शनिबार, चैत १८ गते २०७९

यतीको जहाज दुर्घटनाबारे जाँचबुझ आयोगले प्रारम्भिक रिपोर्ट सार्वजनिक गर्ने, के देखियो अनुसन्धानमा?

images
images
यतीको जहाज दुर्घटनाबारे जाँचबुझ आयोगले प्रारम्भिक रिपोर्ट सार्वजनिक गर्ने, के देखियो अनुसन्धानमा?
images
images

काठमाडौं- यही माघ १ गते काठमाडौंबाट पोखराका लागि उडेको यती एयरको एटीआर ७२ जहाज सेती खोचमा दुर्घटना ग्रस्त भएको थियो। दुर्घटनमा चालक दलका ४ सदस्यसहित ७२ जनाको ज्यान गएको थियो। जहाज दुर्घटनको अनुसन्धानका लागि सरकारले दुर्घटना जाँचबुझ आयोग गठन गरेको थियो।

images
images
images

आयोगले जहाज दुर्घटनको जाँचबुझको प्रारम्भिक काम सकेको आयोगका सदस्य सचिव बुद्धिसागर लामिछानेले बताए। उनका अनुसार जहाजको फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको विश्लेषण तथा अनुसन्धान गर्ने काम सम्पन्न भएको छ।

अध्ययन तथा जाँचबुझको प्रारम्भिक रिपोर्ट तयार गर्ने क्रम अन्तिम चरणमा पुगेको उनको भनाइ छ। प्रारम्भिक रुपमा जहाज अवतरण गर्ने क्रममा ‘बेस लेगमा दुवै इन्जिनका प्रोपेलरहरू फेदर’मा गएको देखिएको उनले जानकारी दिए।

यसको अर्थको इन्जिनले आफ्नो क्षमताअनुसार काम गर्न सक्दैन। यसबाट के कस्तो असर परेको हो भने विषयमा अहिले अनुसन्धान भइरहेको उनको भनाइ छ।

‘बेस लेगमा दुवै इन्जिनका प्रोपेलरहरू फेदर’मा समस्या देखिएपछि जहाजको इन्जिनमा पावर कम हुन्छ। प्लस डिग्रीबाट प्रोपेलरहरू माइन्स डिग्रीमा जान्छ। जसले गर्दा इन्जिन क्षमता अत्याधिक मात्रमा ह्रास आउँछ। जहाज पहिलेकै अवस्थमा अगाडि बढाउन सकिँदैन। जसले गर्दा जहाज भुँइमा नै खस्ने हो' एक वरिष्ठ पाइलटले बताए।

अनुसन्धानका लागि आयोगको सदस्यसचिव लामिछाने सिंगापुरसमेत गएका थिए। आयोगले अन्तिम प्रतिवेदन पेश गर्न समय लाग्ने भएकाले हालसम्म प्राप्त सूचना र तथ्यांकको विश्लेषण र अनुसन्धानका आधारमा हवाई सुरक्षामा थप सुरक्षा अभिवृद्धि गर्न सिफारिससहित प्रारम्भिक प्रतिवेदन ल्याउने तयारीसमेत गरेको लामिछानेले बताए।

IMG_20230206_194643.jpg

images

प्रकाशित : सोमबार, माघ २३ २०७९०७:१४

प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ