काठमाडौं- इन्भेष्टमेन्ट बैंकले सेयरधनीलाई घोषणा गरेको लाभांश संशोधन गरेको छ। गत असोज १७ गते बसेको संचालक समितिको ५५४ औं बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीलाई चुक्तापुँजीको १६ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको थियो।
प्रस्तावित लाभांशमध्ये ११.२४ प्रतिशत बोनस सेयर र ४.७६ प्रतिशत नगद लाभांश (कर प्रयोजनसमेत) वितरण गर्ने भनिएको थियो। तर, नेपाल राष्टबैंकले इन्भेष्टमेन्ट बैंकले प्रस्ताव गरेको नगद लाभांश बढी भएको भन्दै बोनस सेयर बढाएर नगद लाभांश घटाइदिएको छ । अब संसोधित लाभांश अनुसार नेपाल इन्भेष्टमेन्ट बैंकले १२.६११ प्रतिशत बोनस सेयर र ३.३८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
इन्भेष्टमेन्ट बैंकले २ अर्ब ५ करोड २ लाख ११ हजार ८२३ रुपैयाँ बराबरको बोनस सेयर र ५५ करोड ९ लाख ६० हजार ८९७ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ।