बिहीबार , असार १९ गते २०८२    
बिहीबार , असार १९ २०८२
images
images

सेयर र घरजग्गा कारोबारको नीतिमा राष्ट्र बैंक किन बनेन लचिलो?

images
शनिबार, माघ २८ २०७९
images
images
सेयर र घरजग्गा कारोबारको नीतिमा राष्ट्र बैंक किन बनेन लचिलो?
images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षमा सेयर बजार र घरजग्गाको विषय चलाएको छैन। समीक्षाबाट नीतिगत व्यवस्थालाई निरन्तरता दिएको राष्ट्र बैंकले अधिकांश सूचक उत्साहजनक रहेको उल्लेख गरेको छ। 

images
images

सबै सूचकमा सुधार देखिएको जनाउ गरेतापनि घरजग्गा कारोबार र सेयर बजारमा कारोबारलाई खुकुलो नीति लिनबाट भने राष्ट्र बैंक पछि हटेको छ। 

images
images

राष्ट्र बैंकले अर्थतन्त्रका धेरै सूचक सकारात्मक लयमा रहेको उल्लेख गरेको छ। ब्याजदर घट्दै गरेको, तरलता व्यवस्थापन सुधार भइरहेको, मूल्यवृद्धिमा सुधार तथा भुक्तानी सन्तुलनामा गएको राष्ट्र बैंकले उल्लेख गरेको छ। देशभित्रको व्यावसायिक र औद्योगिक अवस्थामा सुधार भइरहेको राष्ट्र बैंकको विश्लेषण रहेको छ। 

images
images
images

सेयर बजारका नीतिगत व्यवस्थालाई राष्ट्र बैंकले जानीबुझिकनै नचलाएको देखिन्छ। राष्ट्र बैंकले सेयर बजारमा लचिलो नीति लिने बित्तिकै सेयर मूल्य बढ्ने र थप माग सिर्जना हुने अनुमान राष्ट्र बैंकले गरेको देखिन्छ। यता घरजग्गामा पनि सोही नीति राष्ट्र बैंकले लिएको देखिन्छ। फकुलो गर्ने वित्तीय घरजग्गामा पुनः ठूलो पैसा जाने भएकोले राष्ट्र बैंक सचेत देखिएको छ। 

नीतिगत परिवर्तन गर्दा सेयर र घरजग्गा एउटै प्रकृतिको भएकोले दुवैको भ्यालु बढ्छ। भ्यालु बढ्ने बित्तिकै लगानीकर्ताहरुले नयाँ गाडी चढ्ने, घरजग्गा थप्ने र विलासी बस्तुमा खर्च गर्न थाल्छन। विलासीमा केन्द्रित हुने वित्तीकै आयात बढ्न जान्छ। पुनः विदेशी मुद्राको दबाब पर्ने निष्कर्ष राष्ट्र बैंकको छ। ‘बल्ल बल्ल घटाएको इनपोर्टलाई फेरि त्यसले बिगार्न सक्छ, त्यही अवस्थालाई हेरेर नै एसेटसँग सम्बन्धित नीतिहरूलाई यथावत् राखिएको हो,’ केन्द्रीय बैंकका कार्यकारी निर्देशक प्रकाश श्रेष्ठले भने।

सेयर बजार र घरजग्गाको मूल्य बढ्ने वित्तिकै लगानीकर्ताले अधिक नाफा कमाउँछन्। त्यसले बजारमा माग बढाउँछ। माग बढ्ने बित्तिकै आयात बढाउनेमा राष्ट्र बैंक सचेत देखिएको छ। आयात बढ्ने बित्तिकै विदेशी संचितिमा असर गर्छ भन्ने राष्ट्र बैंकको विश्लेषण छ। 

घरजग्गा खरिद तथा  मार्जिन प्रकृतिको सेयर धितो कर्जामा पनि १५० प्रतिशत जोखिभार रहेको छ। धेरै लगानीकर्ताले उक्ता बिषय संशोधन हुने अनुमान गरेका थिए।


प्रकाशित : शनिबार, माघ २८ २०७९०३:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend