सोमबार, वैशाख १७ गते २०८१    
images
images

नेपालले विदेशी लगानीलाई सजिलो बनाउनुपर्छ : युएसएड प्रमुख समान्था पावर

images
images
images
नेपालले विदेशी लगानीलाई सजिलो बनाउनुपर्छ : युएसएड प्रमुख समान्था पावर
images
images

काठमाडौं- नेपाल भ्रमणमा रहेकी अमेरिकी अन्तराष्ट्रिय सहयोग संस्था (युएसएड) की प्रशासक समान्था पावरले नेपालले विदेशी लगानीलाई सहज बनाउन आफूले प्रधानमन्त्री तथा अर्थमन्त्रीलाई अनुरोध गरेको बताएकी छिन्। बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएकी हुन्।

images
images
images

'करका विषयमा रहेका समस्या समाधान गरेर तथा लगानीका क्षेत्रमा नियामकीय प्रक्रियालाई सजिलो बनाउने विषयमा मैले अनुरोध गरेँ,' उनले भनिन्।

images

त्यस्तै निजी क्षेत्रलाई विश्वासमा लिनु आवश्यक रहेको पनि उनले बताइन्। नेपालको विकास लक्ष्यलाई सहयोग गर्ने र २०३० सम्म मध्यम आय भएको मुलुक बनाउन अमेरिकाले सघाउने पनि उनले बताइन्।

images

कृषि र पर्यटनमा नेपालको सम्भावना रहेको बताऊदै उनले नेपाललाई प्रतिस्पर्धी बनाउन सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन्। 

images
images

नेपालको प्रजातान्त्रिक प्रणालीलाई बलियो बनाउन थप ६ करोड डलर सहयोग गर्ने जानकारी पनि आफूले गराएको उनले बताइन्।

'हामी संस्थाहरूलाई बलियो बनाउन लगानी गर्छौं र त्यो नै सबैभन्दा प्रभावकारी भएको छ,' उनले भनिन्, 'नेपाल र अमेरिकाको सम्बन्धको लम्बाइ उचाइ तथा गहिराइ मित्रता र नेपाली जनताको हित मात्र हो।' अमेरिकाको सहयोगमा कुनै भूराजनीतिक स्वार्थ नभएको पनि उनले बताइन्।

'नेपालमा भएको सहयो कुनै भूराजनीतिक कुराको उपज होइन, नेपाल र अमेरिकाको मित्रता परिणाम हो', उनले बताइन्।

images

प्रकाशित : बुधबार, माघ २५ २०७९०१:५६

प्रतिक्रिया दिनुहोस