बिहीबार , साउन १५ गते २०८२    
बिहीबार , साउन १५ २०८२
images
images

हिउँ नपर्दा पर्यटन व्यवसायी चिन्तित

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, माघ २४ २०७९
images
images
हिउँ नपर्दा पर्यटन व्यवसायी चिन्तित

कञ्चनजङ्घा संरक्षण तथा व्यवस्थापन परिषद्का कार्यालय सचिव मनकुमार लिम्बूले पाथीभरा क्षेत्रमा समयमा हिमपात र वर्षा नहुँदा समस्या हुन थालेको बताए।

images
images

फुङ्लिङ- पाथीभरा क्षेत्रमा समयमा हिमपात र वर्षा नहुँदा पारिस्थितिक प्रणालीमा प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव परिरहेको छ। 

images

पाथीभरामा एकै दिनमा २० हजार धार्मिक पर्यटक पुग्ने गरेको पाथीभरा क्षेत्र विकास समितिको तथ्याङ्क छ। त्यस्तै दोस्रो विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल हो। कञ्चनजङ्घा क्षेत्रमा बसोबास गर्ने समुदायको मुख्य आम्दानीको स्रोत पर्यटन हो।

images
images

कञ्चनजङ्घा संरक्षण तथा व्यवस्थापन परिषद्का कार्यालय सचिव मनकुमार लिम्बूले पाथीभरा क्षेत्रमा समयमा हिमपात र वर्षा नहुँदा समस्या हुन थालेको बताए। सेताम्य हिमालको अवलोकन गर्न तथा हिमालको आनन्द लिन पर्यटक हिमालमा आउने गर्दछन्। हिमाल कालो चट्टानजस्तै बन्दै गयो भने कालो चट्टान हेर्न त पर्यटक आउँदैनन् होला भन्ने चिन्ता लागेको पर्यटन व्यवसायी सेराप शेर्पाले बताए।

images
images
images

कञ्चनजङ्घा आउने पर्यटक लक्षित गरेर कञ्चनजङ्घा हिमाल जाने पदमार्गमा सानो-ठूलो लगानीको ५२  होटल सञ्चालनमा रहेको परिषद्को तथ्याङ्क छ। फक्ताङ्लुङ गाउँपालिका-६ ग्याप्लामा सात करोड रुपैयाँभन्दा माथिको लगानीमा बनेको सिङ्गी नामजोङ्ग होटल पर्यटक नआएपछि सबै कोठामा ताल्चा लागेको छ।

समुद्र सतहदेखि तीन हजार पाँच सय मिटरदेखि चार हजार पाँच सय मिटर उचाइमा एक करोड रुपैयाँभन्दा बढी लगानीमा बनेका चारवटा होटल सञ्चालनमा रहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को कार्यालयका कार्यक्रम सहायक संयोजक जितेन चेम्जोङले बताए। अन्य ८० लाख रुपैयाँदेखि माथिका लगानीमा होटल सञ्चालनमा रहेको चेम्जोङको भनाइ छ।

विगतका वर्षमा कञ्चनजङ्घा पदर्मागमा आन्तरिक तथा बाह्य पर्यटक खचाखच हुने कञ्चनजङ्घा पदमार्ग अहिले सुनसान भएको छ। गत भदौदेखि मङ्सिर अर्थात् चार महिनामा चार सय ३९ जान बाह्य पर्यटकले कञ्चनजङ्घा हिमालको अवलोकन गर्न पुगेको कञ्चनजङ्घा संरक्षण तथा व्यवस्थापन परिषद्का कार्यालय सचिव मनकुमार लिम्बूले बताए। लिम्बूका अनुसार मङ्सिरयता भने पर्यटकको आगमन शून्य छ।

विसं २०७६/७७ मा तीन सय ८६ पुरुष र एक सय ८६ महिला विदेशी पर्यटक कञ्चनजङ्घा हिमालमा आएको कञ्चनजङ्घा क्षेत्र व्यवस्थापन परिषद्को तथ्याङ्कमा उल्लेख छ। सार्क राष्ट्रबाट २५ पुरुष र चार महिला पर्यटक कञ्चनजङ्घा हिमालमा आएका हुन्। कञ्चनजङ्घा हिमालमा आउने विदेशी पर्यटकको तथ्याङ्कलाई २१ वर्ष पछाडि फर्केर हेर्दा विसं २०५६ मा पुग्न सकिन्छ।

विसं २०५६ मा सात सय ९९ विदेशी पर्यटक कञ्चनजङ्घा घुमघाम गर्न आएको तथ्याङ्क छ। विजं २०५७ मा आठ सय ७३ विदेशी पर्यटक आएका छन्। विसं २०५७ देखि २०७७ सम्म ११ हजार एक सय ९७ विदेशी पर्यटक कञ्चनजङ्घा हिमाल अवलोकन गर्न आएको परिषद्को तथ्याङ्कले देखाएको छ।

चाँदीजस्तै सेताम्य भएर टल्किने हिमालमा हिउँ पग्लेर गएसँगै कालो चट्टानजस्तै बन्दै गएको छ। गत वर्ष मङ्सिरको तेस्रो सातादेखि नै ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात सुरु भएको थियो। तर यस वर्ष भने अझै हिउँ पर्न सकेको छैन। हिउँ नपर्दा हिमालको सुन्दरतासमेत गएकामा पर्यटन व्यवसायी चिन्तित भएको घुन्साका होटल व्यवसायी पेमा शेर्पाको भनाइ छ। रासस


प्रकाशित : मंगलबार, माघ २४ २०७९०५:१६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend