बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

टाटा पन्च इलेक्ट्रिक भर्सनमा अर्को वर्ष आउने

बुधबार, कात्तिक ३ २०७८
टाटा पन्च इलेक्ट्रिक भर्सनमा अर्को वर्ष आउने

भारतमा विद्युतीय कार सेगमेन्टमा टाटाको बजार हिस्सा ७१ प्रतिशत रहेको छ। टाटा नेक्सन इभी पछिल्ला महिनाहरुमा मासिक १ हजार वटाभन्दा बढी बिक्री भइरहेको छ। 

काठमाडौं- भारतीय सवारी उत्पादक कम्पनी टाटा मोटर्स विद्युतीय कार उत्पादनमा आक्रामक भएको छ। टाटाले अघिल्लो वर्ष कम्प्याक्ट एसयूभी नेक्सनको इलेक्ट्रिक भर्सन सार्वजनिक गरेको थियो। यो कारले भारतीय बजारमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ। 

भारतमा विद्युतीय कार सेगमेन्टमा टाटाको बजार हिस्सा ७१ प्रतिशत रहेको छ। टाटा नेक्सन इभी पछिल्ला महिनाहरुमा मासिक १ हजार वटाभन्दा बढी बिक्री भइरहेको छ। 

टाटा मोटर्सले विद्युतीय कारलाई प्राथमिकता दिइरहेको छ। कम्पनीले हालै मात्र सार्वजनिक गरेको कम्प्याक्ट एसयूभी पन्चको समेत इलेक्ट्रिक भर्सन ल्याउने भएको छ। कम्पनीले अर्को वर्षसम्ममा पन्चको इलेक्ट्रिक भर्सन ल्याउने घोषणा गरेको हो। 

टाटाले २०२६ सम्ममा १० वटा विद्युतीय कार बजारमा ल्याउने योजना बनाएको गाडीवाडीले लेखेको छ। टाटाले विद्युतीय सवारी उत्पादनका लागि नयाँ कम्पनी नै स्थापना गरिसकेको छ। 

टाटा मोटर्सको विद्युतीय गाडी निर्माण युनिटको १५ प्रतिशत सेयर प्राइभेट इक्विटी फन्ड टीपीजी राइजले खरिद गर्ने सम्झौता केही दिनअघि भएको थियो। ७५ अर्ब भारुमा उक्त सेयर खरिद गर्ने सम्झौता भएको हो। 

टाटाले विद्युतीय सवारीसाधनको निर्माण तथा इकोसिस्टममा लगानी गर्नका लागि छुट्टै कम्पनी बनाएको छ। ९.१ अर्ब अमेरिकी डलरको उक्त कम्पनीमा अमेरिकी कम्पनी टीपीजीको प्रवेश निश्चित भएसँगै टाटाको सेयर मूल्यमा उछाल आएको छ। 

भारतीय बजारमा विद्युतीय गाडीको माग बढ्दै गएको छ। विश्वविख्यात इभी ब्रान्ड टेस्लाले समेत भारतीय बजारमा आँखा लगाएको छ। टाटाले पछिल्लो समय ल्याएको नेक्सन इभीले भारतीय बजारमा राम्रो प्रतिक्रिया पाइरहेको छ। 

टाटाले विद्युतीय गाडीसँगै चार्जिङ स्टेसन लगायतका पूर्वाधारमा पनि लगानी बढाइ रहेको छ। त्यस्तै कम्पनीले नयाँ मोडलका विद्युतीय कार उत्पादलाई विशेष प्राथमिकता दिइरहेको छ। २०२० को अटो एक्सपोमा सोकेस गरेको अल्ट्रोज इभी पनि बजारमा ल्याउने तयारी कम्पनीले गरिरहेको छ। 

टाटाको आईसी इन्जिनयुक्त नेक्सन तथा नेक्सन इभी नेपाली बजारमा पनि उपलब्ध रहेको छ। कम्प्याक्ट एसयूभी पन्च पनि नेपाल ल्याउने तयारी भइरहेको सिप्रदीले जनाएको छ। 


प्रकाशित : बुधबार, कात्तिक ३ २०७८१०:२८
  • सम्बन्धित विषय:

  • # tata motor
  • # tata punch
  • # punch ev


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend