बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

नेपाल बैंकको लगानीमा जोखिम कम हुँदा नबिलको सबैभन्दा बढी, पीबी रेसियाे कुनको कति?

शनिबार, माघ २१ २०७९
नेपाल बैंकको लगानीमा जोखिम कम हुँदा नबिलको सबैभन्दा बढी, पीबी रेसियाे कुनको कति?

जोखिम कति भनेर सेयर बजारमा कम्पनीको प्राइस टु बुक भ्यालु (पीबी) रेसियो हेरिन्छ। दोस्रो बजारमा कारोबार हुने १९ वाणिज्य बैंकमध्ये सबैभन्दा कम जोखिम नेपाल बैंकको रहेको छ। नेपाल बैंकको पीबी १.०७ गुणा रहेको छ।

काठमाडौं- केही बढेको सेयर बजार पुनः घटेको छ। विगत केही सातायता बजारमा उतारचढाव जारी छ। पछिल्लो साता चार दिनको कारोबारमा गिरावट देखियो भने एकदिन झिनो अंकको वृद्धि देखियो। 

सातामा कारोबारको अन्तिम दिन बिहीबार २२.१२ अंकले घटेर बजार २०९४.५४ बिन्दुमा झर्‍यो। १९ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा २ अर्ब ९ करोड ६४ लाख रुपैयाँको मात्र कारोबार भएको थियो। यस्तो अवस्थामा लगानीकर्ताहरूले लगानी गर्दा कस्तो कम्पनी छनोट गर्ने भन्ने अन्योलमा पर्ने गर्दछन्। दोस्रो बजारमा सेयर खरिद गर्दा लगानीकर्ताले विभिन्न सूचक हेर्ने गर्दछन्।

त्यसमध्ये कुन कम्पनीको सेयर किन्दा कति जोखिम हुन्छ भनेर पनि तुलना गर्दछन्। यसमा सबैभन्दा कम जोखिम वाणिज्य बैंकहरूको रहेको छ। जोखिम कति भनेर सेयर बजारमा कम्पनीको प्राइस टु बुक भ्यालु (पीबी) रेसियो हेरिन्छ। दोस्रो बजारमा कारोबार हुने १९ वाणिज्य बैंक मध्ये सबैभन्दा कम जोखिम नेपाल बैंकको रहेको छ। नेपाल बैंकको पीबी १.०७ गुणा रहेको छ। यस आधारमा वाणिज्य बैंकहरूमध्ये नेपाल बैंकको सेयर खरिदमा कम जोखिम मानिन्छ। 

सबैभन्दा कम पीबी रेसियो हुने सूचीको दोस्रोमा सनराइज बैंक रहेको छ। बैंकको पीबी रेसियो १.१७ गुणा छ। सबैभन्दा बढी पीबी रेसियो भने नबिल बैंक रहेको छ। दोस्रो बजारमा सबैभन्दा जोखिम पनि नबिल बैंककै रहेको छ। बैंकको  पीबी रेसियो ३.२९ गुणा छ। वाणिज्य बैंकहरूको पीबी रेसियो औसतमा १.६५ गुणा रहेको छ।

पीबी रेसियो बजार मूल्य र प्रतिसेयर नेटवर्थ (किताबी मूल्य) बीचको अनुपात हो। यो अनुपात हालको बजार मूल्यलाई प्रतिसेयर नेटवर्थले भाग गरेर निकालिन्छ। 

कुन बैंकको पीबी रेसियो कति? 

नेपाल बैंक १.०७

सनराईज बैंक १.१७

लक्ष्मी बैंक १.२७

प्रभु बैंक १.२८

कुमारी बैंक १.२९

सीटीजन्स बैंक १.२९

कृषि विकास बैंक १.४४

माछापुछ्रे बैंक १.४७

प्राइम बैंक १.४८

नेपाल एसबिआई १.४९

सिभिल बैंक १.६१

एनएमबी बैंक १.५६

सानिमा बैंक १.६०

सिद्धार्थ बैंक १.६७

हिमालयन बैंक १.८४

एभरेष्ट बैंक १.९८

स्ट्याण्डर्ड बैंक चार्टर्ड २.०४

एनआईसी एसिया २.८२

नबिल बैंक ३.२९


प्रकाशित : शनिबार, माघ २१ २०७९०४:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend