर्न सहज हुन्छ। पश्चिममा नारायणी पर्ने हुनाले कहिल्यै खुल्दैन। खोलापारी नै गाडी राख्नुपर्ने हुन्छ। बाटो बनाउन, आ-आफ्नो गाडी ढुङ्गाबाट तार्ने व्यवस्था हामीहरू आफैले राष्ट्रिय निकुञ्जसँग मिलेर गर्दै आएका छौँ र निरन्तर गरिरहन्छौँ पनि। तर राष्ट्रिय निकुञ्ज गाडीको लागि सबैतर्फ एउटै समयमा खोल्नु पर्दछ', मिश्रले भने।

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा वन्यजन्तु पर्यटनको प्रवर्द्धन पर्यापर्यटन र संरक्षण अभियानका लागि सम्बद्ध सरकारी निकायहरूमा दूरदर्शी सोच र दीर्घकालीन नीति आवश्यक रहेको उनले बताए। 

निकुञ्जको प्रमुख पर्यावरणको अवधारणा र पर्यटकहरूलाई सँगसँगै अगाडि बढाउन सक्ने हुनुपर्ने उनले बताए। कसैको एकतर्फी सोचका आधारमा नियम परिवर्तन गरिनु हुँदैन। सरकारी एवं निजी क्षेत्रबीचको आपसी सद्भावपूर्ण व्यवहार र सहकार्य हुनुपर्ने धारणा यस क्षेत्रका पर्यटन व्यवसायी तथा होटल रिसोर्टहरूले बारम्बार सार्वजनिक गर्दै आएकाले वन्यजन्तु पर्यटनको वृहत्तर विकासका लागि आवश्यक सहयोग र सुविधा उपलब्ध गराउनु पर्ने आवश्यकता देखिएको छ।

यस्तै होटल एवं रिसोर्ट व्यवसायीहरूले चितवनलाई वन्यजन्तु पर्यटनको प्रमुख अन्तर्राष्ट्रिय गन्तव्य बनाउन चिन्तन गरिरहेको हुँदा निकुञ्ज क्षेत्रभित्र मिलेसम्म होटल संचालन गर्न दिनुपर्ने, सरकारी निकायले निजी क्षेत्रसँग मिलेर काम गर्नुपर्ने, निकुञ्ज क्षेत्रका वन्यजन्तुका अवस्थाका सम्बन्धमा सही सूचना सम्प्रेषण हुनुपर्ने सम्बन्धमा स्पष्ट नीति हुनुपर्ने, जीप सफारी आवागमन, डुंगाको प्रयोग तथा सफारी मार्ग सम्बन्धमा स्पष्ट दीर्घकालीन नीति हुनुपर्ने धारणा व्यवसायीहरूको छ। 

images

प्रकाशित : आइतबार, माघ २९ २०७९०९:२२

प्रतिक्रिया दिनुहोस