शनिबार, मंसिर ८ गते २०८१    
images
images

३ महिनामा ८७ उद्योगमा १ खर्ब २२ अर्ब लगानी प्रतिबद्धता

images
बिहीबार , कात्तिक ४ २०७८
images
images
३ महिनामा ८७ उद्योगमा १ खर्ब २२ अर्ब लगानी प्रतिबद्धता

ती उद्योगले ८ हजार १ सय ३८ जनालाई रोजगारी दिने प्रस्ताव गरेको उद्योग विभागले जनाएको छ। १ खर्ब २२ अर्ब लगानी प्रस्ताव मध्ये २४ अर्ब रुपैयाँ विदेशी रहेको छ।

images
images

काठमाडौं- चालु आर्थिक वर्षको पहिलो ३ महिनामा उद्योग विभागमा ८७ वटा उद्योग दर्ता भएका छन्। स्वदेशी तथा विदेशी यी उद्योगले १ खर्ब २२ अर्ब रुपैयाँ लगानी प्रस्ताव गरेका छन्। 

images
images
images

ती उद्योगले ८ हजार १ सय ३८ जनालाई रोजगारी दिने प्रस्ताव गरेको उद्योग विभागले जनाएको छ। १ खर्ब २२ अर्ब लगानी प्रस्तावमध्ये २४ अर्ब रुपैयाँ विदेशी रहेको छ। विदेशी प्रस्तावित लगानी परियोजनामा ७ हजार १ सय ९५ जनाले रोजगारी पाउने छन्। 

images

विभागमा दर्ता भएका ८७ उद्योगमध्ये २६ वटा ठूला, ३४ वटा मझौला र २७ वटा साना उद्योग रहेका छन्। यो विभागले असोज मसान्तसम्म अध्यावधिक गरेको विवरण हो।

images

३ महिनाको अवधिमा ९ सय १० वटा ट्रेडमार्क दर्ता भएका छन् भने ५ वटा डिजाइन दर्ता भएका छन्। 

विभागले बढी प्रदूषण हुने ३ वटा उद्योगमा बातावरण व्यवस्थापन प्रणाली (इएमएस) लागु गरि आईएसओ को तयारी अवस्थामा पुर्‍याउने कार्यक्रम कार्यान्वयन गर्न गर्न सार्वजनिक खरिद ऐन बमोजिम पपरामर्शदाता छनौट भइ खरिद सम्झौता भइसकेको जनाएको छ। 

उद्योग विभागका अनुसार सबैभन्दा बढी १ अर्ब ७३ करोड रुपैयाँको लगानीमा सिद्धिलक्ष्मी फुड्स प्रालि दर्ता भएको छ। नवलपरासीमा वार्षिक १ लाख १२ हजार ७ सय टन तेल उत्पादन क्षमताको उद्योग खुल्न लागेको हो। उद्योगले २ सय ५३ जनालाई रोजगारी दिने घोषणा गरेको छ। 

यहीबीचमा ९६ करोड ७० लाख रुपैयाँको लागनीमा निकिता आयल एण्ड रिफाइनरी उद्योग स्थापना गर्नगर्ने उद्योग दर्ता भएको छ। बारा जितपुर सिमरा स्थापना हुने उद्योगले वार्षिक  १ लाख ७ हजार ७ सय किलोलिटर तेल उत्पादन गर्ने र ८९ जनालाई रोजगारी दिने जनाएको छ। साथै सुनसरीमा ५८ करोड रुपैयाँको लगानीमा एबीसी आयल इन्डष्ट्रिड प्रालि स्थापना हुने भएको छ। 

यसैगरी पर्सामा ७५ करोडको लगानीमा शिवम् भेज आयल उद्योग स्थापना हुने भएको छ। वार्षिक १ लाख ५ हजार ३ सय ६० मेट्रिक टन तेल उत्पादन गर्ने प्रस्ताव गरेको छ। ५० करोड रुपैयाँको लगानीमा वार्षिक ६१ हजार ८ सय मेट्रिक टन तेल उत्पादन गर्ने गरी शिवशक्ति आयल एण्ड फ्याट्स बारामा स्थापना हुने भएको छ। 

त्यस्तै वार्षिक ४८ हजार ७ सय ५ मेट्रिक टन तेल उत्पादन गर्ने गरी नवलपरासीमा सिद्धिविनायक आयल्स उद्योग स्थापना हुने भएको छ। उद्योगमा ७४ करोड ७० लाख लगानी रहने र ९० जनाले रोजगारी पाउने छन्। 

असोज मसान्तसम्ममा नै एमएडब्लू इन्टरप्राइजेजले यामाहा ब्रान्डका मोटरसाइकल तथा स्कुटर एसेम्बलका लागि १ अर्ब ५१ करोड ५० लाख रूपैयाँ लगानी गर्ने गरि उद्योग दर्ता गरेको हो। एमएडब्लू अटो प्रालिले स्थापना गर्ने एसेम्बल उद्योगबाट १ सय ४४ जनालाई रोजगारी दिने जनाएको छ। एसेम्बल उद्योगमा शतप्रतिशत स्वदेशी लगानी हुने छ।

उर्जा क्षेत्रमा समेत १० अर्बभन्दा बढी लगानीको प्रस्ताव आएको उद्योग विभागले जनाएको छ। 

धादिङको धुनिबेसीमा दुई अर्ब रुपैयाँ लगानीमा इनर्जी डिङक्स उद्योग सरस बेभरेज प्रालि उद्योग विभागमा दर्ता भएको हो। क्याफिनयुक्त शक्तिवद्र्धक पेय पदार्थ (इनर्जी ड्रिङक्स), फ्लेभर्स सेन्थेटिक ड्रिङक्स र यस्तै प्रकारको पेय पदार्थको आयातमा पूर्ण प्रतिबन्ध लगाएपछि नेपालमै यस्ता उद्योग खुल्ने प्रक्रियामा छन्।  

सरस बेभरेज प्राली वार्षिक १० हजार केएल फ्रुटी, २० हजार केएल सफ्ट ट्रिङक्स र ३० हजार केएल इनर्जी ड्रिङक्स (अलकोहल रहित) उत्पादन गर्ने प्रस्ताव गरेको छ।  


प्रकाशित : बिहीबार , कात्तिक ४ २०७८०२:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend