शुक्रबार, मंसिर १४ गते २०८१    
images
images

मल अभाव हुँदा चिन्तामा किसान

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, माघ २४ २०७९
images
images
मल अभाव हुँदा चिन्तामा किसान

किसानले समयमै मल, बीउबिजन, कृषि औजार तथा उपकरणसमेत नपाउने अवस्था छ। खेतीको समयमा मल तथा बीउ अभाव सामान्य भइसकेको छ। 

images
images

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकका किसानलाई युरिया मलको अभाव भएको छ। खेती गर्ने समयमा मल नपाएपछि किसान चिन्तित बनेका छन्। 

images
images
images

'खेती त जसोतसो गरिएला तर युरिया मल नै पाइँदैन। मल पाइहाले पनि दोब्बरभन्दा बढी मूल्य तिर्नुपर्छ', इन्द्रावती-१२ का अबिन्द्र दनुवारले दुःखेसो पोख]। उनीजस्तै जिल्लाका अधिकांश किसानले युरिया मल नपाउँदा हैरान एका छन्। 

images

मल नहाली धान उत्पादन नहुने हुनाले किसान खेती लगाउने कि नलगाउने दोधारमा पर्न थालेका छन्। यतिबेला किसानलाई गहुँ र तोरी तथा अन्य हिउँदे बालीका लागि ठूलो परिमाणमा युरिया मल आवश्यक छ। 

images

किसानले समयमै मल, बीउबिजन, कृषि औजार तथा उपकरणसमेत नपाउने अवस्था छ। खेतीको समयमा मल तथा बीउ अभाव सामान्य भइसकेको छ। 

'दिनभरि लाइनमा बस्यो अन्तिममा दुई-चार किलो मात्रै मल पाइन्छ। हामीलाई दुईदेखि चार बोरा मल चाहिएको छ', इन्द्रावती-११ का उज्जर माझीले भने, 'त्यति मल त करेसाबारीको सागलाई मात्रै पुग्छ।' हिउँदमा आलु, गहुँ, तोरी तथा जौँलगायत खेती गर्ने समयमा सधैभरी मल अभाव हुने गरेको उनको गुनासो छ। 

मल किन्न बिहानैदेखि सहकारी संस्था कुरेर बस्नुपर्ने किसानको दैनिकी नै बनेको छ। यसरी किसानले समयमै मल र बीउ नपाउने समस्या नयाँ होइन। यो समस्या हरेक वर्ष देखिँदै आएको छ। तर सरकारले समयमै आपूर्ति व्यवस्थालाई सहज बनाउन ध्यान नदिँदा किसान मारमा परेका छन्। खेतीबारीमा व्यस्त हुने किसान दिनभर मलको खोजीमा भौँतारिरहेको भेटिन्छन्।

'यो वर्ष जसोतसो गरेर गहुँ छरियो। तर मल छैन। मल हाल्ने समय पनि बितिसक्यो। धेरै दिन खोज्न पनि गइयो तर पाइएन', मेलम्ची-१० का खिलप्रसाद दाहालले भने। रासस


प्रकाशित : मंगलबार, माघ २४ २०७९०५:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend