सोमबार, वैशाख २४ गते २०८१    
images
images

सिप्रदीले विद्युतीय ट्याक्सीका लागि टाटा ‘एक्सप्रेस टी’ ल्याउने निश्चित, देशभर चार्जिङ स्टेसनसहितको इकोसिस्टम बनाउँदै

यस्ता छन् ‘एक्सप्रेस टी’का विशेषता र रेन्ज

images
images
images
सिप्रदीले विद्युतीय ट्याक्सीका लागि टाटा ‘एक्सप्रेस टी’ ल्याउने निश्चित, देशभर चार्जिङ स्टेसनसहितको इकोसिस्टम बनाउँदै

सीसीएसटू चार्जिङ स्ट्यान्डर्ड पोर्ट रहेको एक्सप्रेस टी १५ एम्पियर प्लग प्वाइन्टमार्फत शून्यदेखि ८० प्रतिशत चार्ज हुन ८ घण्टा ४५ मिलोट लाग्नेछ। त्यस्तै यो कार फास्ट चार्जर (२५ केडब्लू डीसी चार्जर) बाट शून्यदेखि ८० प्रतिशत पुग्न ६५ मिनेटमात्र लाग्नेछ।

images
images

काठमाडौं- सरकारले सार्वजनिक ट्याक्सीमा विद्युतीय सवारी दर्ता गर्न पाउनेगरि मापदण्ड ल्याएसँगै सिप्रदी ट्रेडिङले विद्युतीय ट्याक्सीका लागि उपयुक्त हुने कार ल्याउने भएको छ। कम्पनीले टाटा मोटर्सले उत्पादन गरेको विद्युतीय सेडान कार एक्सप्रेस टी नेपाल ल्याउने भएको हो। 

images
images
images

विद्युतीय ट्याक्सीका लागि उपयुक्त हुने र सरकारले तोकेको मापदण्डभन्दा राम्रो क्षमताको एक्सप्रेस टी सिप्रदीले ट्याक्सी खरिद गर्न चाहनेका लागि उपलब्ध गराउने छ। योसँगै सिप्रदीले पहिलोपटक नेपालमा विद्युतीय ट्याक्सी सञ्चालनमा अग्रसरता देखाएको हो। बागमती सरकारले पुराना पेट्रोलियम ट्याक्सीको सट्टाभर्ना दर्ता गर्दा विद्युतीय ट्याक्सी नै दर्ता गर्नुपर्ने व्यवस्था गरेको छ।

images

सरकारले सन् २०३० सम्ममा देशभर दर्ता हुने सवारीमध्ये ५० प्रतिशत विद्युतीय पुर्‍याउने लक्ष्य सार्वजनिक गरिसकेको छ। त्यहीअनुरुप सरकारले विद्युतीय सवारीमा कर सहुलियत दिएको छ भने चार्जिङ पूर्वाधार निर्माणमा सहयोग गर्ने तथा विद्युतीय सवारी चार्ज गर्दा खपत गर्ने विद्युत महसुलमा पनि सहुलियत दिने तयारी गरिरहेको छ।

images

सरकारले उपत्यकामा विगत तीन वर्षदेखि ट्याक्सीको सट्टाभर्ना बन्द गरेको थियो। २००२/२००३ मोडलयताका सट्टाभर्ना गर्न बाँकी रहेका ३ हजारभन्दा बढी ट्याक्सी अब दर्ता हुँदा विद्युतीय ट्याक्सी नै दर्ता हुनेछन्। त्यसपछि पनि अन्य ट्याक्सी २० वर्ष पुगेपछि सट्टाभर्ना गर्दा विद्युतीय नै हुनुपर्ने कानूनी व्यवस्था छ।

images
images

बागमती प्रदेश सरकारले २०८५ भित्र प्रदेशमा चल्ने पेट्रोलियम सार्वजनिक सवारीसाधनलाई विद्युतीयले विस्थापित गर्ने नीति पास गरिसकेको छ। सोही नीतिलाई कार्यान्वयन गर्दै २० वर्ष पूरा भएका ट्याक्सी स्क्राप गर्नुपर्ने र त्यसको साटो विद्युतीय बनाउनु पर्छ।

ट्याक्सीलाई विद्युतीय बनाउँदा आयत गरेर खपत हुने पेट्रोलको प्रदूषण न्यून हुन्छ भने पेट्रोल आयातमा बाहिरिने अर्बौं डलरमा ठूलो बचत हुनेछ। सिप्रदीले विद्युतीय ट्याक्सी ल्याउने भएपछि सट्टा दर्ताको पर्खाइमा रहेका ट्याक्सी चालक तथा लगानीकर्ताहरू उत्साहित देखिएका छन्। सिप्रदीले विद्युतीय ट्याक्सी ल्याउने बताएकाले आफूलाई खुसी लागेको एक ट्याक्सी चालकले बताए।

‘लामो समयदेखि ट्याक्सीको सट्टा दर्ताको पर्खाइमा थिएँ,’ ती ट्याक्सी चालकले भने, ‘सरकारले सट्टा दर्तामा विद्युतीय ट्याक्सी ल्याउने पर्ने नियम ल्याएको र उक्त नियमलाई मिल्नेगरि सिप्रदीले विद्युतीय ट्याक्सी ल्याएर हामीलाई जानकारी गराएको छ।’ कम्पनीले टाटाको एक्सप्रेस टी नामक ट्याक्सी ल्याएको र थुप्रै चालकलाई बोलाएर यसबारे जानकारीसमेत गराएको छ।

सिप्रदीले टाटाले उत्पादन गरेको एक्सप्रेस टी विद्युतीय सेडान कारलाई ट्याक्सीका रुपमा ल्याएको र त्यसले दिने आर्थिक तथा वातावरणीय लाभबारेसमेत आफूहरूलाई जानकारी गराएको अर्का ट्याक्सी चालकको भनाइ छ।

‘विद्युतीय कारमा राम्रो छवि बनाउँदै गएको टाटा मोटर्सले उत्पादन गरेको एक्सप्रेस टी ट्याक्सीका रुपमा सिप्रदीले ल्याएको अलि बढी विश्वास जगाएको छ,’ ती चालकले भने, ‘चार्जिङ स्टेसनलगायत पूर्वाधारमा पनि काम गरिरहेको सिप्रदीले बताएकाले अब उपत्यकामा ट्याक्सी चढ्ने उपभोक्ताले सफा, फराकिलो र वातावरणमैत्री ट्याक्सी चढ्न पाउने छन्।’

सुरुवाती चरणमा उपत्यकामा विद्युतीय ट्याक्सी चल्ने भएकाले केही मात्रामा भएपनि स्वदेशी विद्युत खपत हुनेछ। यसले पनि धेरैलाई उत्साहित बनाउनेछ।

यस्तो छ विद्युतीय ट्याक्सी मापदण्ड

प्रदेश सरकारले साधारण र विशेष प्रकृतिको गरि दुई प्रकारका विद्युतीय ट्याक्सी दर्ता गर्न पाइने व्यवस्था गरेको हो। साधारण विद्युतीय ट्याक्सीमा २० केडब्लूएच वा त्यो भन्दा बढीको लिथियम आयन ब्याट्री, ३० केडब्लूएचको मोटर क्षमता वा त्योभन्दा बढीभएको सेडान कार हुनुपर्ने छ। त्यस्तै उक्त कारको ग्राउन्ड क्लियरेन्स १ सय ७० एमएम वा त्यो भन्दा बढी हुनुपर्ने छ।

ट्याक्सीका रुपमा प्रयोग हुने विद्युतीय कारले एक पटकको फुल चार्जमा न्युनतम २ सय १० किलोमिटर रेन्ज दिनु पर्ने छ।

त्यस्तै प्रदेश सरकारले ल्याएको विशेष प्रकृतिको विद्युतीय ट्याक्सीमा दर्ता हुने कारले एक पटकको फुल चार्जमा न्युनतम २ सय ७५ किलोमिटर रेन्ज दिनुपर्ने छ। यो प्रकृतिको विद्युतीय ट्याक्सीमा प्रयोग हुने ब्याट्री लिथियम आयन हुनुपर्ने र यसको क्षमता ४० केडब्लूएच वा त्योभन्दा बढी हुनेपर्ने छ।

त्यस्तै मोटरको पावर भने ५० केडब्लूएच वा सोभन्दा बढी हुनुपर्ने छ। डिलक्स विद्युतीय ट्याक्सीको ग्राउन्ड क्लियरेन्स भने १ सय ७५ एमएम वा सोभन्दा बढी हुनुपर्ने छ। 

साधारण विद्युतीय ट्याक्सीको सिट क्षमता ५ सिट र विशेष प्रकृतिको (डिलक्स) विद्युतीय ट्याक्सीको सिट क्षमता ५ देखि ७ हुनेछ।

tata xprest e taxi 1.jpg

विद्युतीय एक्सप्रेस टीको विशेषता र रेन्ज

लेन्थ :३९९३ एमएम

वाइड : १६७७ एमएम

हाइट : १५३२ एमएम

ह्वीलवेस : २४५० एमएम

टर्निङ रेडियस : ५.१ मिटर

ग्राउन्ड क्लियरेन्स : १७२ एमएम

सिट क्षमता : ५

बुट स्पेस : ३१६ लिटर

कर्ब वेइट : १२३५ केजी

फ्युल टाइम : विद्युतीय

ब्याट्री क्षमता : २६ केडब्लूएच लिथियम आयन

टर्क : १७० एनएम

रेन्ज : ३०६ किलोमिटर (एआरएआई सर्टिफाइड)

एक्सप्रेस टी विद्युतीय कार मल्टी ड्राइभ मोड (ड्राइभ/स्पोर्टस)मा उपलब्ध हुनेछ। त्यस्तै यो कारमा अगाडि डिस र पछाडि ड्रम ब्रेक छ भने हिल असिस्ट सिस्टम पनि दिइएको छ।

सीसीएसटू चार्जिङ स्ट्यान्डर्ड पोर्ट रहेको एक्सप्रेस टी १५ एम्पियर प्लग प्वाइन्टमार्फत शून्यदेखि ८० प्रतिशत चार्ज हुन ८ घण्टा ४५ मिलोट लाग्नेछ। त्यस्तै यो कार फास्ट चार्जर (२५ केडब्लू डीसी चार्जर) बाट शून्यदेखि ८० प्रतिशत पुग्न ६५ मिनेटमात्र लाग्नेछ।

सिप्रदीले एक्सप्रेस टी ट्याक्सीमा रहेको ब्याट्री प्याक र मोटर तथा सवारीमा ३ वर्ष वा १ लाख २५ हजार किलोमिटरसम्म वारेन्टी उपलब्ध गराउनेछ।

images

प्रकाशित : बिहीबार , माघ २६ २०७९१०:४०

प्रतिक्रिया दिनुहोस