बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

१९ सिट रहेको नेपाल एयरलाइन्सको जहाजले बोक्न सक्छ ११ जनामात्रै यात्रु!

मंगलबार, माघ २४ २०७९
१९ सिट रहेको नेपाल एयरलाइन्सको जहाजले बोक्न सक्छ ११ जनामात्रै यात्रु!

काठमाडौं- नेपाल वायु सेवा निगमले आन्तरिक उडानमा दुईवटा ट्‍वीनअटर जहाज प्रयोग गरिरहेको छ। जहाजको सिट क्षमता १९ छ। तर यात्रु भने ११ जनामात्रै बोकेर गन्तव्य पुग्न सक्छ।

निगमसँग रहेको दुईवटै ट्‍वीनअटर जहाजले काठमाडौं-रुकुम उडानमा जम्मा ११ जनामात्रै यात्रु बोक्न सक्छ। काठमाडौं-रुकुम उडानको कुल सिट क्षमता १९ हो। तर जहाजे जम्मा ११ जनालाई मात्रै सेवा दिन सक्छ। यस हिसाबले सिट क्षमताको ५७ प्रतिशत मात्रै यात्रु बोक्न सक्छ।

एउटा एयरलाइन्सले एउटा उडानमा हुने खर्चका लागिमात्रै ७० प्रतिशतभन्दा बढी यात्रु बोक्नुपर्ने वायुसेवा कम्पनीका सञ्चालकहरू बताउँछन्। तर निगमले ५७ प्रतिशतमात्रै यात्रु बोकेर सञ्चालन खर्च पनि पुर्‍याउन नसकने उनीहरूको तर्क छ।

निगमसँग रहेको दुईवटा ट्‍वीनअटरमध्ये नाइन एन एबीयूले भने रुकुम काठमाडौं १४ र नाइन एन एबीटीले भने १५ जना यात्रु बोक्न सकने निगमको भनाइ छ। यो त एउटा उदाहरणमात्रै हो। निगको जहाजले काठमाडौं ताप्लेजुङको रुटमा १२/१३ र ताप्लेजुङ-काठमाडौंको रुटमा १६ जना मात्रै यात्रु बोक्ने सक्छ।

सम्रगमा नेपाल एयरलाइन्सले काठमाडौंबाट ८ वटा गन्तव्यमा उडान गरिरहेको छ। ८ गन्तव्यको उडान तथा अवतरणमा निगमको नाइन एन एबीयूको कुल सिट क्षमता  ३०४ हुन्छ तर यसले जम्ममा २२८ जना यात्रुलाई मात्रै सेवा दिन सक्छ। नाइन एन एबीयूले भने ७५ प्रतिशत मात्रै यात्रु बोक्न सक्छ।

यसैगरी नाइन एन एबीटीको ८ वटा गन्तव्य उडान तथा अवतरणको सिट क्षमता ३०४ नै हो। यो जहाजले भने २ सय ४० जना यात्रु बोक्न सक्छ। नाइन एन एबीटीले कुल सिट क्षमताको ७९ प्रतिशत मात्रै यात्रु बोक्न सक्छ।

यसैगरी नेपालगञ्ज वेसबाट उडान गर्दा पनि १९ सिट क्षमताको नाइन एन एबीयू जहाजले अधिकत १४ जना जुम्ला जाँदा यात्रु बोक्न सक्छ भने अन्य गन्तव्यमा जम्मा १३ जना यात्रु बोक्न सक्छ।

kathmandu.jpg

यसैगरी अन्य गन्तव्यबाट नेपालगञ्ज उडानमा भने नाइन एन एबीयूले जुम्लाबाट नेपालगञ्ज आउँदा १६ जना र अन्य गन्तव्यबाट नेपालगञ्ज आउँदा १३ जना मात्रै यात्रु बोक्न सक्छ।

साथै नाइन एन एबीटीले नेपालगञ्जबाट उडान गर्दा अधिकतम १५ र न्यूनतम १३ जना मात्रै यात्रु बोक्न सक्छ। यसैगरी अन्य गन्तव्यबाट नेपालगञ्ज फर्कंदा भने अधिकतम १७ जना साथै जुम्लाबाट र अन्यबाट १३ जना मात्रै यात्रु बोक्न सक्छ।

nepaljung.jpg


प्रकाशित : मंगलबार, माघ २४ २०७९०४:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend