शुक्रबार, वैशाख १४ गते २०८१    
images
images

नेपालमै पाइन्छ यामाहाको ३५ लाख पर्ने स्कुटर

images
images
images
नेपालमै पाइन्छ यामाहाको ३५ लाख पर्ने  स्कुटर

यो स्कुटर औषत मोटरसाइकलभन्दा शक्तिशाली र महगो छ। यामाहा टी-म्याक्स स्कुटर ५ सय ६० सीसी इन्जिन क्षमता हो जसको नेपाली बजार मूल्य ३४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। 

images
images

काठमाडौं- जापानी मोटरसाइकल उत्पादन कम्पनी यामाहाले सामान्य मोटरसाइकल/स्कुटरदेखि रेसिङ मोटरसाइकल र सुपर स्कुटर समेत बनाउँदै आएको छ। यामाहाका मोटरसाइकल भारतमा समेत उत्पादन भइरहेको छ। नेपाल आउने अधिकांश मोडल भारतमै उत्पादन हुन्छ। 

images
images
images

यामाहाका मोटरसाइकल तथा स्कुटर नेपाली बजारमा एमएडब्लू इन्टरप्राइजेजले बिक्री गर्दै आएको छ। कम्पनीले भारतका साथै इन्डोनेसिया र जापानमै उत्पादन भएका मोटरसाइकल तथा स्कुटर समेत आयात गर्दै आएको छ। 

images

यामाहाका प्रिमियम सेगमेन्टका मोटरसाइकल तथा स्कुटर एमएडब्लूले जापानबाट नै आयात गर्दै आएको छ। प्रिमियम सेगमेन्टकै टी-म्याक्स स्कुटर एमएडब्लूले केही सयमअघि नेपाल भित्र्याएको हो। 

images

tmax.jpg

images
images

यो स्कुटर औषत मोटरसाइकलभन्दा शक्तिशाली र महँगो छ। यामाहा टी-म्याक्स स्कुटर ५ सय ६० सीसी इन्जिन क्षमता हो जसको नेपाली बजार मूल्य ३४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। 

यो स्पोर्टस स्कुटर २००१ मा जापानमा पहिलोपटक सार्वजनिक भएको थियो। स्मोर्टस सेगमेन्टमा यामाहा टी-म्याक्सलाई निक्कै सफल स्कुटर मानिन्छ। टी-म्याक्सबाट प्रेरित भएर यामाहाले यसको सस्तो सेगमेन्ट एम-म्याक्स १५५ समेत बजारमा ल्याएको थियो। एन-म्याक्स स्कुटर समेत नेपाली बजारमा उपलब्ध रहेको छ। 

टी–म्याक्समा समानान्तर ट्वीन सिलिन्डर, फोर स्ट्रोक लिक्विड कुल्ड एफआई इन्जिन रहेको छ। ५ सय ६२ सीसी क्षमताको युरो ५ इन्जिन यो स्कुटरमा छ। यो इन्जिनले ७५ सय

tmax2.jpg

आरपीएममा ४७.५८ पीएस पावर र ५२ सय ५० आरपीएममा ५५.७ एनएम टर्क जेनेरेट गर्छ। १५ लिटरको इन्धन ट्यांकी भएको टी-म्याक्सले उच्च गति १ सय ८५ किलोमिटर प्रतिघण्टा छ भने माइलेज २० किलोमिटर प्रतिघण्टा रहेको दाबी कम्पनीको छ। 

डुवल च्यान एबीएस भएको यो स्कटरको ग्राउन्ड क्लियरेन्स १ सय २५ एमएम रहेको छ। स्कुटरको डिकी स्पेस २५ लिटरको छ भने यसको कर्ब तौल २ सय १८ किलो छ। 

यो स्कुटरमा ट्वीन एलईडी हेडल्याम्प तथा टी सेपको युनिक टेलल्याम्प छ। टी-म्याक्समा डी-मोडसहित ट्राक्सन कन्ट्राृेल सिस्टम समेत उपलब्ध छ। स्मार्ट की अप्सन रहेको यो स्कुटरमा सेन्ट्रल लकिङ सिस्टम छ। 

tmax1.jpg

images

प्रकाशित : बिहीबार , कात्तिक ४ २०७८०५:४३

प्रतिक्रिया दिनुहोस