बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

पर्यटनमन्त्री किराती भन्छन् : गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको जहाज उड्छ

आइतबार, माघ २२ २०७९
पर्यटनमन्त्री किराती भन्छन् : गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको जहाज उड्छ

भ्रमणकै क्रममा मन्त्री किरातीले हवाई रुट लगायतको विषयमा भारतीय पक्षसँग कुटनीतिक तरवबाट नै छलफल गरेर समस्या समाधान गर्ने बताएका छन्।

काठमाडौं- गएको जेठदेखि व्यवसायिक रुपमा सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकनमा पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल एयरलाइन्सको जहाज यसै विमानस्थलबाट उडान हुने बताएका छन्।

मन्त्री किरातीले रोकिएको उडान सुरु गर्ने र नेपाल एयरलाइन्सलाई उडानका लागि पहल गर्ने बताएका हुन्। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गरेको जजिरा र हिमालय एयरलाइन्सले केही समयदेखि उडान बन्द गरेका थिए।

आईएलएस सञ्चालन गर्ने भारतले अनुमति नदिँदा अवतरण भिजिबिलिटी कम भएपछि उडान बन्द गरेका थिए। भ्रमणकै क्रममा मन्त्री किरातीले हवाई रुट लगायतको विषयमा भारतीय पक्षसँग कुटनीतिक तरवबाट नै छलफल गरेर समस्या समाधान गर्ने बताएका छन्।

विमानस्थलबाट उडानमा विभिन्न समस्या देखिएका छन्। आईएलसमा भारतीय पक्षको असहमतिका कारण ८ सय मिटरभन्दा कम भिजिबिलिटीमा ल्याण्ड गर्ने नसकिने अवस्था रहेको छ। यात्रु जाने देशको भिसा सेन्टरसमेत छैन। साथै २४ घण्टा नै विमानस्थल खुल्ने भनिए पनि यात्रुका लागि विमानस्थल जान र आउन भरपर्दो सवारी साधनको व्यवस्था छैन। 


प्रकाशित : आइतबार, माघ २२ २०७९०८:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend