बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

साढे ११ करोड रुपैयाँमा पोखरा विमानस्थलको ह्याङगर सञ्चालनका लागि कम्पनी खोज्दै पोखरा विमानस्थल कार्यालय

बुधबार, माघ २५ २०७९
साढे ११ करोड रुपैयाँमा पोखरा विमानस्थलको ह्याङगर सञ्चालनका लागि कम्पनी खोज्दै पोखरा विमानस्थल कार्यालय

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरण पोखरा अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले विमानस्थलमा निर्माण भएको ह्याङगर सञ्चालका लागि कम्पनी छनोट प्रक्रिया सुरु गरेको छ।

कार्यालयले ह्याङगर सञ्चालनका कम्पनी छनोटका लागि टेन्डर सूचना जारी गरेको छ। विमानस्थलको ६ हजार ३ सय ४३ वर्गमिटर क्षेत्रफलमा वायुयान मर्मत सञ्चालनको लागि भन्दै ठेक्का सूचना जारी गरेको हो।

सूचना प्रकाशित भएको ३० दिनभित्र सम्बन्धित  क्षेत्रमा काम गरेको कम्पनीले ११ हजार ३ सय रुपैयाँको आवेदन फर्म लिनु पर्ने छ।

बोलपत्र  साथ  फर्म  वा  कम्पनी  दर्ता  प्रमाणपत्र  (नवीकरण  सहित),  सम्बन्धित  निकायबाट  वायुयान  सञ्चालन  गर्न  प्राप्त  इजाजत  पत्र,  मूल्य  अभिवृद्धि  कर÷स्थायी  लेखा  नम्बरको  दर्ता  प्रमाणपत्र,  करचुक्ता  प्रमाणपत्रको  प्रतिलिपि,  नागरिकताको  प्रतिलिपि, व्यवसाय सञ्चालन गर्ने काम कारबाहीमा भाग लिन अयोग्य नभएको, आफूले यस सम्बन्धमा सजाय नपाएको वा कालोसूचीमा नपरेको भनी लिखित रुपमा गरेको स्वःघोषणापत्र पेस गर्नुपर्ने समेतच सूचनामा उल्लखे छ।

भवनमा  सेवा  सञ्चालनको  लागि  ठेक्का  अवधि  ५ (पाँच)  वर्षको  हुनेछ। सो  अवधिको  न्यूनतम  ११ करोड ४१ लाख चौहत्तर हजार मात्र) कायम गरिएको कार्यालयले जनाएको छ।

साथै दोस्रो आर्थिक वर्ष देखिको वहाल रकम नेपाल राष्ट्र बैंकले निर्धारण गरेको मूल्यवृद्धि सूचकाङ्कको अनुपातमा स्वतः वृद्धि हुनेछ र सोही अनुरुप कायम हुन आउने बहाल रकम बुझाउनु सूचनामा उल्लखे छ। तर प्राधिकरण तथा मातहतका कार्यालयलाई बुझाउनुपर्ने बाँकी बक्यौता रहेका फर्महरुले बोलपत्रमा भाग लिन पाउने, प्राधिकरणलाई बुझाउनु पर्ने बाँकी बक्यौता रकम नरहेको व्यहोराको प्रमाण बोलपत्र कागजात खरिद गर्दाका समयमा पेस गर्नुपर्ने कार्यालयले जनाएको छ।


प्रकाशित : बुधबार, माघ २५ २०७९०४:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend